रामकृष्ण बोहरा
बागलुङ, फागुन ६ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागलुङको अध्यक्षमा डम्मर बुढा मगर सर्वसम्मत रूपमा चयन हुनुभएको छ । मङ्गलबार बागलुङ बजारमा सम्पन्न चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा बुढा मगर चयन हुनुभएको हो ।
समितिको उपाध्यक्षमा मञ्जुल शाक्य, सचिवमा बल बहादुर रोका मगर, सह–सचिवमा शर्मिला रोका मगर, कोषाध्यक्षमा तिलक घर्ति मगर, सदस्यहरूमा भूमा तारामी मगर, राजेन्द्र श्रेष्ठ, शेखर थापा मगर, सुरेश छन्त्याल, शिशिर श्रीस र ज्योति थापा मगर चयन हुनुभएको निवर्तमान अध्यक्ष पदम छन्त्यालले जानकारी दिनुभयो ।
यस्तै, अधिवेशनबाट प्रदेश प्रतिनिधिका रूपमा पदम छन्त्याल (प्रकाश), याम बहादुर थापा, छलिता बुढा मगर हुँदा केन्द्रिय पार्षदमा राजेश चन्द्र राजभण्डारी र संगम घर्ति मगर चयन हुनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्दै फोनिज गण्डकीका इन्चार्ज एम बी आस्था मगरले पत्रकारको हित तथा क्षमता बिकासमा फोनिजले काम गर्नुपर्ने बताउनुभयो । राज्यका निकायले फोनिजको महत्त्व बुझेर साथ दिनुपर्ने उहाँले धारणा राख्नुभयो ।