सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, फागुन ४ गते । चौतारावासीले ‘ट्रिटमेन्ट प्लान्ट’ द्वारा स्वच्छ खानेपानी पाएका छन् । केही दिनअघि खानेपानीमन्त्री प्रदीप यादवले उक्त प्लान्टको उद्घाटन गर्नुभएको थियो । जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाइ समितिले गुणास्तरीय खानेपानी प्रशोधन केन्द्र सञ्चालनमा ल्याएर सदरमुकामवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन थालेको हो ।
थालखर्कबाट सिधै दारेगौँडास्थित ट्याङ्कीमा पानी झारेर उपभोग गर्दै आएको पानीलाई ‘ट्रिटमेन्ट प्लान्ट’ मार्फत पानी प्रशोधन भई अहिले उपभोक्ताको घर घरमा पु-याइएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरबाट छ करोड २५ लाख रुपियाँको लागतमा उक्त पानी प्रशोधन प्लान्ट निर्माण भएको समितिका कोषाध्यक्ष टङ्क कार्कीले जानकारी दिनुभयो । स्वच्छ खानेपानी पाउन थालेपछि चौतारामा पानीजन्य सङ्व्रmमणमा कमी आएको चौतारा बजारका रवीन्द्र श्रेष्ठले बताउनुभयो ।