रामकृष्ण बोहरा
बागलुङ, फागुन ८ गते । बागलुङको निसीखोला गाउँपालिका –१ देविस्थानस्थित निसीखोलाको बाँधमा एक वृद्वा मृत फेला पर्नुभएको छ । बिहीबार सोही निसीखोला –१ लेवाङ निवासी ८० वर्षिया रुपी विक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
खोलामा शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । माघ २५ गतेदेखि हराइरहनुभएकी विकको शव आज निसीखोलामा फेला परेको हो । विक बेपत्ता भएपछि गत आइतबार प्रहरी कार्यालयमा हुलियासहित निवेदन दिएपछि इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतको टोली खोजीकार्यमा परिचालन भएको थियो ।
शव गलिसकेको अवस्थामा रहेका पोष्टमार्टमका लागि बुर्तिवाङमा अस्पतालमा राखिाएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।