• २४ वैशाख २०८१, सोमबार

नेपाल लगानीको आकर्षक गन्तव्य हो : प्रधानमन्त्री

blog

काठमाडौं, भदौ २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीको आकर्षक गन्तव्य हो र लगानीको अनुकूल वातावरण रहेको बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर आयोजिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका क्षेत्रमा लगानीका अवसरहरू प्रशस्त छन् । म लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्न चाहन्छु ।’’


प्रधानमन्त्रीले लगानीकर्ताको लागानीका प्रभावकारी सदुपयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सरकार तपाईंको लगानीको प्रभावकारी सदुपयोग गर्न प्रतिबद्ध छ । हामी ठूला वा साना हरेक लगानीलाई महत्त्व दिन्छौं, र हामी ती लगानीहरूलाई जोखिममुक्त गर्न प्रतिबद्ध छौं । म यसमा सबै लगानीकर्ता र सरोकारवालालाई लगानी बोर्ड नेपाल र अन्य सम्बन्धित सरकारी संयन्त्रले तपाईंलाई उत्कृष्ट सेवाहरू प्रदान गर्ने आश्वासन दिन्छु ।’’


व्यवसाय र लगानीको वातावरण सुदृढ गर्न नीतिगत, कानुनी, नियामक, प्रक्रियागत र संस्थागत व्यवस्थामा निरन्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘‘संविधानको मर्मअनुसार लगानीमैत्री वातावरण बनाउन सबै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य छ । हामीले विभिन्न तहका सरकारहरू बीचको समन्वय र सुदृढीकरणका लागि विभिन्न उपकरण र संयन्त्रहरू विकास गर्दै आएका छौं ।’’


यो पनि पढ्नुहोस