महायज्ञबाट करिब डेढ करोड रुपियाँ संकलन
बुटवल १५ सेमलारमा जारी श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञमा आजसम्ममा करिब डेढ करोड रुपियाँ संकलन भएको छ ।
निसीखोलामा वृद्वा मृत फेला
बागलुङको निसीखोला गाउँपालिका –१ देविस्थानस्थित निसीखोलाको बाँधमा एक वृद्वा मृत फेला पर्नुभएको छ । बिहीबार सोही निसीखोला –१ लेवाङ निवासी ८० वर्षिया रुपी विक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
सियारीमा फेला पर्यो महिलाको शव
रुपन्देहीको सियारी गाउँपालिका –२ भगदरीमा एक जना महिलाको शव फेला परेको छ । बेथरी बेलवास सडक खण्डको सियारी –२ भगदरीस्थित सडकछेउको खेत किनारमा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
मध्यविन्दुमा कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने
नवलपरासी पूर्व (नवलपुरमा) मध्यविन्दु कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने भएको छ ।
एमालेको जरा अभियान २० वटा वडामा सञ्चालन
नेकपा एमालेको देशभर सञ्चालन भई रहेको जरा अभियान हुम्ला जिल्लाका २० वटा वडामा सञ्चालन भएको छ । गत माघ १४ गतेबाट सुरु भएको उक्त अभियान फागुन ९ गतेसम्म आई पुग्दा ती वडामा सञ्चालन भएको हो ।
आर्थिक मन्दीलाई चलायनमा बनाउन डुम्रे महोत्सव
तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाको व्यापारिक केन्द्र तनहुँको डुम्रे बजारमा आर्थिक मन्दीले व्यवसाय सुस्ताएपछि चलायमान बनाउन महोत्सव गर्न लागिएको छ ।
पर्यटकीयस्थल घोडेपानीमा हिमपात
म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा बिहिबार दिउँसो हिमपात भएको छ । अन्नपूर्ण गाउँपालिका, ६ को घोडेपानी, पुनहिल र वडा नम्बर ५ को खोप्रालेकमा हिमपात भएको हो।
'शिक्षा सुधारमा नीति निर्माण प्रभावकारी हुनुपर्छ'
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गुणस्तरीय, समावेशी, प्रविधिमैत्री तथा व्यावसायिक शिक्षा प्रणाली निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या
तनहुँ कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ ।
'म्याग'द्वारा सञ्चार अनुगमन प्रतिवेदन सार्वजनिक
मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले सञ्चारको मूल प्रवाहमा महिला राजनीतिकर्मीले पाएको स्थानका विषयमा सञ्चार अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ ।
पुरुष मृत अवस्थामा फेला
तुलसीपुर उपमहानगरपालिका –१ मा एक जना पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उपमहानगरपालिकाको सोही वडाको कुमालगाउँ भमके निवासी ५५ वर्षका लोकबहादुर परियार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
किसान परिचयपत्र वितरण
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले बजार क्षेत्रका गैह्र किसानहरूले बजारका जुनसुकै ठाँउमा बसेर तरकारी बिक्री गर्न थालेपछि उत्पादन गर्ने किसान मारमा पर्न थालेपछि किसान परिचय पत्र वितरण गरिएको बताउनुभयो ।
ईशानेश्वर महादेव मन्दिर परिसर स्थित गौरीकुण्ड ओझेलमा
यहाँस्थित करापुटार ईशानेश्वर महादेव मन्दिर परिसरमा गौरीकुण्डको पुननिर्माण गरिएको छ । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयद्वारा विनियोजित रु दशलाख वजेटमा पुननिर्माण गरिएको हो ।
नेपालगन्जको सरसफाइमा समस्या
पश्चिम नेपालकै प्रमुख सहर नेपालगन्जको फोहोर व्यवस्थापन हुन नसक्दा नगरको सरसफाइमा समस्या उत्पन्न भएको छ । जनप्रतिनिधि, सामाजिक अगुवा, सरसफाइकर्मी र सरकारी कार्यालयका प्रतिनिधिको सहभागितामा यहाँ आयोजना गरिएको सार्वजनिक निजी साझेदारी मञ्चको बैठकका सहभागीले सो कुरामा जोड दिएका हुन् ।
'आउँदो निर्वाचनबाट एमालेले बहुमतको सरकार बनाउँछ'
नेकपा एमालेका सचिव योगेश भट्टराईले ०८४ पछि एमालेले बहुमतको सरकार बनाउने दाबी गर्नुभएको छ ।
‘एमसिसी परियाेजना स्थगितले परेका प्रभावलाई सरकारले व्यवस्थापन गर्छ’
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मुलुकमा सरकारले औद्योगिक पूर्वाधार निर्माणमा जोड दिएको बताउनुभएको छ ।
बसले किचेर बालिकाको मृत्यु
प्युठानको बाग्दुलामा बसले किचेर एक जना बालिकाको मृत्यु भएको छ ।
पर्यटक बोलाउन पसगाउँ महोत्सव
अपेक्षाकृतरूपमा पर्यटक गाउँमा आउन नसकेको भन्दै क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँका बासिन्दा महोत्सव गर्ने तयारीमा जुटेका छन् ।
शत प्रतिशतलाई एचपिभी खोप
जिल्लामा पहिलो पटक किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइएको छ ।
अब हाम्रो पात्रोबाटै इभेन्टको टिकट खरिद गर्न मिल्ने
हाम्रो पात्रो एपबाट सिँधै टिकट खरिद गर्न सकिने नयाँ सुविधा उपलब्ध भएको छ । यो डिजिटल युगमा प्रयोगकर्ताहरूलाई थप सजिलो बनाउन, हाम्रो पात्रोले आफ्ना प्रयोगकर्ताहरूका लागि डिजिटल टिकट खरिदको विकल्प ल्याएको हो ।
'कांग्रेस महाधिवेशन ०८४ को चुनाव अघि हुनुपर्छ'
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसको १५ औं महाधिवेशन २०८४ को चुनाव अघि नै हुनुपर्ने बताउनुभएको छ ।
गाउँपालिकाको बेवास्ताले बेवारिसे बन्यो सभाहल
यहाँस्थित बढैयाताल गाउँपालिकाको एक मात्र सभाहल उपयोगमा चासो नदिँदा निर्माण सम्पन्न नहुँदै जीर्ण र बेवारिसे बनेको छ । बढैयाताल गाउँपालिका–८ पशुपतिनगरमा रहेको उक्त सभाहल रु ७० लाख २६ हजारमा निमार्ण गरिएको थियो ।
सङ्घीय संसदबाट अध्यायदेश पारित हुन्छ : सचिव भट्टराई
नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सांसद योगेश भट्टराईले सरकारले सङ्घीय संसदमा प्रस्तुत गरेको अध्यादेश पारित हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित साक्षात्कारमा उहाँले अध्यादेश पारित गर्न संघीय संसदमा सत्ता गठबन्धनसँग बहुमत भएको दाबी गर्नुभयो ।
हात्तीवन क्षेत्रको आगलागी नियन्त्रण गरिँदै (फोटो फिचर)
काठमाडौँको दक्षिणकाली नगरपालिका–४ स्थित हात्तीवनमा बुधवार बेलुकीदेखि लागेको आगो अझै नियन्त्रण बाहिर गएको छ । डढेलो नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय फर्पिङको प्रहरी टोली, दक्षिणकाली नगरपालिकाका नगर प्रहरीहरू, स्थानीयबासीहरु परिचालित भएका छन् ।