काठमाडौं, भदौ २० गते । नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति घेर निन्दा एवम् भर्त्सना व्यक्त गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अनुसार रिपोर्टस क्लबमा बुधबार दिउँसो भएको सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।
कांग्रेसले आक्रमण गर्ने व्यक्ति वा आगामी दिनमा हुन सक्ने जो कोही व्यक्ति उपर गहिरो अनुसन्धान र कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।
बुधबार दिउँसो रिपोर्टर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा आक्रमणपछि घाइते यादवको अहिले काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको पनि उहाँले बताउनुभयो ।
यो पनि पढ्नुहोस