कार्यसम्पादन मूल्याङ्कनमा महाशीला गाउँपालिका पहिलो
स्थानीय तह कार्यसम्पादनमा पर्वत जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामध्ये दक्षिणी भेगमा पर्ने महाशीला गाउँपालिका पहिलो भएको छ ।
धार्मिक पर्यटनको सम्भावना बोकेको भैरव मन्दिर
बाग्लुङको बलेवामा पर्ने कालभैरव मन्दिर गण्डकी क्षेत्रकै प्रसिद्ध धार्मिक शक्तिपीठमध्येमा मानिन्छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व रहेको भैरव मन्दिरले धार्मिक पर्यटन समेत उत्ति नै सम्भाव्यता बोकेको छ ।
किसानलाई अनुदानमा १५ सय ओखारका बिरुवा
बागलुङ नगरपालिका ९ तित्याङस्थित जुरेढुंगा कृषक समूहमा आवद्व किसानलाई ५० प्रतिशत लागत साझेदारीमा ओखरका बिरुवा वितरण गरिएको छ ।
‘पत्रकारिताले समाजलाई मार्गनिर्देश गर्नुपर्छ’
राष्ट्रिय समाचार समितिको ६४ वार्षिकोत्सवका अवसरमा विकासमुलक पत्रकारितामा राससको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । राष्ट्रिय समाचार समिति तुलसिपुरका नारायणी रजौरेको अध्यक्षतामा एवम नगरप्रमुख टीकाराम खड्काले समाचारका माध्यमबाट राज्यलाई सही मार्गनिर्देश गर्नुपर्ने बताउनुभयो ।
तीन तहकै निर्वाचन एकै पटक हुनुपर्छ : मन्त्री लेखी
मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले तीन तहकै निर्वाचन एकै पटक हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समितिको ६४ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय समाचार समिति मधेश प्रदेश कार्यालयले मंगलबार जनकपुरधाममा आयोजना गरेको सुशासन, विकास तथा समृद्धिका लागि राससको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
गढवा गाउँपालिकामा निःशुल्क आँखा चेकजाँच शिविर
दाङको गढवा गाउँपालिकामा भएको निःशुल्क आँखा तथा कान चेकजाँच शिविरमा दुई सय बढीले सेवा लिएका छन् ।
राष्ट्रिय निर्माण महोत्सव सुरु
निर्माण व्यवसायी सङ्घ मकवानपुरले हेटौँडामा आयोजना गरेको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव–२०८१ सुरु भएको छ।
पहिरो पीडितलाई राहत रकम
उत्तरी गोरखाको धार्चे गाउँपालिकाको रेसे गाउँको पहिरो पीडितलाई राहत रकम वितरण गरिएको छ ।
प्रेस चौतारी गण्डकी अध्यक्षमा पौडेल
प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा ईन्द्रप्रसाद पौडेल पुनः चयन हुनुभएको छ । नवलपुरको कावासोती –१५ अमलटारीमा गए राति सम्पन्न चौतारीको दोस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा २४ सदस्सीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
सामाजिक न्यायबाट अझै बञ्चित छन् दलित समुदाय
सिरहाको नवराजपुर गाउँपालिक–१ का १७ वर्षीया रिङ्कुकुमारी सदाय बलात्कृत भएपछि सामाजिक न्याय पाउनु भएन । न्याय नपाउँदा उहाँको मृत्युभयो ।
सञ्चारमन्त्री गुरूङद्वारा खेलकुद तथा सांस्कृतिक महोत्सवकाे उद्घाटन
सदरमुकाम बेशीसहरमा आजदेखि प्रथम खेलकुद तथा सांस्कृतिक महोत्सव सुरू भएको छ ।
फोनिज बागलुङको अध्यक्षमा डम्मर बुढा
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागलुङको अध्यक्षमा डम्मर बुढा मगर सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।
कृषकलाई मौरीको घार र बङ्गुरको पाठा वितरण
गोरखाको सहिद लखन गाउँपालिका–७ बुङकोटका महिला कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मौरीको घार र बङ्गुरको पाठा वितरण गरिएको छ ।
पीडित भेट्न बस्तीमै पुग्छन् प्रहरी
इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले सेवा ग्राहीलाई थप प्रभावकारी सेवा दिन नयाँ पहल थालेको छ ।
कार्यसम्पादनमा नार्पाभूमि गाउँपालिका पहिलो
स्थानीय तह कार्यसम्पदानमा मनाङका ४ पालिकामध्ये सबैभन्दा विकट नार्पाभूमि गाउँपालिका पहिलो भएको छ ।
अलपत्र रारा पर्यटन पदमार्ग, साइकल लेनको उस्तै बिजोग
कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा निर्माणाधीन रारा पर्यटन पदमार्गको निर्माण कार्य अलपत्र परेको छ ।
गणतन्त्रको प्रवेश विन्दु २००७ साल : प्रमुख सचेतक परियार
नेपालको राजनीतिक इतिहासमा २००७ साल देशमा प्रजातन्त्र स्थापना गर्ने अभियानको महत्त्वपूर्ण पानी ढलो हो । समाजको विकास क्रमलाई नियाल्दा एउटा क्रमागत विकास र अर्को क्रान्तिकारी बाटो अपनाइन्छ ।
'छोरी बचाउ छोरी बनाउ' कार्यक्रम प्रभावकारी बन्दै
बर्दियाको गेरुवा गाउँपालिकाले सञ्चालन गरेको छोरी बचाउ छोरी बनाउ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
थारू पत्रकार सङ्घ नेपाल दाङ शाखाकाे आधारभूत पत्रकारिता तालिमको उद्घाटन
थारू भाषा संस्कृति संरक्षणका लागि थारू पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहँदै आएको एक कार्यक्रममा बोल्नर वक्ताहरूले जोड दिएका छन् ।
फिदिममा चिया प्रवर्धन गर्न महोत्सव
पूर्वी पहाडका विभिन्न स्थानमा जैविक विधिबाट उत्पादन गरिँदै आएको अर्थोडक्स चियाको बजारमा पहुँच विस्तार गर्न फिदिममा चिया महोत्सव आयोजना गरिएको छ ।
क्यान्सरपीडितद्वारा सहयोगको याचना
रक्त क्यान्सरबाट पीडित यहाँको गुठीचौर गाउँपालिका–५ का ५१ वर्षीय सत्यबहादुर भण्डारीको उपचारका लागि परिवारले सहयोगको आग्रह गरेको छ । छोरा दीपेन्द्र भण्डारीले बुवाको उपचारका लागि आर्थिक अभाव भएकाले सहयोगको आग्रह गर्नुभएको हो ।
प्रजातन्त्र दिवसः बिरामीलाई फलफूल वितरण
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज बिहान प्रादेशिक अस्पताल मलङ्गवामा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको छ ।
मह आयात रोक्न माग
महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । नेपाल मौरीपालक सङ्घ दाङका अध्यक्ष दिनेश ओलीले बजारीकरणको मुख्य समस्याले गर्दा यसमा लागेका किसान घट्दै जान थालेको बताउनुभयो ।
फोनिज गुल्मी अध्यक्षमा पुनः छन्त्याल निर्वाचित
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ। सदरमुकाम तम्घासमा भएको फोनिज गुल्मीको पाँचौं अधिवेशनले नयाँ कार्यसमितिलाई सर्वसम्मत चयन गरेको निर्वाचन मण्डलका संयोजक रेशम कुँवरले जानकारी दिनुभयो।