• ७ असार २०८२, शनिबार

झापामा एयर पेस्तोल र गोलीसहित भारतीय नागरिक

blog

भारतीय नागरिकसँग रहेको पेस्तोल र गोली । तस्बिर : बिष्णुप्रसाद पोखरेल

बिष्णुप्रसाद पोखरेल
दमक, असार ७ गते ।
चालु अवस्थामा रहेको हतियारसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बेलुका एयर पेस्तोल र त्यसमा लाग्ने गोलीसहित ३५ वर्षीय भारतीय नागरिक जयप्रकाश कुमार पाठकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारत सिलगुढीका पाठकको साथमा दूई वटा खुकुरी पनि रहेको जनाइएको छ ।

डब्लुबी ७० जी ३२३२ नम्बरकोे कारमा नेपालतर्फ आँउदै गर्दा जाँच गर्दा उक्त कारमा हतियार लुकाएर ल्याएको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले बताउनुभयो । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकड्भिट्टाले उक्ता सवारी साधनमा जाँच गरेको जनाइएको छ ।

चालु अवस्थामा रहेकोे म्याग्जिन खोलेर हेर्दा एयर बुलेट जस्तो देखिने पाँच राउन्ड, चालक बस्ने सिटदेखि बायाँतर्फको सिटमुनि दुवै साइडमा एक–एक थान दावसहितको दुई थान खुकुरीसहित पक्राउ परेका पाठकलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको खड्काले जानकारी दिनुभएको छ । घटनाबारे सुक्ष्म अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।