खाद्य गुणस्तरको नियन्त्रण : काठमाडौँ महानगरले स्थलगत मापन सुरु गर्दै
बजारमा जथाभाबी अखाद्य बस्तुको विक्री वितरण हुँदै आएको गुनासो पछि काठमाडौँ महानगरपालिकाले खानेकुराको गुणस्तर परीक्षण फिल्डमा तत्काल गर्ने भएको छ ।
पदमार्ग निर्माण गरिँदै
गलेश्वर, फागुन ४ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको हल्लेगौडादेखि भकुण्डेसम्म पाँच सय मिटर पदमार्ग निर्माण गरिँदै । उक्त पदमार्ग वडा कार्यालयको रु. पाँच लाख बजेटबाट निर्माण गर्न लागिएको हो । तस्बिरः रासस
सुनसरीमा लागेको हुस्सु
सुनसरी, फागुन ४ गते । सुनसरीको इनरुवा नगरपालिका–४ मा आइतबार बिहान लागेको बाक्लो हुस्सु । तस्बिरः रासस
धौलागिरि आधार शिविर
म्याग्दी, फागुन ४ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा पर्ने धौलागिरि हिमालको आधार शिविर क्षेत्र । धौलागिरि आधार शिविर पुग्ने पदमार्ग नहुँदा मनमोहक र रमणीय भए पनि यहाँ पर्यटन विकास हुनसकेको छैन । तस्बिरः रासस
बेमौसमी तरकारीका लागि हरितगृह निर्माण
जुम्ला, फागुन ४ गते । जुम्लाको तातोपानी गाउँपालिका–२ का स्थानीयले बेमौसमी तरकारी उत्पादन गर्न गाउँपालिकाको समन्वयमा निर्माण गरेको हरितगृह । पेस नेपाल जुम्लाको कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा परियोजनाले यहाँ २८ वटा हरितगृह बनाएको छ । तस्बिरः रासस
बाजा बजाउँदै विद्यार्थी
तनहुँ, फागुन ४ गते । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा शनिबारदेखि व्यास नगरपालिका–३ खुल्ला मैदानमा सुरु भएको राष्ट्रपति रनिङशिल्ड उद्घाटन समारोहमा बाजा बजाउँदै शुक्लागण्डकी नगरपालिका–९ स्थित तालबेंसी माध्यमिक विद्यालयका विद्यार्थी । विद्यालयले जीवनाेपयोगी सीप सिकाउने उद्देश्यसहित यहाँका विद्यार्थीलाई बाजा बनाउने तालिम दिएको थियो । तस्बिरः रासस
ताप्लेजुङको छुर्पी
फुङ्लिङ, फागुन ४ गते । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा रहेको कोसेली घरमा बिक्रीका लागि राखिएको चौंरीको दूधबाट बनाएको छुर्पी । यहाँ छुर्पी प्रतिकेजी रु. एक हजार ५०० मा बिक्री गरिन्छ । तस्बिरः रासस
आहाराको प्रतीक्षामा भद्राई
दाङ, फागुन ४ गते । दाङको घोराही उपमहानगरपालिका–१६ स्थित मघै गाउँको तोरी बारीमा आहाराको प्रतीक्षामा बसेको भद्राई चरा । तस्बिरः रासस
प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनुहुने
सङ्घीय संसद्को प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले उठेका प्रश्नको जवाफ दिनुहुने भएको छ । बैठकमा प्रत्यक्ष प्रश्नोत्तर हुने सचिवालयले जनाएको छ ।
फोहोर व्यवस्थापनमा किचलो
सडकमा थुप्रिएका फोहोरले पोखरालाई बेला बेला कुरूप बनाउने गरेको छ ।
डढेलो नियन्त्रण गर्न विशेष अभियान
अर्घाखाँचीमा डढेलो रोकथामका लागि विशेष अभियान सञ्चालन भएको छ । सुक्खा मौसमसँगै हावाहुरी चल्ने भएकाले अधिकांश वन डढेलोको उच्च जोखिममा रहेको भन्दै विशेष अभियान सञ्चालन गरिएको हो ।
कार्यसम्पादन मूल्याङ्कनमा सिमकोट उत्कृष्ट
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनमा कर्णाली प्रदेशमा हुम्लाको सिमकोट गाउँपालिका उत्कृष्ट ठहरिएको छ ।
इजरायली जेलबाट ३६९ प्यालेस्टिनी कैदी रिहा
काठमाडौँ, फागुन ४ गते । इजरायली अधिकारीहरूले शनिवार इजरायल र हमास बिचको छैटौँ बन्धक बन्दी आदानप्रदानका क्रममा ३६९ प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा गरेका छन् । प्यालेस्टिनी कैदी क्लबका प्रमुख अब्दुल्लाह अल–जाघारीले मुक्त गरिएका कैदीहरूमा आजीवन कारावास भोगिरहेका ३६ जना व्यक्तिहरू र अक्टोबर ७, २०२३ मा भएको आक्रमणपछि इजरायलले गाजापट्टीमा पक्राउ गरेका ३३३ बन्दीहरू समावेश रहेको बताउनुभयो । प्यालेस्टिनी स्रोतहरू र प्रत्यक्षदर्शीहरूले कैदीहरूलाई परिवारका सदस्यहरू र रेडक्रसका कार्यकर्ताहरूले रमल्लाह सांस्कृतिक दरबारको आँगनमा स्वागत गरेका थिए । रिहाइअघि प्रत्यक्षदर्शीहरूले इजरायली सेनाले रामल्लाहको पश्चिममा रहेको बेइटुनिया सहरमा आक्रमण गरेको बताए । हमास र इस्लामिक जिहाद दुवै प्यालेस्टिनी समूहहरूले शनिवार गाजामा राखिएका तीन इजरायली बन्धकहरूलाई रिहा गरेका छन् । जनवरी १९ देखि लागू भएको र ६ हप्तासम्म चल्ने युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत लगभग २ हजार प्यालेस्टिनीहरूको बदलामा ३३ इजरायली बन्धकलाई रिहा गरिने अपेक्षा गरिएको छ । अहिलेसम्म पाँच थाई नागरिकसहित १९ इजरायली बन्धकलाई रिहा गरिएको छ । सिन्ह्वाको सहयोगमा
सिगासमा पुग्यो बिजुली
बैतडीको च्वागढ क्षेत्रमा पर्ने दुर्गम सिगास गाउँपालिका–३ का ६३ घरमा एकै पटक विद्युत् सेवा पुगेको छ ।
‘माणौ’ मासेर सिमेन्टका मन्दिर निर्माण
स्थानीय तह र प्रदेश सरकारले ठुलो बजेट खर्च गरेर सिमेन्टका मन्दिर बनाउँदा पुरातात्त्विक सम्पदाका रूपमा रहेका माणौ (माडौँ) को अस्तित्व सङ्कटमा परेको छ ।
पाकिस्तानमा बम विस्फोट: ११ जनाको मृत्यु, ६ जना घाइते
काठमाडौँ, फागुन ४ गते । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तको हरनाई जिल्लामा भएको बम विस्फोटमा ११ जनाको मृत्यु र ६ जना घाइते भएका छन् । हरनाईका उपयुक्त हजरत वलीले बताएअनुसार हरनाईको शाहराग क्षेत्रमा मजदुर बोकेको गाडीमा सडक छेउमा भएको बम विस्फोटमा ११ जनाको मृत्यु र ६ जना घाइते भएका छन् । प्रहरी, सुरक्षा बल र उद्धार टोली घटनास्थल पुगेर शव र घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ, जहाँ एक जोडीको अवस्था गम्भीर छ । उपयुक्तले सडकको छेउमा राखिएको विस्फोटक पदार्थ राखिएको र यसलाई रिमोट कन्ट्रोल उपकरणबाट विस्फोट गराइएको थियो । मजदुरहरू कोइला खानीमा काम गर्न जाँदै गर्दा आक्रमणमा परेको अधिकारीले बताए । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।सिन्ह्वाको सहयोगमा
बागमती गोल्डकपः हानामी र एपिएफ भिड्दै
मकवानपुरको बागमती गाउँपालिका–४, झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा जारी सातौँ संस्करणको बागमती गोल्ड कप फुटबल प्रतियोगितामा आज दोस्रो दिन आइतबार भरतपुर चितवनको भरतपुर फुटबल क्लब हानामी (विएफसी) र सशस्त्र प्रहरी बल (एपिएफ) क्लब काठमाडौँ बिच प्रतिस्पर्धा हुँदै छ ।
‘महिला नै पहिला’ भन्दै अनुपम यात्रा
राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ भन्ने आवाज उठाउँदै महिलाले लमजुङमा अनुपम यात्रा र्याली निकालेका छन् ।
‘ट्रिटमेन्ट प्लान्ट’ द्वारा खानेपानी
चौतारावासीले ‘ट्रिटमेन्ट प्लान्ट’ द्वारा स्वच्छ खानेपानी पाएका छन् । केही दिनअघि खानेपानीमन्त्री प्रदीप यादवले उक्त प्लान्टको उद्घाटन गर्नुभएको थियो । जुगल थालखर्क होल्चे खानेपानी मूल उप
एकीकरण पदमार्ग पहिचान यात्रा
गोरखा जिल्लाको गोरखा दरबारदेखि काठमाडौँको हनुमानढोका दरबारसम्म ऐतिहासिक एकीकरण पदमार्ग पहिचान यात्रा सुरु भएको छ । धार्चे मनासलु पर्यटन विकास समितिले ऐतिहासिक एकीकरण पदमार्ग पहिचान यात्रा सुरु गरेको हो ।
तातोपानी भन्सारलाई तीन अर्ब नोक्सान
बाढी पहिरोका कारण तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई तीन अर्ब नोक्सान भएको छ । चालु आर्थिक वर्षको असोज ११ र १२ गतेको बाढी पहिरोका कारण भन्सार कार्यालयले उक्त सङ्ख्याका नोक्सान व्यहोर्नु परेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
‘शिक्षाबिनाको मान्छे सुगन्धबिनाको फूल’
प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले शिक्षाबिनाको मान्छे सुगन्धबिनाको फूल जस्तै हुने टिप्पणी गर्नुभएको छ ।
दैनिक पाँच हजार नेपाली महाकुम्भ जाँदै
पश्चिम नेपालको प्रमुख नाका मानिने जमुनाहबाट भारतको उत्तरप्रदेशको प्रयागराजमा सञ्चालन भइरहेको महाकुम्भ मेलामा ठुलो सङ्ख्यामा तीर्थयात्री जाने गरेका छन् ।