काठमाडौँ, असार ७ गते । उज्वेकिस्तानमा जुन २९ देखि हुने एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रशिक्षणमा रहेका खेलाडीबाट एसियन कप छनोट खेल्ने अन्तिम टोली नाम सार्वजनिक गरेको हो ।
नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले टोलीमा प्रतीक्षा चौधरीलाई पहिलो पटक मौदा दिनुभएको छ । प्रशिक्षकले मिडफिल्डर सुष्मा तामाङको स्थानमा प्रतीक्षालाई मौका दिनुभएको छ ।
अन्य खेलाडी पुराना नै छन् । छनोटमा नेपाल समूह ‘एफ’मा रहेको छ । यस समूहमा नेपालसँगै आयोजक उज्वेकिस्तान, लाओस र श्रीलङ्का रहेको छ ।
नेपाली महिला टोली
गोलरक्षक : एञ्जिला तुम्बापो सुब्बा(कप्तान), अञ्जना रानामगर र उषा नाथ ।
डिफेन्डर : अमृता जैशी, प्रतीक्षा चौधरी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई ।
मिडफिल्डर : अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर र सरस्वती हमाल ।
स्ट्राइकर : सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल ।