उज्यालो ढोका उघ्रेको दिन
आज फागुन ७ गते, राष्ट्रिय प्रजातन्त्र दिवस ।
कञ्चनपुरमा वयस्क जङ्गली हात्ती मृत फेला
कञ्चनपुरको लालझाडीमा जङ्गली हात्ती मृत फेला परेको छ । विगत केही महिनादेखि आतङ्क मच्चाउँदै आएको क्षेत्रमा आज बिहान हा ती मृत अवस्थामा फेला परेको हो ।
जनक्रान्तिले ल्याएको रूपान्तरण
सहे भनी सम्झिएका ईख फेर्न उठ्तछन् गए भनी नदेखिएका फर्की–फर्की आउँदछन् सुते भनी सम्झिएका सुरुसुरु हिँड्दछन्
अध्यक्ष प्रचण्डद्वारा प्रजातन्त्र दिवसको शुभकामना
काठमाडौँ, फागुन ७ गते । ७५ औँ प्रजातन्त्र दिवसको सुखद उपलक्ष्यमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा शुभकामना व्यक्त गर्नुभएको छ । प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदहरूप्रति उहाँले भावपूर्ण श्रद्धासुमन अर्पण गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमा नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिष्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको उल्लेख गर्नुभएको छ । २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२–०६३ को ऐतिहासिक जनआन्दोलन लगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहेको उहाँले उल्लेख गर्नुभएको छ । यो ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संविधानको कार्यान्वयनमार्फत समाजवाद उन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभार हुन आइपुगेको जनाएको छ ।
समतामूलक समाजको प्रस्थानविन्दु
मानिस सङ्गठित हुन थालेसँगै समतामूलक समाज खोज्न थालेको इतिहास भेटिन्छ ।
नेपाल–भारत सम्बन्ध व्यक्ति र कूटनीति : एक सिंहावलोकन
भौगोलिक सामीप्यता, सांस्कृतिक निकटता, सामाजिक सम्पर्कका कडीबाट उठेको नेपाल–भारत सम्बन्ध भारतको सन् १९४७ मा ब्रिटिस आधिपत्यको अन्त्यसँगै भएको स्वतन्त्रतापश्चात् राजनीतिक सम्बन्धले प्राथमिकता हासिल गर्यो भन्न सकिन्छ ।
छोरा नजन्मिँदा नागरिकताबाट वञ्चित
सप्तरीको राजविराज नगरपालिका–९ का ६० वर्षीय बेचनी दास अहिलेसम्म नागरिकताबाट वञ्चित हुनुहुन्छ । दुई छोरीकी आमा आफूबाट छोरा नजन्मिएका कारण अहिलेसम्म नागरिकताबाट वञ्चित हु
चौदण्डीले अतिक्रमित जग्गा खाली गराउँदै
लामो समयदेखि स्थानीयले अतिक्रमण गर्दै आएका उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रको सरकारी तथा नदी उकास जग्गा स्थानीय सरकारले खाली गराउन थालेको छ । जग्गा खाली गराउनुपूर्व सुरुमा ३५ दिनको, त्यसपछि १५ दिनको र अन्तिममा सात दिनको सूचना जारी गरेर जग्गा खाली गर्न आह्वान गर्दा पनि अटेर गरेपछि चौदण्डीगढी नगरपालिकाले एक्साभेटर लगाएर जग्गा खाली गराउन सुरु गरेको हो ।
इतिहासको ‘क्रिटिकल जङ्क्चर’ २००७ सालको प्रजातन्त्र
इतिहास आफैँ दोहोरिन्छ– पहिलो पटक वियोगका रूपमा र दोस्रो पटक परिहासका रूपमा’ कार्ल माक्र्सको यो टिप्पणीले मन छुन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
लोकतन्त्र सुशासन र समुन्नति
हिजोआज अमेरिकी राजनीतिक एवं बौद्धिक वृत्तमा ‘ओलिगार्की’ शब्द निकै चर्चामा छ ।
सूचना प्रविधिमा फड्को
नेपालमा पछिल्ला केही दशकमा सूचना प्रविधिको विकास उल्लेखनीय रूपमा अघि बढेको छ ।
खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग परराष्ट्रमन्त्रीको छलफल
आठौँ ‘इण्डियन ओसन कन्फ्रेन्स’ तथा द्विपक्षीय बैठकहरूमा सहभागी हुन ओमान भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको उपस्थितिमा मङ्गलबार ओमानलगायत खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग छलफल गर्नुभएको छ ।
ऐतिहासिक दिनको गौरव
वर्षभरि सबै दिनका आआफ्नै विशेषता हुन्छन् तर समान छैनन् ।
सात सालले जगाएको राष्ट्रियता
आज विश्व मानचित्रमा लोकतान्त्रिक शासनको अभ्यास गर्ने देशका रूपमा नेपाल परिचित छ ।
बैरगनियाँ सम्मेलनले फुकेको बिगुल
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको विगत साढे सात दशकको राजनीतिक यात्रा, विभिन्न आरोहअवरोह र सङ्घर्ष, त्याग, बलिदान एवं समर्पणको गाथा हो । १०४ वर्ष पुरानो पारिवारिक राणा शासनको अन्त्य र देशमा प्रजातन्त्रको स्थापना भएको ७४ वर्ष पूरा भइसकेको छ ।
नेपाली जन–सङ्घर्षको इतिहासलाई जीवित राख्नु पर्छ: सभापति देउवा
काठमाडौँ, फागुन ७ गते । आज फाल्गुण ७ गते— नेपाली जन–सङ्घर्षको इतिहासको एक अविस्मरणीय दिन अर्थात् प्रजातन्त्र दिवस । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जन–सङ्घर्षको इतिहासलाई जीवित राख्नु पर्ने बताउनुभएको छ । यस दिवसको अवसरमा शुभकामना दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । नेपाली काँग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिन भन्नुहुँदै उहाँले यो इतिहासलाई जीवित राख्नु पर्ने बताउनु भएको छ । यस अवसरमा उहाँले सबै नेपालीमा शुभकामना दिनुभएको छ ।
जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोतः राष्ट्रपति पौडेल
काठमाडौँ, फागुन ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज शुभकामना दिँदै उहाँले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको बताउनुभएको छ । “मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित छ”, राष्ट्रपति पौडेलले शुभकामनामा भन्नुभएको छ, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो । विसं २००७ को क्रान्तिको जगमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएका हौँ ।” राष्ट्रपति पौडेलले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनोट भई अहिले संविधानतः तीनै तहका सरकारहरू बनेका छन् । यी निश्चिय नै हाम्रा लागि धेरै ठूला र ऐतिहासिक उपलब्धि हुन् । यिनै उपलब्धिको जगमा हाम्रो भविष्यको सुखद् यात्रा प्रारम्भ भएको छ भन्ने मैले विश्वास लिएको छु ।” राष्ट्रपति पौडेलले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनलाई पथप्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजप्रति पनि सम्मान एवं श्रद्धा प्रकट गर्नुभएको छ । राष्ट्रपतिले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवं मान्यता कार्यान्वयन गर्न प्रेरणा मिल्ने अपेक्षा गर्नुभएको छ । उहाँले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्ने सबैप्रति सम्मान प्रकट गर्दै राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना गर्नुभएको छ । विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरूद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदैछ ।
प्राप्त उपलब्धिलाई अक्षुण राख्नु आजको आवश्यकता: उपराष्ट्रपति यादव
काठमाडौँ, फागुन ७ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको संविधानमा व्यवस्था भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानता, समावेशिता, धर्मनिरपेक्षता, कानुनी राज्य, सार्वभौमसत्तालाई अक्षुण्ण राख्नु आजको आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज शुभकामना दिँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन गरिबी, भेदभाव, अशिक्षा र बेरोजगारीको अन्त्य गर्दै अघि बढ्नु हाम्रा लागि निर्विकल्प भएको बताउनुभएको छ । “लोकतन्त्र, शासनको रूपमा मात्र सीमित हुनुहुँदैन । मुलुकमा सामाजिक आदर्श, चरित्र, परम्परा, संस्कृति, सद्भाव र मूल्यलाई अजम्बरी बनाउनतर्फ पनि लोकतन्त्रलाई केन्द्रित गर्नुपर्दछ”, उपराष्ट्रपति यादवले शुभकामना सन्देशमा भन्नुभएको छ, “लोकतन्त्रमा कुनै पनि विशेषाधिकारयुक्त वर्ग हुँदैन, जाति, धर्म, वर्ण, वंश, धन, लिङ्ग आदिका आधारमा कुनै पनि व्यक्तिसँग कुनै प्रकारको भेदभाव पनि गरिन्न । राजनीतिक लोकतन्त्रको सफलताका लागि उसको आर्थिक लोकतन्त्रसँग गठबन्धन आवश्यक छ ।” अग्रजहरूको सङ्घर्ष, बलिदान र अटुट सङ्कल्पकै कारण प्रजातन्त्र, लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र स्वतन्त्रताको उपहार प्राप्त गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले यस अवसरमा सबैले मुलुकको द्रुत विकास, समृद्धि र सामाजिक समरसताका लागि सदैव समर्पित भावका साथ अघि बढ्ने प्रण एवं दृढ सङ्कल्प लिन सक्नुपर्ने बताउनुभयो । दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो, सुदृढ र सबल बनाउने दायित्व, कर्तव्य र जिम्मेवारीलाई स्मरण र बोध समेत गराएको उल्लेख गर्दै उपराष्ट्रपतिले सम्पूर्ण नागरिकहरूको अधिकारहरूको रक्षा, न्यायपूर्ण समाजको स्थापना र सबैका लागि समान अवसर सुनिश्चित गर्ने दिशामा एकजुटताका साथ क्रियाशील हुन पनि उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।मुलुकमा एक सय चार वर्षसम्म कायम रहेको जहानियाँ निरङ्कुश शासनविरूद्ध बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप २००७ सालको आन्दोलन सफल भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइन्छ ।
लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिने
काठमाडौँ, फागुन ७ गते । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिने बताउनुभएको छ ।राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सभामुख घिमिरेले आज जारी गर्नुभएको शुभकामना सन्देशमा प्रजातन्त्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको सपना साकार पार्न आफ्नो जीवन उत्सर्ग गर्ने वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उक्त प्रेरणा दिने बताउनुभएको हो ।“विसं २००७ को प्रजातान्त्रिक आन्दोलनले नेपाली जनतालाई निरङ्कुशताको अन्धकारबाट मुक्त गरी स्वतन्त्रताको उज्यालोमा ल्याएको थियो”, सन्देशमा भनिएको छ, “प्रजातन्त्र दिवसले हामीलाई लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिने गरेको छ ।” सभामुख घिमिरेले सन्देशमा प्रजातन्त्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको सपना साकार पार्न आफ्नो जीवन उत्सर्ग गर्नुभएका वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । “सहिदहरूको बलिदानले प्रजातन्त्र तथा नागरिक स्वतन्त्रतासँगै देशले गणतन्त्रको यात्रा तय गरेको थियो, विसं २०६२÷६३ को जनआन्दोलनले पञ्चायती निरङ्कुशता र राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको युग प्रारम्भ गर्यो” सन्देशमा भनिएको छ, “यो उपलब्धि नेपाली जनताको साहसिक सङ्घर्ष र सहिदहरूको त्यागकै कारण सम्भव भएको हो ।”मुलुकले राजनीतिक आन्दोलन र क्रान्तिमा महत्त्वपूर्ण सफलता प्राप्त गरेको तर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन अझै धेरै काम गर्न बाँकी रहेको सन्देशमा उल्लेख छ ।
शिक्षामा समयानुकूल परिवर्तन
शिक्षा मात्रै होइन, राणा शासनकालमा राज्यले प्रदान गर्ने सबै जसो अधिकारबाट नागरिक विमुख थिए ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ४३ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रूपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।
संविधानको रक्षा, पालना र कार्यान्वयन अहिलेको प्राथमिकताः अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त लोकतन्त्रको रक्षा एवं प्रवर्द्धनमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभएको छ ।