• ८ फागुन २०८१, बिहिबार

गोरखापत्रकर्मी ज्ञवाली सम्मानित

blog

गोरखापत्रकर्मी कपिल ज्ञवालीलाई सम्मान गर्नुहुँदै नगरप्रमुख खेलराज पाण्डेय ,उपप्रमुख सावित्रादेवी अर्याल लगायत । तस्बिर : गोरखापत्र

सिद्धार्थनगर, फागुन ४ गते । गोरखापत्रकर्मी कपिल ज्ञवाली सम्मानित हुनुभएको छ । बुटवल उपमहानगरपालिकाले ६६औं स्थापना दिवस २०८१ को अवसरमा ज्ञवालीलाई कला, संस्कृती महिला तथा बालबालिका क्षेत्रको विकासमा पत्रकारिताको माध्यमबाट योगदान पुर्‍याएको भन्दै नगद १० हजार तथा प्रशंसापत्रले सम्मान गरेको हो । 

स्थापना दिवसमा जिल्लाका २ दर्जन पत्रकार सम्मानित भएका छन् । नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह प्रमुख अतिथि रहेको कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेय ,उपप्रमुख सावित्रादेवी अर्याल लगायतले ज्ञवालीलाइ सम्मान गर्नुभएको हो ।

बुटवल उपमहानगरपालिकाले हरेक वर्ष स्थापना दिवसमा विभिन्न विधामा क्रियाशील पत्रकारहरूलाई नगदसहित सम्मान गर्ने गरेको छ । यस्तै, उहाँलाई पत्रकारिताको माध्यमबाट अटो मोवाइल्स क्षेत्रको प्रचारप्रसारमा उल्लेखनीय योगदान दिएको भन्दै लुम्बिनी अटोमोबाइल्स एसोसियसन अफ नेपालले पनि नगद ,प्रसंसा पत्र र दोसल्लासहित सम्मान गरेको छ ।