• ६ जेठ २०८१, आइतबार

कांग्रेसका सहमहामन्त्रीलाई शल्यक्रिया पछि अब्जरभेसनमा राखिने

blog

खुकुरी प्रहारबाट घाइते हुनुभएका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव ।

काठमाडौं, भदौ २० गते । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको राष्ट्रिय ट्रमा सेन्टरमा शल्यक्रिया हुँदैछ । ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले खुकुरी प्रहारबाट घाइते हुनुभएका यादवको शल्यक्रिया भइरहेको जानकारी दिनुभयो ।

डा. रिजालका अनुसार उहाँको टाउको र जिउमा गम्भीर चोट लागेको छ । उहाँले भन्नुभयो, “उहाँको टाउको र जिउमा गम्भीर चोट लागेको छ । सिटी स्क्यान गर्दा टाउको भित्र चोट देखिएन । उहाँको शल्यक्रिया हुँदै छ ।”

शल्यक्रियापछि यादवलाई २४ घण्टामा आइसियुमा अब्जरभेसन राखिने डा. रिजालले जानकारी दिनुभयो ।

बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुनुभएका यादवमाथि नुवाकोटका श्यामबाबु सापकोटाले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले खुकुरी प्रहार गर्ने युवालाई नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस