• १२ असार २०८२, बिहिबार

ट्रिपरसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

blog

बोमलाल गिरी

नवलपुर, फागुन ४ गते । नवलपुरको कावासोती–८ मा पर्ने खरकट्टा जङ्गलमा रोकी राखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गए राती दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक देवचुली–१६ नयाँ बजराका २९ वर्षीय केशव महतोको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शनिवार राति ९ः१५ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.३८.प १२७५ नम्बरको मोटरसाइकल सडकमा बिग्रेर रोकी राखेको लु २ ख ४१६६ नं. को ट्रिपरमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा चालक महतोलाई उपचारका लागि  मध्य विन्दु प्रादेशिक अस्पताल पुर्याएको थियो । अस्पताल पुग्न साथ उहाँलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।