सचिवलाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ
वडा सचिवमाथि कुटपिट गर्ने तनहुँको बन्दिपुर गाउँपालिका– ६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
चुरे संरक्षणमा सरकारको ध्यान जानुपर्छ : मन्त्री लेखी
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले चुरे दोहनका कारण मधेश प्रदेशमा विभिन्नखालका समस्या देखिन थालेको भन्दै चुरेको संरक्षणमा तीन तहका सरकारको ध्यान जानुपर्ने बताउनुभएको छ ।
शान्ति सुरक्षा र दण्डहीनता अन्त्य गृह मन्त्रालयको प्राथमिकतामा
गृह मन्त्रालयले बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्ने कार्ययोजनाका साथ काम भई रहेको स्पष्ट पारेको छ ।
राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्र निर्माणको प्रक्रियामा सबैको सहभागिता जरुरी भएको बताउनुभएको छ ।
गैरसरकारी संस्थाले समुदायको चाहना अनुरूप परियोजना छनाेट गर्नुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गैरसरकारी संस्थाहरूले परियोजना छनाेट गर्दा स्थानीय समुदायको चाहना अनुरुप गर्नुपर्ने बताउनुभएको छ ।
रासस सप्तरीले मनायो ६४औं वार्षिकोत्सव
राष्ट्रिय समाचार समिति (रासस) सप्तरीले सोमबार ६४औं वार्षिकोत्सव मनाएको छ ।
बाँकेमा १४औं पटक हात्तीपाइले रोगविरुद्धको अभियान सुरु
१३ पटकसम्म औषधी खुवाउने कार्यक्रम चलाउँदा पनि सफल हुन नसकेपछि बाँकेमा सोेमबारदेखि हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम फेरी सुरु गरिएको छ ।
मातृ मृत्युदर शून्यमा झार्ने लक्ष्यमा प्रदेश सरकार : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा मातृमृत्यु दर शून्यमा झार्ने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।
हुलाक टिकटमा भित्रीकोट दरबार
आजदेखि प्युठान जिल्लाको ऐतिहासिक भित्रीकोट दरबार हुलाक टिकटमा अंकित भएको छ ।
विदेह नगरपालिकामा ८३ जना कर्मचारी बर्खास्त
धनुषाको विदेह नगरपालिकामा प्रशासनिक तहमा कार्यरत ८३ जना कर्मचारीलाई बर्खास्त गरिएको छ ।
पूर्वपश्चिम लोकमार्ग स्तरोन्नति : तीन दर्जन पुल बन्ने
पूर्वपश्चिम राजमार्गको कमला–ढल्केबर–पथलैया सडक आयोजना पूर्वी खण्डमा नयाँ पुल निर्माण सुरु गरिएको छ ।
कार्यसम्पादन मूल्याङ्कनमा धनकुटा नगरपालिका प्रथम
धनकुटाको सात वटा स्थानीय तहमध्ये धनकुटा नगरपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कन नतिजामा जिल्लाको पहिलो भएको छ ।
आदिवासी जनजाति पत्रकार महासंघ हुम्लाको अध्यक्षमा तामाङ
नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोजिन) हुम्ला शाखाको अध्यक्षमा नरजन तामाङ सर्वसम्मत चयन हुनुभएको छ ।
कञ्जनजङ्घा आधार शिविरमा हाफ म्याराथन प्रतियोगिता हुने
तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधारशिविरमा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको आयोजनामा उक्त कञ्चनजङ्घा साहसिक हाफ म्याराथन प्रतियोगिता हुने भएको हो ।
एक सय आठ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया
कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा १०८ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया गरिएको छ ।
गायक चौधरी सिङ्गर अफ द इअरबाट सम्मानित
थारू भाषाको गीत “ए हौँ साली झुम्कावाली, तोहर खातिर छै दिल हमर खाली” यस गीतका गायक रत्नदिप चौधरी सिङ्गर अफ द इअर २०२५ बाट सम्मानित हुनुभएको छ । अपन स्वर्ग नेपाल कला संस्कृति बहुभाषिक चलचित्र महासंघ केन्द्रीय कार्यालय सुनसरी नेपालको आयोजनामा इनरुवामा आयोजित एएसएन इन्टरनेशनल अवार्ड २०२५ बाट सम्मानित हुनुभएको हो ।
वन पैदावारबाट सात करोडभन्दा बढी राजस्व सङ्कलन
दाङमा चालु आर्थिक वर्षको छ महिनामा वन पैदावारबाट साढे सात करोडभनदा बढी राजस्व सङ्कलन भएको छ ।
जाजरकोट भूकम्प : प्राधिकरणले थाल्यो क्षतिको मूल्याङ्कन
भूकम्प गएको झन्डै १५ डेढ वर्षपछि भौतिक क्षतिको विस्तृत मूल्याङ्कन थालिएको छ ।
कोहलपुरमा चिडिमार नमुना बस्ती निर्माण गरिने
बाँकेको कोहलपुर नगरपालिकाभित्र रहेका चिडिमार तथा खटिक समुदायको नमुना बस्ती निर्माणका गरिने भएको छ ।
गाउँ-गाउँमा डढेलो रोकथाम अभियान
लमजुङको मस्र्याङ्दी गाउँपालिकाले गाउँ–गाउँमा डढेलो तथा आगलागी रोकथाम सम्बन्धी सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको छ ।
डढेलो नियन्त्रण गर्न विशेष अभियान
तनहुँमा डढेलो रोकथामका लागि विशेष अभियान सञ्चालन हुने भएको छ ।
विश्रान्तिमा शिव महापुराण सुरु
धनकुटाको विश्रान्ति मन्दिरमा शिव महापुराण सुरु भएको छ ।
नर्सरी व्यवसायका ‘हनुमान’ रामबलेस
नर्सरी व्यवसायको हुनमान भनेर चिनिने गौशाला–३ इटाटारका किसान रामबलेस साह मिहिनेतले माटोमै सुन फलाउन सकिने उदाहरणीय व्यक्तित्व समेत बन्न सफल हुनु भएको छ ।
चिनियाँ ठेकेदार कम्पनीलाई ९५ हजार रुपियाँ जरिवाना
नारायणघाट–बुटबल सडक विस्तार गरिरहेको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिलाई नवलपुरको कावासोती नगरपालिकाले ९५ हजार रुपियाँ जरिवाना गरेको छ ।