कालो गरुड
दाङ, फागुन ८ गते । दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाही जलाशयमा देखिएका हिउँद छल्न बेँसी झरेका नेपालको संरक्षित चरा ‘कालो गरुड’ । तस्बिरः रासस
हाँसका बथान
मोरङ, फागुन ८ गते । मोरङको बेलबारी नगरपालिकास्थित बेतना सिमसारमा जलक्रीडामा रमाउँदै गरेका हाँसका बथान । तस्बिरः रासस
घोडामा चढेर मुक्तिनाथ दर्शन गर्न जाँदै भक्तजन
मुस्ताङ, फागुन ८ गते । हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको रूपमा रहेको मुक्तिनाथ मन्दिरमा दर्शन गर्नका लागि श्रद्धालु भक्तजनलाई घोडामा चढाएर लैजाँदै स्थानीय घोडा व्यवसायी । विशेषगरी अशक्त र घोडचढीमा रुचि राख्ने भक्तजनहरु घोडामा चढ्ने गर्छन् । मुक्तिनाथ बसपार्कदेखि मन्दिर प्रवेशद्वारसम्म घोडामा चढाएर लगे बापत प्रतिव्यक्ति ४ सय रुपियाँ लिने गरेको स्थानीय घोडा व्यवसायी बताउँछन् । तस्बिरः रासस
भीरबाट लडेर मृत्यु
भीरबाट लडेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ । मकवानपुरको थाहा नगरपालिका–५ नलिवनका ३२ वर्षीय राजकुमार पाख्रिनको बुधवार राती भीरबाट लडेर मृत्यु भएको हो ।
रेस्टुरेन्टमा रमाउन थाले गिद्ध
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको पिठौलीमा स्थापना गरिएको जटायु रेस्टुरेन्टमा रमाउन आउने गिद्धको सङ्ख्या बढ्दै गएको छ ।
डढेलो रोकथाम अभियान
लमजुङको मस्र्याङ्दी गाउँपालिकाले गाउँ गाउँमा डढेलो तथा आगलागी रोकथामसम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरेको छ ।
पाल्पाका नागरिकलाई घरआँगनमै सेवा
राज्यका विभिन्न निकायबाट प्रवाह हुने सेवा रामपुर नगरपालिको अगुवाइमा घुम्ती शिविर सञ्चालन गरेर गाउँगाउँमा प्रवाह भएको छ । आफ्नो घरआँगनमै सेवा पाएर सेवाग्राही मक्ख परेका छन् ।
बारीमा आलु सङ्कलन गर्दै किसान
नवलपरासी, फागुन ८ गते । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–२ सेहरीमा व्यावसायिकरुपमा समूहमार्फत गरिएको खेतीमा आलु सङ्कलन गर्दै किसान । आलु चिप्स कम्पनीलाई बिक्री गर्ने गरी जिल्लामा ३८ वटा समूहमार्फत एक सय ११ हेक्टर क्षेत्रमा व्यावसायिक आलुखेती गरिएको छ । तस्बिरः रासस
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
कोटहीमाई गाउँपालिका– ५ देवनबक्सापुरका रामायन पालले विगत २० वर्षदेखि भेडा पालन गर्दै आउनुभएका छ । उहाँको अधिकांश समय घर बाहिर नै बित्ने गरेको छ ।
कर्णाली समृद्धि परियोजना अलपत्र
कर्णाली प्रदेश सरकारका लोकप्रिय कार्यक्रम अन्योलमा छन् ।
टहराको किस्ता निकासाले दियो खुसी
सरकारले अस्थायी आवास (टहरा) निर्माणको दोस्रो किस्ताको रकम निकासा गरेको खबर सुनेपछि रुकुमपश्चिमका भूकम्प प्रभावितहरू खुसी भएका छन् ।
जुगाडखोला कोरिडोरको काम सुरु
जुम्ला सदरमुकाम खलङ्गाको बिचमा बग्ने जुगाडखोलाको दुवैतिर जुगाड कोरिडोरको काम सुरु गरिएको छ । पछिल्लो समय खोला फोहोर भइरहेकाले यो खोलालाई स्वच्छ, सफा जुगाडखोला कोरिडोर निर्माणको काम सुरु भएको हो ।
भिरबाट लडेर प्रहरी हवलदारको मृत्यु
जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ को सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवलदार लोकेन्द्र बहादुर खडायतको भिरबाट लडेर मृत्यु भएको छ ।
रातु खोला दोहन गर्ने एक्स्काभेटरसहित दुई जना पक्राउ
मापदण्डविपरीत उत्खनन गरेको आरोपमा महोत्तरीको रातु खोलाबाट प्रहरीले दुई जना एक्स्काभेटर चालकलाई पक्राउ गरेको छ ।
प्रकृति लम्सालको स्वर्गद्वारी घाटमा अन्त्येष्टि, ७६ वर्षीय हजुरबुबाद्वारा दागबत्ती
बुधवार राति नेपाल ल्याइएकी प्रकृति लम्सालको बिहीबार अन्त्येष्टि गरिएको छ । भारतमा मृत्यु भएकी भैरहवाकी विद्यार्थी प्रकृतिको शव बुधवार राति ११ बजे गृह जिल्ला रुपन्देही ल्याइएको थियो । उहाँको शव सिद्धार्थनगर नगरपालिका–८ स्थित बैंक कोलोनी घरमा रातभर राखेर बिहान स्वर्गद्वारी घाटमा लगेर अन्त्येष्टि गरिएको हो ।
दृष्टिविहीन इन्द्रलाई शिक्षाको ज्योति छर्ने अवसर
सरुमारानी गाउँपालिका–४, बैकेका २६ वर्षीय इन्द्रबहादुर थापामगर चार वर्षको उमेरमा ज्वरो र झाडापखालाले ग्रस्त हुनुभयो ।
धवलागिरिको दुर्गम बस्ती बगरमा सडक पुग्यो
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको दुर्गम बस्ती बगरमा सडक पुगेको छ । धौलागिरि हिमालको काखमा रहेको बगर विकट बस्ती हो । यस क्षेत्रमा निर्माणाधीन जलविद्युत आयोजनाले पहुँच मार्ग निर्माण गरेपछि गाउँ सडक सञ्जाल सँग जोडिएको हो ।
पोखरा विश्वविद्यालयको दीक्षान्तमा प्रधानमन्त्री आउनुहुने
पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोह बिहीबार बिहान हुँदै छ । पोखरा विश्वविद्यालय ऐन, २०५३ अन्तर्गत २०५४ सालमा स्थापना भएको विश्वविद्यालयको दीक्षान्त समारोहमा सरिक हुन प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओली पोखरा आउँदै हुनुहुन्छ ।
छोरीको सुरक्षा र सङ्घीयता टिकाउने बहस
सुर्खेतमा जारी कर्णाली उत्सव ‘कुडा कर्णाली’ को छैटौँ संस्करणको दोस्रो दिन छोरी सुरक्षालाई बलियो बनाउने विषयमा बहस केन्द्रित भएको छ ।
बाँझो जग्गामा ओखरखेती
बागलुङको तित्याङमा ओखरखेती विस्तार गरिएको छ । बसाइँसराइका कारण खेतीयोग्य जग्गा बाँझिदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा करिब तीन सय रोपनी जग्गामा ओखरखेती थालेको छ ।
आँखा देख्न पाउने खुसीले दङ्ग काछबासी
बर्दिबास नगरपालिका–५ चुरेकाछको ढुङ्ग्रे गणन्ताकी ७० वर्षीया सेतीमाया तामाङले कैयनपटक प्रजातन्त्र दिवसका दिन हातमा झन्डा बोकेर ‘जिन्दावाद’ भनेको सम्झना भए पनि त्यससँग जोडिएका कुनै खुसी भने साँच्नु भएको छैन ।
बुढीगङ्गाले गर्यो प्रदेशबाट आएका योजना प्रदेशमै फिर्ता
बुढीगङ्गा नगरपालिकाले ससर्त अनुदानका निर्माण कार्ययोजना फिर्ता पठाएको छ ।
नेपाल इन्डो अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले वीरगन्जका निजी अस्पतालहरूको बुधबार अनुगमन गर्नुभएको छ । मुख्यमन्त्री सिंह र प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी सन्तोषकुमार ठाकुरसहितको टोलीले यहाँका अस्पतालहरूको निरीक्षण गरेको हो ।
‘सरकार बनाउने खेलमा माओवादी छैन’
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले आफ्नो पार्टी अहिले सरकार बनाउने र ढाल्ने खेलमा नरहेको बताउनुभएको छ । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारप्रति