गुणबहादुर रोका
सुलीकोट, भदौ २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ २३ गते गोरखा आउनुहुने भएको छ । नेकपा (माओबादी केन्द्र) ले सुरु गरेको दश बर्षे जनयुद्धका शहिद शुरेस वाग्ले र भीमसेन पोखरेलको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड गोरखा आउन लाग्नुभएको हो ।
शुरेस वाग्ले बासु स्मृति दिबस मनाउन पालुङटारको आँपपीपल, सिरानचोक र अजिरकोट गाउँपालिकाको आयोजनमा कार्यक्रममा पनि सहभाागी हुन प्रधानमन्त्री प्रचण्ड गोरखा आउन लाग्नु भएको माओबादी केन्द्रका जिल्ला इन्चार्ज दिपक देबकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार २३ गते प्रधानमन्त्री प्रचण्ड दिनभर जिल्लामा रहनुहुनेछ । जिल्लाको सिङ्गो टिम नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री गोरखा आउने कन्फर्म भएपछि पालुङटार –२ स्थित रातडाँडामा बासु स्मुति प्रतिष्ठानले गरेको स्मृति सभालाई सम्बोधन गर्नुृृहुने माओबादी केन्द्र गोरखाले जनाएको छ ।
बासु स्मृति प्रतिष्ठानको कार्यक्रमपछि सिरानचोकको थुम्कीमा भिमसेन पोखरेल स्मृति प्रतिष्ठानको आयोजनमा आयोजित कार्यक्रममा उहाँ सहभगी हुने कार्यक्रम रहेको छ । त्यसैगरी सिरानचोक गाउँपालिकाको चित्रेपोखरी र अजिरकोट गाउँपालिकाको भच्चेक बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुको साथै स्थानीयहरुसँग जनगुनासो र अन्तरक्रिया कार्यक्रम रहेको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्ड गोरखा आउने गृहमन्त्रालयको जानकारीअनुसार जिल्लाको शान्ति सुरक्षा चुस्तदुरुस्त पारिएको प्रमुख जिल्ला अधिकारी भुसालको भनाइ छ ।