विपत् सिकाइ केन्द्र बन्दै जानकी गाउँपालिका
कैलालीको जानकी गाउँपालिका देशभरका अन्य पालिका र विभिन्न निकायलाई विपत् व्यवस्थापनबारे सिकाउने थलो बन्न थालेको छ ।
वनडढेलो नियन्त्रण गर्न समन्वय अभाव
रामेछापका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले वनडढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय रामेछापले स्थानीय तहसँग समन्वय नगरेको गुनासो गरेका छन् । डिभिजन वन कार्यालय रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको वनडढेलो समन्वय तथा अन्तव्रिर्mया कार्यव्रmममा सहभागी भएका नगरपालिका तथा गाउँपालिका प्रमुख, उपप्रमुखले यस्तो गुनासो गर्नुभएको हो ।
बलियो कूटनीतिक पहल
भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्युको घटना यतिखेर नेपाल र भारतभर चर्चामा छ । बिटेक तेस्रो वर्षमा अध्ययनरत लम्सालको आकस्मिक निधनको सत्य
‘लोकतन्त्र र स्वतन्त्रताको जग’
फागुन ७ गते ! आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण सङ्घर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्याएको दिन हो ।
समृद्ध नेपालको साझा सङ्कल्प
नेपाली राजनीतिक मानचित्रमा फागुन ७ गते सबैभन्दा महत्वपूर्ण दिन हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
अजयमेरुकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा राख्न सुझाव
पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत एवं पुरातत्त्व विद् भास्कर ज्ञवालीले ऐतिहासिक तथा प्राचीन अजयमेरुकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा राख्न आवश्यक रहेको बताउनु भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
दिल्लीमा भाजपा सरकारको शपथ
भारतको राजधानी रहेको दिल्ली प्रदेशमा आज सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले नयाँ सरकार बनाउँदै छ ।
वनडढेलो नियन्त्रण सचेतना
भर्खरै अमेरिकाको लस एन्जलसमा लागेको भीषण आगलागीको कहालीलाग्दो दृश्यबाट विश्वभर एवं नेपालमा पनि त्यसको मनोवैज्ञानिकस्तरमा ठुलो असर पर्यो ।
भैरहवा ल्याइयो प्रकृतिको पार्थिव शरीर
रुपन्देही, फागुन ८ गते । भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव भैरहवा ल्याइएको छ ।लम्सालको शवपरीक्षणपछि लम्सालको पार्थिव शरीर हवाई मार्ग हुँदै भारतको गोरखपुर र त्यहाँदेखि सडकमार्गबाट बेलहिया नाका हुँदै आज साँझ यहाँ ल्याइएको हो ।सिद्धार्थनगर नगरपालिका–८ घर भएका लम्साल परिवारका केही सदस्य आउन ढिलाइ भएका कारण शवलाइ भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।
स्वाइन फिभरले १८ बङ्गुर मरे, सतर्कता अपनाउन आग्रह
अफ्रिकन स्वाइन फिभर रोगबाट जिल्लामा बङ्गुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । यहाँ १८ वटा बङ्गुर मर्नाका साथै केही बिरामी भएपछि ओसार–पसारमा रोक लगाइएको हो ।
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, फागुन ८ गते । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसमसफा रहेको बताएको छ । साथै तराईका केही भागमा हुस्सु लागेको छ ।महाशखाका अनुसार आज दिउँसो सुदूरपश्चिम,कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान तथा देशका बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुनाका साथै देशका बाँकी पहाडी भू–भागमा आंशिक बदली बाँकी भेगमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।आगामी २४ घण्टामा गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा तथा लुम्बिनी प्रदेश लगायत देशका बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वषा तथा गण्डकी,सुदूरपश्चिम, र कर्णाली प्रदेशका उच्च पहाडी एवं हिमाली भागका केही स्थानमा तथा बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
काठका सामग्री बनाउँदै राउटे
सुर्खेतमा मङ्गलबारदेखि सुरु भएको प्रदेशस्तरीय ललितकला प्रदर्शनीमा राउटे युवाले बनाएका काठका सामग्री अन्यका लागि आकर्षणका केन्द्र बनेका छन् ।
‘काफल गेडी’ सार्वजनिक
गीतकार एवं चलचित्र निर्देशक स्वर्गीय चेतन कार्कीको रचनामा रहेको गीत ‘काफल गेडी’ सार्वजनिक भएको छ ।
‘वाटर कलर ओडिसी’ प्रदर्शनी सुरु
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट ग्यालरीको संयुक्त आयोजनामा ‘वाटर कलर ओडिसी’ प्रदर्शनी सुरु भएको छ ।
अविरलको ‘नदीको यात्रा’
कवि निमेष अविरल (रुकमान थेबे) को कवितासङ्ग्रह ‘नदीको यात्रा’ बुधबार सार्वजनिक गरिएको छ ।
कृषकलाई अनुदानमा कृषि औजार
त्रिवेणी गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा आधुनिक कृषि औजार वितरण गरेको छ ।
अल्लो प्रशोधन उद्योग सङ्कटमा
गत भदौ ८ र असोज १२ को अविरल वर्षाले क्षति पुगेको रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१, डडुवाको सल्लेटारस्थित शैलुङ अल्लो प्रशोधन उद्योग अझै सञ्चालनमा आउन सकेको छैन ।
आँपमा लागेन मञ्जर
रौतहटको विभिन्न गाउँका आँप बगैँचामा अहिलेसम्म मञ्जर लागेको नदेखिएपछि कृषक चिन्तित भएका छन् ।
कोशीका आधाभन्दा बढी सहकारीले बुझाएनन् विवरण
कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाको नियमन क्षेत्रका ५० प्रतिशत सहकारी संस्थाले पनि रजिस्ट्रार कार्यालयमा विवरण बुझाएका छैनन् ।
निगमको टिकटमा जापान एयरलाइन्सको हवाई सेवा
नेपाल वायुसेवा निगम र जापान एयरलाइन्सबिच सहज हवाई यात्रा र व्यापार विस्तारका लागि सम्झौता भएको छ ।
रसुवा बन्दरगाह निर्माण कार्य अन्तिम चरणमा
उत्तरी नाका रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (डाइपोर्ट) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चीन सरकारको सहयोगमा निर्माणाधीन बन्दरगाह निर्माण अन्तिम चरणमा पुगेको हो ।
वैदेशिक रोजगारीमा जाने पन्ध्र प्रतिशतले बढे
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १५ प्रतिशतले बढेको छ ।