काठमाडौँ, फागुन ८ गते । हाम्रो पात्रो एपबाट सिँधै टिकट खरिद गर्न सकिने नयाँ सुविधा उपलब्ध भएको छ । यो डिजिटल युगमा प्रयोगकर्ताहरूलाई थप सजिलो बनाउन, हाम्रो पात्रोले आफ्ना प्रयोगकर्ताहरूका लागि डिजिटल टिकट खरिदको विकल्प ल्याएको हो ।
प्रयोगकर्ताहरूले अब विभिन्न भुक्तानी माध्यम प्रयोग गरी टिकट खरिद गर्न सक्नेछन् । हाम्रो पे का साथै मोबाइल बैंकिङ र कनेक्ट आइपीएको प्रयोग गरेर पनि टिकट खरिद गर्न सकिन्छ । यो सुविधाले प्रयोगकर्ताहरूलाई कुनै एक भुक्तानी प्लेटफर्ममा मात्र निर्भर नरहन मद्दत गर्ने तथा भुक्तानी प्रक्रियालाई अझ सजिलो बनाउने उद्देश्य राखेको छ ।
‘हाम्रो पे’का सीइओ शिशिर पोखरेल भन्नुहुन्छ, “अब हाम्रो पात्रो प्लाटफर्ममार्फत विभिन्न कार्यक्रमहरूका टिकट सजिलै खरिद गर्न सकिनेछ, जसले कार्यक्रम आयोजक र दर्शकबिचको दूरी घटाउने छ । हाम्रो पे का साथै मोबाइल बैंकिङ र कनेक्ट आइपीएबाट टिकट खरिद सेवा दिन पाउँदा हामी निक्कै उत्साहित छौँ ।”
हाल हाम्रो पात्रोमा पाँचथर, फिदिममा फेब्रुअरी २४ मा आयोजना हुन लागेको “जोन एन्ड द लोकल्स–लाइभ कन्सर्ट” को टिकट उपलब्ध छ । फिदिम मा.वि. को खेलमैदानमा हुन लागेको यस कन्सर्टमा, देश तथा विदेशमा आफ्नो प्रस्तुतीले चर्चा कमाएको जोन एन्ड द लोकल्स ब्यान्डको साङ्गीतिक प्रस्तुती हेर्न पाइनेछ ।
टिकट दर चार सयदेखि पाँच हजारसम्म निर्धारण गरिएको छ । हाम्रो पे मार्फत टिकट खरिद गर्दा प्रयोगकर्ताहरूले ५% क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
प्रयोगकर्ताहरूले https://tickets.hamropatro.com/events बाट पनि टिकट खरिद गर्न सक्नुहुन्छ । आयोजकहरूले आफ्ना कार्यक्रमहरूका टिकट बिक्रीका लागि हाम्रो पात्रोसँग साझेदारी गरी लाखौँ प्रयोगकर्तामा कार्यक्रम पुर्याउन सक्नेछन् । थप जानकारीका लागि इच्छुक आयोजकहरूले https://www.hamropatro.com/ मा इमेल गर्न सक्नुहुन्छ ।
यूवटूव लिङ्क : https://www.youtube.com/shorts/VNNKXBzCljU