वन्यजन्तुपीडितलाई राहत वितरण
लुम्विनी प्रदेश सरकारले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनुभएका परिवारका सदस्यहरुलाई पुनः राहत रकम उपलब्ध गराउन सुरु गरिएको छ ।
भिरबाट लडेर महिलाको मृत्यु
घाँस काट्ने क्रममा भिरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ ।
विद्यार्थीलाई पन्यूले डामेको घटनाको छानबिन गर्न समिति गठन
तनहुँमा विद्यार्थीलाई पन्यूले डामेको घटनाको छानबिन गर्न उपसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
संसदीय समितिका सभापतिद्वारा शपथ ग्रहण
सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतको विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
गोरखापत्रकर्मी ज्ञवाली सम्मानित
बुटवल उपमहानगरपालिकाले ६६औं स्थापना दिवस २०८१ को अवसरमा ज्ञवालीलाई कला, संस्कृती महिला तथा बालबालिका क्षेत्रको विकासमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै नगद १० हजार तथा प्रशंसापत्रले सम्मान गरेको हो ।
दुई दिनपछि उठाइयो माना टेलरको शव
गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बस्नुभएका प्रकाश टेलर दमाईले आमाको शव ट्याक्टरमा राखेर छिमेकी पाटन नगरपालिकाको तिपडा मसानघाट पुर्याएर दाहसंस्कार गर्नुभएको छ ।
माथिल्लो मर्स्याङ्दी-ए मर्मत हुँदै
मर्स्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको मर्मत थालिएको छ । आयोजनाको मर्मत थालिएपछि विद्युत उत्पादन बन्द भएको छ ।
रेडक्रस इलामको सभापतिमा गौतम
इलाम रेडक्रस जिल्ला सभापतिमा शिव गौतम चयन हुनुभएको छ । नेपाल रेडक्रस सोसाइटी इलामको सम्पन्न अधिवेशनले उहाँलाई सभापतिमा चयन गरेको हो ।
अनेसास पुरस्कारका लागि पुस्तक आह्वान
विश्वभरि छरिएर रहेको नेपाली साहित्यका लेखक तथा स्रष्टाहरुको प्रतिनिधिमूलक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले पुरस्कारको लागि पुस्तक आह्वान गरेको छ ।
तामाङ भाषामा लेखिएका उखानको सङ्ग्रह 'तामाङ आन' सार्वजनिक
तामाङ भाषामा लेखिएका उखानहरूको सङ्ग्रह 'तामाङ आन' पुस्तकको जिल्लाको सदरमुकाम धादिङबेसीमा एक कार्यक्रमका बिचमा विमोचन गरिएको छ ।
कार्य सम्पादनमा भानु नगरपालिका उत्कृष्ट
स्थानीय तह कार्यसम्पदानमा तनहुँका दश पालिकाहरूमध्ये भानु नगरपालिका पहिलो भएको छ ।
बजारमा म्याद गुज्रिएका सामान
खोटाङको हलेसी बजारमा सञ्चालित पसलमा अत्यधिक मात्रामा म्याद गुज्रिएका अखाद्य सामग्री भेटिएका छन् । बजार अनुगमनको क्रममा दैनिक उपभोग्य सामग्रीहरु अत्यधिक मात्रामा म्याद गुज्रिएको भेटिएको हो ।
दुई महिनादेखि रेसुङ्गा विमानस्थलबाट उडान ठप्प
विगत दुई महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलबाट नियमित उडान हुन सकेको छैन ।
धार्मिक पर्यटकको बसाइँ लम्ब्याउन पदमार्ग निर्माण
पाथीभरा क्षेत्र विकास समितिले तीर्थयात्री तथा पर्यटकको बसाइँ लम्ब्याउन पदमार्ग निर्माण गरेको छ । समितिले फुङलिङ नगरपालिका –१० स्थित फुरुम्बुको गुन्द्रेडाँडामा ‘युमा माङहिम मुन्धुम स्थल पदमार्ग’ निर्माण गरेको हो ।
मौरीको गोला बिक्रीबाट वार्षिक दुई करोड बढी आम्दानी
मौरीको गोला बिक्री गरेर पाल्पाका किसानले वार्षिक दुई करोड बढी आम्दानी गर्न सफल भएका छन् ।
‘हाम्रो माया घर’ को निर्माणले गति लिँदै
जिल्लाको बर्दिबास नगरपालिकामा निर्माणाधीन ‘हाम्रो माया घर’ ले तीव्रता पाएको छ ।
ग्राहकको आकर्षण बन्दै गोबरबाट बनेका सामग्री
मोरङको सुन्दरहरैँचा –१० स्थित विराटचोकमा सञ्चालन भइरहेको सुन्दरहरैँचा विराट एक्स्पोमा गाईको गोबरबाट निर्मित पूजा सामग्रीमा अवलोकनकर्ताको ध्यान खिचिएको छ ।
मुख्यमन्त्री र स्वीस प्रतिनिधिबिच भेट
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्वीस सरकारका प्रतिनिधि बिच भेटवार्ता भएको छ ।
फोनिज लमजुङ अध्यक्षमा श्रेष्ठ
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) लमजुङको अध्यक्षमा जनक श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।फोनिज लमजुङको बेसीरहरमा सम्पन्न चौथो अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ निर्वाचित हुनुभएको हो ।
महालक्ष्मी दोभान-चखेल-मातातीर्थ सडक डेढ महिना बन्द
मकवानपुर र काठमाडौँ जोड्ने छोटो दुरीको महालक्ष्मी–चखेल–मातातीर्थ मार्ग स्तरोन्नतिका क्रममा बन्द गरिएको छ ।
स्वर्गद्वारी गुठी पीडित किसान धर्नामा
स्वर्गद्वारी गुठी पीडित किसानले घोराहीमा रहेको मालपोत कार्यालयमा धर्ना दिएका छन् ।
आजदेखि इलाममा राष्ट्रपति रनिङ शिल्ड सुरु
इलामको माई नगरपालिकामा आजदेखि जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले उदघाटन गर्नुभयो ।
‘महिला पहिला’ नारासहित जलेश्वरमा यात्रा
जलेश्वरस्थित शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय अगाडीबाट सुरु भएको यात्रामा महिला अधिकारकर्मीहरुले मिसन २०८४ को चुनावमा महिलाको प्रतिनिधित्व बढाउने उद्देश्य साथ ‘महिला पहिला’ नारा सहित यात्रा गरेका छन् ।
तल्लोचिप्ला पहिरो भूगर्भविद्हरूद्वारा अध्ययन
लमजुङको मर्स्याङ्दी गाउँपालिका –५ चल्लोचिप्लास्थित गैरीगाउँको पहिरोको जोखिम अवस्थाबारे भूगर्भविदहरुको टोलीले स्थलगत अध्ययन गरेको छ ।