समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
लुम्बिनीमा दुई ठुला धार्मिक कार्यक्रम हुँदै
बुद्ध जन्मस्थल लुम्बिनीमा फागुन दोस्रो सातादेखि दुई ठुला कार्यक्रम आयोजना हुने भएका छन् । प्रत्येक वर्ष हुने कुलपुत्र प्रवज्या (अल्पकालीन भिक्षु) कार्यक्रम र चौथो लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह हुने बताइएको छ ।
आयोजना बैङ्क बनाएपछि लगानी सम्मेलन
प्रदेश सरकारले ‘आयोजना बैङ्क’ निर्माण गरेर मात्र लगानी सम्मेलन गर्ने भएको छ ।
खानेपानीको हाहाकार
भूकम्पका कारण यहाँका ग्रामीण बस्तीमा खानेपानीको हाहाकार भएको छ ।
लालपुर्जा वितरणको तयारी
भूमिहीन सुकुमवासीलाई जग्गाको स्थायी प्रमाण पुर्जा (लालपुर्जा) वितरणको काम फेरि सुरु हुने भएको छ । राष्ट्रिय भूमि समस्या समाधान आयोग सुर्खेतले पूर्णता पाएसँगै सो काम अघि बढाइने भएको हो ।
रम्भाका चौध घरमा सामुदायिक घरवास सञ्चालन
पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक घरवास कार्यक्रम सुरु भएको हो ।
खानेपानी समस्या, खोलाकै पानी पिउँछन् स्थानीय
उदयपुरको कटारी नगरपालिका–१, माथिल्लो खसिबासका स्थानीयलाई खानेपानीको समस्या छ । खानेपानीको कुनै पनि आयोजना सञ्चालन नहुँदा यहाँका स्थानीय खोलाको पानी पिउन बाध्य छन् ।
मुटु परीक्षण शिविरबाट ८७० जना लाभान्वित
जिल्ला सदरमुकाम म्याङलुङमा सञ्चालित निःशुल्क मुटु परीक्षण शिविरबाट आठ सय ७० जना लाभान्वित भएका छन् ।
संसदीय समितिका सभापतिको निर्वाचन आज
सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतको विषयगत समितिका सभापतिको आइतबार निर्वाचन हुँदै छ ।
वारिपारि बिहेबारी कायमै
कुनै बेला नेपाल–भारतका थारूबिच लगनगाँठो निकै कसिन्थ्यो । सीमा आसपास बस्ने उनीहरूले विवाह सम्बन्ध बलियो बनाएका थिए ।
ट्रिपरसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
नवलपुरको कावासोती–८ मा पर्ने खरकट्टा जङ्गलमा रोकी राखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गए राती दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक देवचुली–१६ नयाँ बजराका २९ वर्षीय केशव महतोको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
ताप्लेजुङको ओलाङचुङगोलामा यस वर्ष पहिलो पटक हिमपात
फुङलिङ, फागुन ४ गते । ताप्लेजुङको ओलाङचुङगोलमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । गत वर्ष पुसमै भएको हिमपात यस वर्ष फागुनमा मात्र भएको छ । स्थानीय तेन्जिङ शेर्पाका अनुसार यस वर्षको पहिलो पटक गए राति देखि हिमपात भएको हो । ओलाङचुङगोला बस्तीमा करिब ४ सेन्टिमिटर हिमपात भएको उहाँले बताउनुभयो । उहाँले यस वर्षको हिउँद याममा आफूहरूले जाडो नै महसुस नगरेको समेत बताउनुभयो । गत वर्ष अत्यधिक हिमपात भएको र यस वर्ष हिमपात नै नभएकाले जाडोको अनुभूति नभएको उहाँको भनाइ थियो ३ हजार २ सय मिटरको उचाइमा रहेको यस बस्तीमा पहिलो पटक हिमपात हुँदा भ्रमण लागि पुगेका पर्यटक हर्षित भएका छन् । शेर्पाका अनुसार हिजो साँझ १० जना पर्यटक चीनको सीमावर्ती क्षेत्र टिपताला भञ्ज्याङसम्म भ्रमणका लागि पुगेका छन् । बस्ती क्षेत्रमा कम मात्रामा हिमपात भए पनि सीमावर्ती क्षेत्रमा अत्यधिक हिमपात भएको हुनाले गाडीमा यात्रा गर्न जोखिम हुने स्थानीयको भनाई छ । यस्तै सबैभन्दा बढी पर्यटक तथा तीर्थयात्री आउने क्षेत्र पाथीभरा मन्दिरमा समेत हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा देवी मन्दिरदेखि करिब ४ किलोमिटर तल रहेको माथिल्लो फेदीसम्म हिमपात भएको स्थानीय राजेन्द्र महतले जानकारी दिनुभयो । जिल्लाका अन्य विभिन्न उच्च स्थानमा गएरातिदेखि नै हिमपात जारी रहेको छ ।
सञ्चार तथा विज्ञापन नीति निर्माण गर्न ध्यानाकर्षण
काठमाडौँ, फागुन ४ गते । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले सञ्चार तथा विज्ञापन नीति निर्माण गर्न बुढानीलकण्ठ नगरपालिकाको ध्यानाकर्षण गराएको छ । चौथो रोजगार तथा वृत्ति मेलामा नगरपालिकाको ‘शिक्षा, सीप र उद्यमशीलता, रोजगारी हाम्रो प्राथमिकता’ नारासहित वृत्ति मेलामा पत्रकारिता तथा सञ्चार क्षेत्रमा रुचि राख्ने युवाका लागि महासङ्घले आफ्नो कक्ष राखी सूचना आदानप्रदान, मार्गदर्शन तथा परामर्श प्रदान गरेको थियो ।महासङ्घको कक्ष भ्रमण गर्ने सहभागीले पत्रकारिता क्षेत्रमा करियर बनाउन आवश्यक सीप तथा तालिम आवश्यक पर्ने बताएका उपत्यका प्रदेश समितिका महासचिव आशिष गुरागाईंले जानकारी दिनुभयो । बुढानीलकण्ठ नगरपालिकालाई स्थानीय सञ्चारमाध्यमहरूको दिगो विकास, विज्ञापन व्यवस्थापन र सूचना प्रवाहलाई प्रभावकारी बनाउन नीति निर्माण गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सञ्चारमाध्यमहरूको प्रभावकारिता बढाउन विज्ञापन तथा सूचना प्रवाहलाई व्यवस्थित गर्ने नीति बनाउनु अपरिहार्य छ ।”कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा तथा अन्य स्थानीय प्रतिनिधिसँग संवाद कार्यक्रम गरिएको थियो । महासङ्घको प्रस्तावमा स्थानीय सरकार प्रमुख–उप प्रमुखले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए । महासङ्घ उपत्यका प्रदेश समितिले नगरपालिकासँग सहकार्य गर्दै स्थानीय सञ्चारमाध्यमलाई बजेट विनियोजन, विज्ञापन वितरणको मापदण्ड तथा पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक नीति निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।
छात्रवृत्तिमा राज्यको लगानी
व्यक्तिलाई सक्षम बनाउन शिक्षा चाहिन्छ । आमाको काख कुनै पनि शिशुको पहिलो पाठशाला हो ।
विश्वविद्यालय सञ्चालनको प्रारूप
नेपालका विश्वविद्यालयको सञ्चालन मोडालिटीमा व्यापक परिवर्तन आएको छ ।
चितुवाको आक्रमणबाट आँगनमा खेलिरहेको बालकको मृत्यु
गए राती घरको आँगनमा खेली रहेका दुई वर्षीय वालकलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको छ । मधुवन नगरपालिका वडा न ७ भाट चोकमा शनिवार साँझ करिब आठ बजेको समयमा आँगनमा खेलिरहेको बच्चालाई चितुवाले आक्रमण गरेको थियो ।
सामाजिक संरचनाको अन्तर्य
नीति र व्यवहारबिचको बेमेललाई ढोँग भनिन्छ । यस कारण नेपाली समाज पनि ढोँगी छ ।
पुनः निर्माण पछिको मङ्गलसेन दरबार
शिवराज ढुङ्गाना अछाम, फागुन ४ गते । मङ्गलसेन दरबारले ध्वस्त भएको २२ वर्षपछि रूप पाएको छ । विसं. २०५८ साल फागुन ४ गते राती माओवादी र सेनाबिच भएको भिडन्तका क्रममा ध्वस्त भएको मङ्गलसेन दरबार पुनः निर्माणको अन्तिम चरणमा पुगेको छ । दरबार पुनः निर्माण २०६७ साल जेठमा सम्पन्न गर्नुपर्ने भए पनि चार वर्ष बित्दा समेत अझै पूर्ण निर्माण हुन सकेको छैन ।
घरजग्गा कारोबार: गत माघमा तीन अर्ब ८७ करोड राजस्व सङ्कलन
काठमाडौँ, फागुन ४ गते । देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ ।घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा रु तीन अर्ब ८७ करोड २४ लाख ८१ हजार छ सय ४७ बराबर राजस्व सङ्कलन भएको छ । गत पुसमा रु चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ राजस्व सङ्कलन भएको थियो । विभागका अनुसार गत मङ्सिरमा रु तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ राजस्व प्राप्त भएको थियो । चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलना चालु आवको सात महिनामा राजस्व सङ्कलनमा झण्डै १४ प्रतिशतले वृद्धि भएको छ । चालु आवको माघ मसान्तसम्म कुल रु २४ अर्ब ७१ करोड बराबर राजस्व सङ्कलन भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । गत आवको सोही अवधिमा रु २१ अर्ब ६५ करोड बराबर राजस्व सङ्कलन भएको थियो । गत माघमा कुल ४६ हजार ५० हजार ६९ लिखत पारित भएको थियो भने गत पुसमा त्यो सङ्ख्या ४८ हजार एक सय ५६ थियो । काठमाडौँ उपत्यकाभित्रका विभिन्न नौवटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले रु ३३ करोड ७४ लाख राजस्व सङ्कलन गरेको विवरणमा देखिन्छ । यस्तै, डिल्लीबजार मालपोत कार्यालयले रु २६ करोड ९२ लाख, कलङ्की मालपोतबाट रु २६ करोड एक लाख, मालपोत कार्यालय चाबहिलले रु २० करोड ८० लाख तथा भक्तपुर मालपोत कार्यालयले रु २४ करोड ४२ लाख बराबरको राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।
संविधान संशोधनमा सार्थक बहस
यतिबेला राष्ट्रिय राजनीतिको मझेरीमा एक पटक फेरि संविधान संशोधनको मुद्दाले चर्चा पाउन थालेको छ ।
डोरीमा झुण्डिएर कोखेभिरको यात्रा गर्नुपर्ने बाध्यता
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डिएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर पार गर्न डोरी र खरको गाँजको साहरा लिनुपर्छ । कोखेभिरमा ५० मिटर र धौलागिरि भ्यु प्वाइन्टमा करिब एक सय मिटरमा रसी र खरको गाँज समाएर यात्रा गर्नुपर्ने समस्या रहेको हालै धौलागिरि आधार शिविर पुगेर फर्किएका पोखराका पर्यटन व्यवसायी तारा गर्बुजा पुनले बताउनुभयो ।
पेचिलो बन्दै सुशासनको मुद्दा
ट्रान्सपरेन्सी इन्टरनेसनलको हालै प्रकाशित प्रतिवेदनलाई हेर्दा द्वन्द्वग्रस्त तथा कठोर शासन भएका मुलुकमा सुशासनको अवस्था नाजुक देखिन्छ ।
आजको मौसम : हल्का हिमपातको सम्भावना
काठमाडौँ, फागुन ४ गते । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको छ । बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिमा उल्लेख छ । साथै आज बिहानीपख तराईका केही भू–भागहरुमा हुस्सु÷कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
सामूहिक कला प्रदर्शनी सुरु
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘वुमन इन आर्ट’ शीर्षकमा महिला कलाकारका सामूहिक कला प्रदर्शनी सुरु भएको छ ।