‘युवालाई उद्यमी बन्न उत्प्रेरित गर्न शिक्षाको खाँचो छ’
लुम्बिनी प्रदेश सभा सदस्य एवम् निवर्तमान सामाजिक विकास मन्त्री रत्न खत्रीले हामीले पढिरहेको शिक्षाले युवामा सकारात्मक चेतना, हातमा सीप र श्रमको सम्मान गर्ने संस्कारको विकास नगरेसम्म नेपालमा उद्यमशीलताको विकास नहुने बताउनुभएको छ ।
अनुदानमा प्राङ्गारिक मल वितरण
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकलाई प्राङ्गारिक मल वितरण सुरु गरेको छ ।
'हिन्दु राष्ट्र घोषणा गरिनु अपरिहार्य'
प्रतिनिधी सभा सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारी नेपाललाई तत्काल सनातन हिन्दु राष्ट्र घोषणा गरिनु अपरिहार्य भएको बताउनु भएको छ ।
कुमारी सहकारीको रकम अपचलन आरोपमा कस्तुरी सहकारीका प्रबन्धक गिरफ्तार
गत माघ २० गते पाँच जनालाई गिरफ्तार गरेर अनुसन्धान थालेको प्रहरीले कुमारी सहकारीको रकम अपचलनको आरोपमा बेनी नगरपालिका–७ को कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धकलाई गिरफ्तार गरेको छ ।
घुमाउने घर
तनहुँ, फागुन ९ गते । तनहुँको भानु नगरपालिका–९ चितिखोलामा निर्माण गरिएको घुमाउने घर । पछिल्लो समयमा आधुनिक घर बन्न थालेपछि मौलिक परम्परागत घुमाउने घर लोप हुँदै गएको छ । तस्बिरः रासस
गुर्जा र चुरेन हिमाल
म्याग्दी, फागुन ९ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्ला गाउँबाट देखिएको गुर्जा र चुरेन हिमालको दृश्य । लामो समयपछि हिमाली क्षेत्रमा हिमपात भएपछि हिमालहरु हिउँ भरिएर सुन्दर देखिएका छन् । तस्बिरः रासस
माडीखोला र आसपासको क्षेत्र
रोल्पा, फागुन ९ गते । रोल्पाको सुनिल स्मृति गाउँपालिकाको भूभाग भएर नागबेली आकारमा बगेको माडीखोला र आसपासको भूभाग । रुकुम पूर्वको भुमे गाउँपालिकामा मुहान भएर बगेको माडी प्युठानमा झिम्रुकसँग मिसिएपछि राप्ती नदी भएर बग्ने गर्दछ । तस्बिरः रासस
ऊन प्रशोधन
अछाम, फागुन ९ गते । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका ९ का भेडापालक किसान भेडाको ऊन प्रशोधन गर्दै । भेडाको ऊन कम्बल, स्विटरलगायतका सामग्री बनाउन प्रयोग गरिन्छ । तस्बिरः रासस
झोङ गाउँ
मुस्ताङ, फागुन ९ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका २ स्थित झोङ गाउँ । विशेष गरी बौद्धधर्म मान्ने र गुरुङ जातिको बसोबास रहेको यस गाउँको मुख्य आम्दानीको स्रोत खेतीपाती भएको छ । तस्बिरः रासस
गहुँ र तोरीखेती
सुनसरी, फागुन ९ गते । सुनसरीको इनरुवा नगरपालिका ९ मा किसानले लगाएको गहुँ र तोरीखेती । किसानले घुसुवा बालीको रूपमा गहुँखेतीभित्र तोरी लगाउने गरेका छन् । तस्बिरः रासस
मुडका ताल
शुक्लाफाँटा, फागुन ९ गते । शुक्लाफाँटा नगरपालिका ८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मुडकामा रहेको ताल । तीन बिघा क्षेत्रफलमा फैलिएको यो ताल वर्षेनी खहरेबाट बग्ने पानीले ल्याउने बालुवा, ढुङ्गा, माटोलगायतका कारणले पुरिँदै जान थालेको छ । तस्बिरः रासस
दुर्घटनाग्रस्त ट्रक
तनहुँ, फागुन ९ गते । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसय नजिक शुक्रबार बिहान दुर्घटनाग्रस्त ट्रक । दाना चोकर बोकेर आउँदै गरेको ट्रक सडकमै पल्टिएको हो । तस्बिरः रासस
आलुको व्यापार
पर्सा, फागुन ९ गते । बारामा उत्पादन भएको आलु बिक्री गर्नका लागि वीरगञ्जको पुरानो मिनाबजारमा टयाक्टरबाट झार्दै श्रमिकहरु । अहिले यहाँ प्रति क्विन्टल दुई हजार १०० सयमा आलु बिक्री भइरहेको छ । तस्बिरः रासस
परालको गुन्द्री बुन्दै
नेपालगन्ज, फागुन ९ गते । नेपालगन्जमा सञ्चालन भएको नवौँ लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीमा बाँकेको खजुरा गाउँपालिका २ सिद्धनगरका ६१ वर्षीया केवल सार्की परालको गुन्द्री बुन्दै । एउटा गुन्द्रीलाई उहाँले रु. सात सयमा बेच्ने गर्नुहुन्छ । तस्बिरः रासस
माटोको छानो हट्दै जुम्लाको चैर गाउँ
जुम्लाको पातारासी गाउँपालिका–३ स्थित चैर गाउँ । यो गाउँमा रहेका अधिकांश घर माटोको छानोले छाएकामा पछिल्लो समय छाउन जस्तापाताको प्रयोग समेत बढ्दै गएको छ ।
तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर
सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा गए राति विपरीत दिशाबाट आएका तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
छाडा गाईवस्तु व्यवस्थापन गर्न ऐन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छाडा गाईवस्तु व्यवस्थापनका लागि गौशाला सञ्चालनसम्बन्धी ऐन बनाउने तयारी भइरहेको बताउनुभएको छ ।
मानव अधिकार उल्लङ्घनका घटना वृद्धि
लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा सन् २०२४ मा दुई हजार २७१ जना पीडित भएको इन्सेकले जनाएको छ ।
पर्यटन प्रवर्धन गर्दै आमा समूह
पोखरास्थित घार्मीका आमाहरूले आन्तरिक पर्यटन प्रवर्धन गर्न छिमेकी जिल्लामा रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरूको अवलोकनलाई प्राथमिकतामा राखेका छन् ।
बयानब्बे वर्षमा आँखाको ज्योति फर्किएपछि...
हरिवन नगरपालिका–८ का ९१ वर्षीय नरबहादुर खड्का आँखाको ज्योति फर्किएपछि मक्ख हुनुहुन्छ । नेपाल नेत्र ज्योति सङ्घले निःशुल्क सञ्चालन गरेको शिविरमा आँखाको शल्यक्रियापछि उहाँले फेरि संसार देख्न पाउनुभएको हो ।
युवा प्रतिनिधित्व सुनिश्चितताको माग
युवाको पहुँच, पहिचान र प्रतिनिधित्व सुनिश्चितको मागसहित आयोजित जिल्लास्तरीय तेस्रो युवा भेलाले १५ बुँदे कालीकोट घोषणापत्र जारी गरेको छ ।
सडक स्तरोन्नति नहुँदा बढ्यो जोखिम
कालीकोट जिल्लाको सदरमुकाम मान्म बजारको मुख्य सडकको अवस्था दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । स्थानीयको अवरोधका कारण मुख्य बजारको सडक जीर्ण बन्दै गएको हो ।
बेहुला बेपत्ता भएपछि विवाह स्थगित
बेहुला बेपत्ता भएपछि कञ्चनपुरमा विवाह स्थगित भएको छ । लालझाडी गाउँपालिका–४, पर्सियाको दीपकराज राना विवाहको चार दिनदेखि बेपत्ता भएपछि विवाह स्थगित गरिएको हो ।
चुरे दोहनको दुष्प्रभाव
प्राकृतिक सम्पदा मानिसका निम्ति वरदान हुन् ।