• २८ फागुन २०८१, बुधबार

प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनुहुने

blog

काठमाडौँ, फागुन ४ गते । सङ्घीय संसद्को प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले उठेका प्रश्नको जवाफ दिनुहुने भएको छ । 
बैठकमा प्रत्यक्ष प्रश्नोत्तर हुने सचिवालयले जनाएको छ ।
आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो ।
गत मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम २०८१ फागुन ४ गतेको बैठकमा हुने जानकारी गराउनुभएको थियो ।