नवीनराज कुइँकेल
लमजुङ, फागुन ४ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) लमजुङको अध्यक्षमा जनक श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।फोनिज लमजुङको बेसीसहरमा सम्पन्न चौथो अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ निर्वाचित हुनुभएको हो ।
सात सदस्यीय समितिको उपाध्यक्षमा सुरज गुरुङ, सचिवमा सुमित्रा भुजेल र कोषाध्यक्षमा लक्ष्मी घले निर्वाचित हुनुभएको छ । अधिवेशनबाट सदस्य पदमा खुसीमाया गुरुङ, एलिशा श्रेष्ठ र दिलु तामाङ निर्वाचित हुनुभयो । फोनिजको सङ्घीय प्रतिनिधि आश गुरुङ र प्रदेश प्रतिनिधिमा कृष्णबहादुर आले चयन हुनुभएको छ ।
अधिवेशनमा नेपाल पत्रकार महासङ्घ लमजुङका अध्यक्ष सन्देश पौडेल, फोनिज गण्डकी प्रदेश समितिका सदस्य कृष्णबहादुर आले, सल्लाहकार मीना गुरुङ, फोनिज लमजुङका निवर्तमान अध्यक्ष आश गुरुङले फोनिजले आगामी दिनमा पत्रकारिताको क्षेत्रमा अब्बल भएर काम गर्न नयाँ कार्यसमितिलाई सुझाव दिनुभयो ।