• ८ फागुन २०८१, बिहिबार

रेडक्रस इलामको सभापतिमा गौतम

blog

नेपाल रेडक्रस सोसाइटी इलामको १४ औं अधिवेशन तथा ३८ औं साधारणसभा । तस्बिरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, फागुन ४ गते । इलाम रेडक्रस जिल्ला सभापतिमा शिव गौतम चयन हुनुभएको छ । नेपाल रेडक्रस सोसाइटी इलामको सम्पन्न अधिवेशनले उहाँलाई सभापतिमा चयन गरेको हो ।

अधिवेशनबाट उपसभापतिमा रतनकुमार चौधरी र हरिकला गौतम, मन्त्रीमा रवीन्द्र श्रेष्ठ, उपमन्त्रीमा हरिनाथ फुयाँल, कोषाध्यक्ष ईश्वरकुमार सुवेदी र उपकोषाध्यक्षमा विजयशेखर भट्टराईलाई निर्वाचित हुनुुभएको छ । 

अधिवेशनबाट १६ सदस्यीय कार्य समिति निर्वाचित भएको छ । निर्वाचित सदस्यमा वेदमाया मुखिया (सोनु), उर्मिला निरौला, उर्वशी गौतम, चन्द्र केसी, गणेश खतिवडा, राजीव न्यौपाने, बलराम रिसाल, निधिप्रसाद पोखरेल, सुरेन्द्र साम्बा, हेमकुमार सुवेदी रहनुु भएको छ । 

२०२८ मा तदर्थ समिति गठन भएको इलाम रेडक्रसमा अहिले ६३ जुनियर–युवा सर्कल र १८ उपशाखा छन् । अधिवेशन तथा साधारणसभाका अवसरमा जिल्लाका उत्कृष्ट उपशाखा र रक्तसञ्चारमा योगदान गर्ने आफ्ना एकाइलाई पुरस्कृत गरिएको छ । 

पुरस्कृत हुनेमा १८ उपशाखामध्ये वर्षभरिमा जिल्लाको सर्वाेत्कृष्ट उपशाखाका रूपमा दानाबारी उपशाखा पुरस्कृत भएको छ । आदिपुर उपशाखा दोस्रो र चुलाचुली उपशाखा तेस्रो भएका छन् । गोर्खे उपशाखाले सान्त्वना पुरस्कार पाएको छ । यस्तै, रक्तदानमा योगदान गर्ने चुलाचुली, दानाबारी, फिक्कल, बालागुरु, हासपोखरी, कन्याम र आदिपुर शाखा पुरस्कृत भएका छन् ।