• २९ वैशाख २०८२, सोमबार

दिगो विकास लक्ष्य हाम्रो राजनीतिक प्रतिबद्धता हो: प्रधानमन्त्री प्रचण्ड

blog

स्वास्थ्य खबर हेल्थ अवार्ड कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदीपराज वन्त

काठमाडौं, भदौ २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकास लक्ष्य राजनीतिक प्रतिबद्धता भएको बताउनुभएको छ । शुक्रबार स्वास्थ्य खबर हेल्थ अवार्ड–२०८० कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘दिगो विकास लक्ष्य हाम्रो राजनीतिक प्रतिबद्धता पनि हो । लक्ष्यमा पुग्न अझै ७ वर्ष बाँकी छ । दिगो विकासका १७ लक्ष्यहरू मध्ये ‘राम्रो स्वास्थ्य, समृद्ध जीवनस्तर’सँग सम्बन्धित छ । जसले ‘सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ जीवन सुनिश्चित गर्दै समृद्ध जीवनस्तर प्रवद्र्धन गर्ने’ उद्देश्य राखेको छ । जहाँ मानसिक स्वास्थ्यको प्रवद्र्धन गर्ने, नसर्ने रोगहरूबाट हुने मृत्युदरलाई एक तिहाईले कम गर्ने र लागुपदार्थ दुर्व्यसनीको रोकथाम, उपचार र पुनस्र्थापना गर्ने लक्ष्य राखिएको छ ।’’

सम्बाेधनको पूर्ण पाठ