लोकगीत तथा नृत्य प्रस्तुत
भारत र नेपालको सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई झन् प्रगाढ बनाउँदै दुवै देशका जनताबिच सुमधुर सम्बन्ध विस्तार गर्न भारत सरकारद्वारा भारत–नेपाल मैत्री महोत्सवको आयोजना गरिएको छ ।
दुना–टपरी उद्योगबाट कमाउँदै पाल्पाली महिला
पाल्पा, फागुन ९ गते । तानसेन नगरपालिका–७ काजीपौवाकी सीता केसीलाई विगत चार वर्षअघिसम्म सानोतिनो घरायसी काम चलाउन पनि श्रीमान्कै भर पर्नुपथ्र्यो । घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइ खर्च जुटाउन, उहाँलाई श्रीमान्को भर नपरी सुखै थिएन । चार वर्षयता भने घरभित्रको काममा मात्र सीमित केसीको जीवन फेरिएको छ । उहाँ अचेल साँझ र बिहान घरको काम भ्याएपछि दिनभर दुना–टपरी बनाउन व्यस्त हुनुहुन्छ । अहिले उहाँलाई घर खर्चका लागि चाहिने पैसा पनि यसबाटै जुट्छ । “पहिले हातमा पैसा नहुँदा तनाव हुन्थ्यो, सानो कामका लागि अरूकै भर पर्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “आजभोलि आफैँसँग पैसा हुन्छ । दिनभर घरमा बस्नुको साटो दुना–टपरी बनाउन थालेँ । त्यसबाट पुग्दो आम्दानी हुन थालेको छ ।” सोही ठाउँकी मीनु रोकालाई विगतमा दिन बिताउन निकै गाह्रो थियो । उहाँ घरमा काम केही नभएपछि समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्र्ने गर्नुहुन्थ्यो । हिजोआज उहाँको दैनिकी पनि फेरिएको छ । उहाँ अहिले हरेक दिन काजीपौवामा रहेको दुना–टपरी उद्योगमा बिताउनुहुन्छ । अचेल उहाँँलाई उद्योगमा महिलासँग गफिँदै टपरी खुट्दाखुट्दै समय बितेको पत्तै हुँदैन । “बिहान–बेलुका घरको काम गरेर दिउँसो दुनाटपरी बनाउन उद्योगमा आउँछु, अहिले समय गएको पत्तो हुँदैन”, रोकाले भन्नुभयो । दुना–टपरी फुट्न थालेदेखि काम मात्र होइन, दाम पनि राम्रै कमाएको उहाँले बताउनुभयो ।केसी र रोकाहासँगै धनकाला सारू पनि उद्योगमा आउनुहुन्छ । महिना दिनसम्म काम गरेपछि तलब बुझ्नुहुन्छ । यसभन्दा अघि उहाँको दिनभरको समय घरायसी कामपछि फुर्सदमै बित्थ्यो । अहिले व्यस्तता बढेर उहाँलार्ई भ्याइनभ्याई छ । सारूको व्यस्ततासँगै आम्दानी पनि बढेको छ । टपरी उद्योगसँग जोडिन थालेपछि उहाँको दैनिकीमात्र होइन, जीवनशैली नै फेरिएको छ । उद्योगमा काम पाएपछि आफूलाई घरखर्च चलाउन सजिलो भएको सारूको भनाइ छ । उहाँले भन्नुभयो, ‘आँगनमै उद्योग छ, कामका लागि टाढा जानु पर्दैन । घरको काम गर्दै उद्योगमा काम गर्न पाएका छौँ, यसले हाम्रो घरखर्च पनि चलेको छ ।” पहिला आफूहरू कामको खोजीमा भौँतारिएको स्मरण गर्दै उहाँले हिजोआज सहज भएको बताउनुभयो ।केसी, रोकाहा र सारूमात्र होइन, यहाँका अधिकांश महिलाले दुना–टपरी उद्योगमा रोजगारी पाएका छन् । उद्योगमा काम गरेबापत उहाँहरूले मासिक रू पाँच हजारदेखि १० हजारसम्म कमाउनुहुन्छ । पाँच वर्षअघि काजीपौवा बहुउश्द्देयीय महिला समूहले सञ्चालन गरेको दुना–टपरी उद्योगमा महिला मात्र भेटिन्छन् । उद्योगमा केही महिला टपरी बनाइरहेका भेटिन्छन् त कोही सिन्का चिरिरहेका हुन्छन् । उद्योगले महिलालाई स्वरोगार त बनाएको छ नै आत्मनिर्भरसमेत बनाइरहेको छ । उद्योग सञ्चालनमा आएको छोटो समयमै दुना–टपरीको माग बढ्न थालेपछि महिलालाई अहिले भ्याइनभ्याई छ । महिला दिदीबहिनीहरूलाई आयआर्जनसँग जोड्न र हराउँदै जान थालेको दुना–टपरी बनाउने चलनलाई कायम राख्न उद्योग सञ्चालनमा ल्याइएको उद्योगकी अध्यक्ष चमेली श्रेष्ठले बताउनुभयो । उहाँले चुलोचौकामा मात्र सीमित महिला अहिले आत्मनिर्भर बन्दै गएको उल्लेख गर्नुभयो । उद्योग सञ्चालनमा आएपछि वनमा खेर गइरहेको सालको पातको सदुपयोग भएको उहाँको भनाइ छ । तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास सङ्घ [रेडा] र युएनडिपीको सहयोगमा ठूला टपरी बनाउने मेसिन र सानो टपरी बनाउने मेसिन पाएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले डिभिजन वन कार्यालयको सहयोगमा रू एक लाख बराबरको उद्योगका लागि आवश्यक सामग्री पनि अनुदानमा पाएको उल्लेख गर्नुभयो । विसं २०७७ मङ्सिर १५ गते ४० जना मिलेर समूहमा उद्योग खोलिएको थियो । अहिले यहाँ पाँच जना महिलामात्र सक्रिय रूपमा लागिरहेका छन् । दुना–टपरी बनाउने चलन हराउँदै जाँदा संस्कृति पनि मेटिन लागेकाले आफूहरू जगेर्ना गर्न लागिपरेको हरिकला रानाको भनाइ छ । कतिपय नयाँ पुस्तामा दुना–टपरी बनाउने चलन थाहा नभएको अर्की महिला मन रानाले बताउनुभयो । पोखरादेखि काठमाडौँसम्म पाल्पाली दुना–टपरीयहाँ तयार गरिएका दुना–टपरी पाल्पासहित देशका ठूला सहर बुटवल, भैरहवा, पोखरा, काठमाडौँसम्म पुग्ने गरेको छ । दुना–टपरी उद्योगमा फोन गरेर पनि बाहिरबाट झिकाउने गर्दछन् । साइजअनुसार रू दुईदेखि १० सम्म दुना–टपरी बिक्री हुँदै आएको छ ।दुना–टपरीको धार्मिक महत्त्व दुनाटपरी आम्दानीको राम्रो स्रोत मात्र होइन, धार्मिक कार्यका लागि महत्त्वपूर्ण मानिन्छ । टपरीको प्रयोग प्रायः विवाह, व्रतबन्ध, न्वारन आदि शुभ तथा अशुभ कार्यमा देवतालाई भोग लगाउने र खाना खाने काममा प्रयोग गरिन्छ । विवाह, व्रतबन्ध, पुराणलगायत ठूला कार्जे गर्दा धेरै महिला जम्मा भएर दुना टपरी गाँस्ने चलन छ ।खासगरी यी सामग्री परम्परागत रीतिरिवाज तथा संस्कृतिक कार्यक्रममा प्रयोग गरिन्छ । यिनमा खानेकुरा, अन्न, राख्ने र देवतालाई चढाउने काम गरिन्छ । त्यसका साथै थाल बटुकाको सट्टा दुना टपरीमा खानेकुरा राखी मानिसले नै खाने प्रयोजन पनि गर्छन् । थाल, बटुकामा खाएपछि माझ्नुपर्ने भएकाले ठूला भोजभतेरमा खाने प्रयोजनका लागि यो निकै महत्त्वपूर्ण मानिन्छ । एकपटक प्रयोग गरेपछि फ्याँकिन्छ । यो वातावरणमैत्री पनि मानिन्छ । प्रयोगपछि सजिलै नष्ट गर्ने भएकाले हिजोआज यो सहरबजारमा पनि निकै प्रयोगमा आउन थालेको छ ।यसरी बनाइन्छ दुना–टपरीदैनिक जीवनमा चलाउने थाल र बटुकाजस्तै सामग्री हुन दुना र टपरी । टपरी धेरै पात एकापसमा सिन्काको माध्यमले जोड्दै थालजस्तो आकारको पारेर बुनिन्छ । यसका लागि पनि सीप भएकै व्यक्तिको आवश्यकता पर्छ । सालको पातलाई बाँसको सिन्काले उनेर परम्परागत तरिकाबाट बनाउने दुना तथा टपरीलाई हिजोआज भने आधुनिक ढङ्गले उत्पादन गर्न थालिएको छ ।यसको आकार भने आवश्यकतानुसार सानोठूलो बनाउन सकिन्छ । दुनाका लागि भने दुईवटा मात्र सालको पात प्रयोग गरिन्छ । पातलाई जोडेर मेसिनमा राखिन्छ । त्यसपछि मेसिनले अठ्याएर दुना–टपरीका [साना-ठूला] विभिन्न आकारमा बनाउने गरिन्छ । मेसिनले थिचेर दुनाटपरीको आकार दिएपछि सिन्को लगाउने काम भने हातले नै गर्नुपर्ने हुन्छ । आफ्नै वनपाखामा झरेर खेर जाने पात टिपेर बनाइने भएकाले कच्चा पदार्थको समस्या छैन । गाउँघरका महिलाका लागि यो गतिलो आम्दानीको माध्यम बनेको छ ।
विश्वविद्यालय फर्किन डराउँछन् विद्यार्थी
भारत ओडिसाको भुवनेश्वरस्थित किट युनिभर्सिटीमा भएको घटनापछि स्वदेश फर्किएका नेपाली विद्यार्थी पुनः अध्ययनका लागि युनिभर्सिटी फर्कन डराइरहेका छन् । उक्त युनिभर्सिटीमा अध्ययनरत भै
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस
काठमाडौँ, फागुन ९ गते । आज अन्तरराष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारीलाई प्रवद्र्धन गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।सन् १९९९ को नोभेम्बरमा बङ्गलादेशले अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो । यद्यपि संयुक्त राष्ट्रसङ्घको महासभाले भने सन् २००२ मा यो दिवसको घोषणा गरेको हो ।आज भाषाहरूले विकास, सांस्कृतिक विविधता र अन्तरसांस्कृतिक संवाद सुनिश्चित गर्न पेरिसस्थित युनेस्कोको प्रधानकार्यालयमा ‘प्राविधिक संवाद, उच्चस्तरीय छलफल सत्र र सांस्कृति प्रदर्शन’ लगायत विविध कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय मातृभाषा दिवस रजत जयन्ती समारोह मनाइँदैछ । युनेस्कोका अनुसार उक्त समारोह सबैका लागि गुणस्तरीय शिक्षा, समावेशी समाज निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने, दिगो विकासमा विज्ञान र प्रविधिको उपयोग एवं बहुभाषिकता र बहुसांस्कृतिकता प्रवर्द्धनमा केन्द्रित हुनेछ ।
देशका अधिकांश भागमा मौसम सफा रहने
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको छ ।
पर्यटकीय गन्तव्य बन्दै कालिका नगरपालिका
चितवनको कालिका नगरपालिकामा रहेका प्राकृतिक स्थान पर्यटकीय गन्तव्यमा विकसित भएका छन् । नगरपालिकाको सिन्ती झरना, कालिका भगवतीमाई, शक्तिखोरदेखि सिद्धिको पहाडी पदमार्ग पर्यटकको रोजाइ बनेको छ । यस क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण बढेपछि पालिकाले गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणदेखि प्रचारका कार्य गर्न थालेको छ ।
उद्योगमा दक्ष कामदार अभाव
आर्थिक मन्दीका कारण उत्पादन कटौती गर्नु परेको गुनासो गर्दै आएका रुपन्देहीका उद्योगीले नेपालमा दक्ष जनशक्ति (श्रमिक) को अभाव हुँदा उद्योग चलाउन भारतबाट श्रमिक ल्याउनुपर्ने बाध्यता रहेको बताएका छन् ।
‘विद्युतीय भुक्तानीमा प्रगति’
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालले वित्तीय पहुँच र विद्युतीय भुक्तानीको प्रयोगमा उल्लेख्य प्रगति हासिल गरेको बताउनुभएको छ ।
‘दूरसञ्चारको विकासमा सहकार्य जरुरी’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दूरसञ्चार क्षेत्रको विकासका लागि नियामक र सेवाप्रदायकबिच सहकार्य जरुरी रहेको बताउनुभएको छ ।
खानेतेलले बढायो निर्यात
चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना (साउन–माघ) मा निर्यातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आजको सोही अवधिको तुलनामा निर्यात ४६.५० प्रतिशतले बढेर एक खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा ८६ अर्ब ८३ करोड नौ लाख रुपियाँको भएको थियो ।
न्यायपूर्ण र तर्कसङ्गत प्रतिबन्ध लगाउन सकिने
सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतामा न्यायपूर्ण र तर्कसङ्गत रूपमा प्रतिबन्ध लगाउन सकिने व्याख्या गरेको छ ।
क्यान्सर परीक्षण गर्ने सम्झौता
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भेरी अस्पतालबिच क्यान्सर रोगको परीक्षण गर्ने सम्झौता भएको छ । सङ्घीय अस्पतालका प्रयोगशालामा परीक्षण हुन नसक्ने क्यान्सर र अन्य रोगको परीक्षणका लागि उक्त सम्झौता भएको हो ।
उच्चस्तरीय कार्यदल गठन
सरकारले एउटै प्रकृतिको कामका लागि स्थापना भएका अलग अलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्नेसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ले सिफारिस गरेका सुझावको कार्यान्वयनका लागि सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बाराका तत्कालीन अधिकृत (हाल अवकाश) दीनानाथ मिश्रसहित सात जनाविरुद्ध्र भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विद्यार्थीको विदेश मोह, बिरानो बन्दै स्वदेशी विश्वविद्यालय
छिमेकी मुलुक भारतका विश्वविद्यालय तथा शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको घुइँचो लागिरहँदा नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाइरहेका छन् ।
सेवाग्राहीले नै गर्दैनन् क्षतिपूर्ति दाबी
सरकारी कार्यालयमा सेवाग्राहीले समयमा नै सेवा प्राप्त गर्न नसके क्षतिपूर्ति प्राप्त गर्न सक्ने कानुनी व्यवस्था भए पनि उक्त व्यवस्था अनुसार सेवाग्राहीले क्षतिपूर्ति नै दाबी गर्दैनन् ।
लखन थापा फुटबल प्रतियोगिताः प्रथम हुनेलाई एक लाख पुरस्कार
नेपालका प्रथम सहिद लखन थापा मगरको १४८ औँ स्मृतिमा घोराहीमा जारी खुल्ला नकआउट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार क्वाटरफाइनलमा सबै खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टीमको टुंगो लागेको हो ।
पाथिभरा क्षेत्रको यातायात बन्द
ताप्लेजुङको फुङलिङदेखि पाथिभरा क्षेत्रको काफ्लेपाटीसम्मको यातायात बन्द भएको छ । यातायात व्यवसायी सङ्घ काफ्लेपाटीले यातायात बन्द गरेको हो ।
महायज्ञबाट करिब डेढ करोड रुपियाँ संकलन
बुटवल १५ सेमलारमा जारी श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञमा आजसम्ममा करिब डेढ करोड रुपियाँ संकलन भएको छ ।
निसीखोलामा वृद्वा मृत फेला
बागलुङको निसीखोला गाउँपालिका –१ देविस्थानस्थित निसीखोलाको बाँधमा एक वृद्वा मृत फेला पर्नुभएको छ । बिहीबार सोही निसीखोला –१ लेवाङ निवासी ८० वर्षिया रुपी विक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
सियारीमा फेला पर्यो महिलाको शव
रुपन्देहीको सियारी गाउँपालिका –२ भगदरीमा एक जना महिलाको शव फेला परेको छ । बेथरी बेलवास सडक खण्डको सियारी –२ भगदरीस्थित सडकछेउको खेत किनारमा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
मध्यविन्दुमा कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने
नवलपरासी पूर्व (नवलपुरमा) मध्यविन्दु कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने भएको छ ।
एमालेको जरा अभियान २० वटा वडामा सञ्चालन
नेकपा एमालेको देशभर सञ्चालन भई रहेको जरा अभियान हुम्ला जिल्लाका २० वटा वडामा सञ्चालन भएको छ । गत माघ १४ गतेबाट सुरु भएको उक्त अभियान फागुन ९ गतेसम्म आई पुग्दा ती वडामा सञ्चालन भएको हो ।
आर्थिक मन्दीलाई चलायनमा बनाउन डुम्रे महोत्सव
तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाको व्यापारिक केन्द्र तनहुँको डुम्रे बजारमा आर्थिक मन्दीले व्यवसाय सुस्ताएपछि चलायमान बनाउन महोत्सव गर्न लागिएको छ ।