• ७ असार २०८२, शनिबार

प्रचारको पर्खाइमा ढङ्ढङ्गे झरना

blog

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा रहेको ढङ्ढङुगे झरना । तस्बिरः साहारा लिम्बू

साहारा लिम्बू 

फुङ्लिङ, असार ७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा रहेको ढङ्ढङुगे झरनाको प्रचार प्रसार अभावले ओझेलमा परेको छ । गाउँपालिकाको वडा ५ लिम्बुदिन र वडा ६ मेहेलेको सङ्गमस्थलमा रहेको झरनाले प्रचार प्रसार पाउन नसकेको हो ।

झरनाको लम्बाइ अहिलेसम्म मापन नगरिएको भए पनि २५० मिटर अग्लो रहेको अनुमान गरिएको सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राईले बताउनुभयो । झरना बर्खायाममा अति नै ठुलो भई ढङ्गढङ्गको आवज दिने भएकाले यसको नाम ढङ्ढङ्गे झरना राखिएको अध्यक्ष राईको भनाइ छ । 


गाउँपालिकाको यस झरनाको प्रचारप्रसार गरी पर्यटन प्रवर्धन गर्न चाहन्छ । त्यसैले गाउँपालिकाले आगामी आर्थिक वर्षमा झरनाको महोत्सव साथै प्रचार प्रसार गर्न २० लाख बजेट विनियोजन गरिसकेको छ ।