• ९ फागुन २०८१, शुक्रबार

'आउँदो निर्वाचनबाट एमालेले बहुमतको सरकार बनाउँछ'

blog

बिहीबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनका बोल्दै योगेश भट्टराई । तस्बिर : रजनी योगी

रजनी योगी 

सुर्खेत, फागुन ८ गते । नेकपा एमालेका सचिव योगेश भट्टराईले ०८४ पछि एमालेले बहुमतको सरकार बनाउने दाबी गर्नुभएको छ । बिहीबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनका बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । 

अहिलेको समीकरण ०८४ सम्म अगाडि बढाउने भन्दै उहाँले हल्लाको पछि नलाग्न समेत सबैलाई सचेत गराउनु भएको छ ।

त्यसपछि दुवै दल आ–आफ्नै तरिकाले चुनाव लड्ने उहाँको भनाइ छ । ‘अब बिस्तारै नेपालमा निर्वाचनका लागि राजनीतिक समीकरण गर्ने गलत परम्परा अन्त्य हुनुपर्छ ।  आआफ्नो तरिकाले चुनाव लड्नुपर्छ। समीकरणले सरकार फेरबदल भइरहने परम्पराको अन्त्य हुनुपर्छ’ उहाँले भन्नुभयो । 

सरकारले २९ वटा कानुनलाई सच्याउने गरी ६ वटा अध्यादेश ल्याइएको भन्दै उहाँले त्यसमा कुनै शङ्का गर्नुपर्ने ठाउँ नरहेको जिकिर गर्नुभयो । अध्यादेश जसरी पनि पास हुने उहाँको भनाइ छ ।  भूमि सम्बन्धी अध्यादेशको विषयमा उपेन्द्र यादवसँग कुरा भइरहेको र यो विधेयक पनि पास हुने उहाँले बताउनुभयो ।