• ७ असार २०८२, शनिबार

सवारीसाधनको ठक्करबाट एक पुरुषको मृत्यु

blog

घटनास्थलमा अनुसन्धान गर्दै स्थानीय प्रहरी । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 
ढल्केबर, असार ७ गते । 
धनुषाको ढल्केबरमा अज्ञात सवारीको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । जिल्लाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित जनकपुर–ढल्केबर सडक खण्डमा शुक्रबार राति ९ः३० बजे पहिचान नखुलेको सवारीको ठक्करबाट सिरहाको धनगढीमाई नगरपालिका–६, बस्ने ५५ वर्षीय विन्देश्वर महराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार ठक्करबाट गम्भरी घाइते भएका महरालाई तत्कालै उपचारका प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । तर उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार मृतक महराको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ । महरा ढल्केबरस्थित मिथिला हार्डवेयर पसलमा काम गर्दै आउनुभएको थियो ।

अँध्यारो तथा सडक सुनसान भएकाले महरालाई ठक्कर दिने सवारी घटनास्थलबाट फरार भएको बताउँदै प्रहरी निरीक्षक यादवले अनुसन्धानको क्रममा केही शङ्कास्पद गाडी नियन्त्रणमा लिएको भए पनि ठोस निष्कर्ष ननिस्कएको जानकारी दिनुभयो ।