• १९ वैशाख २०८१, बुधबार

बिपी साहित्य महोत्सव तयारी समितिमा थप ११ सदस्य मनोनीत

blog

काठमाडौं, भदौ २० गते । बिपी साहित्य महोत्सव–२०८० तयारी समितिमा थप ११ सदस्य मनोनीत हुनुभएको छ । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार भदौ २४, २५ र २६ गते आयोजना हुने बिपी महोत्सवमा बुधबार ११ सदस्य थप गरी समितिलाई पूर्णता दिइएको छ । 

थप मनोनीत सदस्यमा मिनाक्षी झा, सुजता परियार, लक्ष्मी परियार, डा. चन्द्रमोहन यादव, सुशीला मिश्र भट्ट, डा. तुलसी भट्टराई, डा. बेन्जु शर्मा, वियोगी बुढाथोकी, गेजा शर्मा वाग्ले, शिव लम्साल रहनुभएको छ । 

कांग्रेसले यसअघि भदौ १८ गते सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजनत्वमा ३७ सदस्यीय बिपी साहित्य महोत्सव तयारी मूल समिति गठन गरेको थियो ।