बढ्दो तापमान सामना गर्ने दस सूत्र
सहरी इलाकामा, सडकपेटीमा रुखहरूको आवरण वृद्धि गर्नाले सूक्ष्म जलवायुमा सुधार ल्याई अत्यधिक गर्मीबाट सुरक्षा प्रदान गर्न सक्छ । हालैका अध्ययनले यी संरक्षण र अनुकूलनका उपायले केवल अत्यधिक गर्मी र सहरी क्षेत्र सुरक्षित मात्र नभएर अन्य जोखिम कम गर्न पनि महìवपूर्ण हुने देखाएका छन् ।संयुक्त राष्ट्रसङ्घको विपत् जोखिम न्यूनीकरण कार्यालयको १२ नोभेम्बर २०२४ मा प्रकाशित लेख अनुसार हामीलाई अब अत्यधिक गर्मीसँग जुध्न साहसिक समाधानको आवश्यकता छ । वातावरणमा आएको परिवर्तनले हाम्रो जलवायुमा प्रभाव परेको छ । यस समस्याबाट निस्कनका लागि विद्यमान हावा–प्रणालीमा भर पर्न सक्दैनौँ ।गत जुलाईमा, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले अत्यधिक गर्मीको सम्बन्धमा एक विश्वव्यापी सहकार्यको आह्वान गरेका थिए, जसलाई सबैले खुलेरै प्रसंसा गरे । हालै ब्राजिलको बेलेममा भएको जी ट्वान्टी मन्त्रीस्तरीय बैठकमा ब्राजिल सरकारले र यएनडिआरआरले यसलाई थप गति दिन कार्यक्रम नै आयोजना गरे । अत्यधिक गर्मीको कारण समस्या बढेको र यसले ल्याउने जोखिम न्यूनीकरण तथा रूपान्तरणात्मक कार्यको आवश्यकता रहेको औँल्याएका थिए । पृथ्वीमा मानिसलाई महसुस भएको अत्यधिक गर्मीले निम्त्याउने विपत् जोखिमको सामना गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन दृष्टिकोणको आवश्यकता छ । बेलेम बैठकमा, संयुक्त राष्ट्रसङ्घको विपत् जोखिम न्यूनीकरण कार्यालयका कमल किशोरले महासचिवको आह्वानको कार्यान्वयनका लागि जी ट्वान्टीका सदस्यले प्रतिकार्यमा लाग्न विपत् जोखिम न्यूनीकरण (डिआरआर) का लागि १० बुँदे कार्य योजना प्रस्तुत गरेका थिए, ती कार्ययोजना यस प्रकार छन्, १. तापमानको सीमा स्थापना गर्ने: स्थान र क्षेत्र विशेष तापमान सीमा स्थापना गर्नुपर्ने आवश्यकता छ । जसमा तापमान, आर्द्रता, हावामा हुने दैनिक भिन्नता र निरन्तरता विचार गरिन्छ । यसले मौसम विज्ञान, मानव र पशु स्वास्थ्य, इन्जिनियरिङ र आर्थिक क्षेत्रमा अध्ययन अनुसन्धान गर्नेका लागि पर्याप्त सूचना र जानकारी दिन्छ । त्यसबाट प्राप्त वास्तविक नतिजाको आवश्यक अनुसार प्रयोग गर्न सकिन्छ । यस किसिमको प्रयोग भारतको अहमदाबादमा सन् २०१०–११ गरिएको र त्यसले अत्यधिक गर्मीबाट हुने मृत्युदरमा ठुलो गिरावट आएको देखाएको थियो ।आर्थिक, सामाजिक, पारिस्थितिक र पूर्वाधार प्रणालीमा अत्यधिक गर्मीको प्रभावबारे अध्ययन गर्नुपर्ने आवश्यकता महसुस भएको छ । अत्यधिक गर्मीसँग जुध्ने यसका एक जीवित अनुसन्धान पारिस्थितिकी तन्त्रको आवश्यकता छ, जसले सम्भावित जोखिम पहिचान र अनुकूलन प्रणालीका विषयमा बुझाइलाई फराकिलो र गहिरो बनाउने छ ।२. तापमान कार्ययोजना विकास र अभ्यास गर्ने : धेरै देशले हालै तापमान मापन कार्ययोजना वा रणनीति विकास गरेका छन् । यस्ता कार्ययोजना विभिन्न देशले पनि अध्ययन अन्वेषण गरेका छन् । जस्तै अमेरिकी राष्ट्रिय एकीकृत ताप स्वास्थ्य सूचना प्रणाली, जसले सबै सरकारी निकायलाई समन्वय गरेर सामूहिक योजना, शिक्षा र कार्यप्रणालीसहित मार्गदर्शन गर्छ । तापमान कार्ययोजनालाई स्थानीयकरण गर्नुपर्ने छ र सबैभन्दा महìवपूर्ण कुरा तिनीहरूलाई अभ्यास गर्नु पर्छ । चक्रवात र भूकम्पबाट सुरक्षित रहन जसरी अभ्यास गर्दछौँ (जस्तै मोक ड्रिल र टेबल–टप अभ्यास), त्यसरी नै अत्यधिक गर्मीका अवस्थाका सम्बन्धमा यस्ता अभ्यास गर्नु पर्छ । सन् २०२५ का लागि जर्मनीले अत्यधिक गर्मीको टेबल–टप सिमुलेसनको योजना बनाइरहेको छ ।३. सामाजिक सुरक्षा प्रणाली सुदृढ गर्ने : अत्यधिक गर्मीका कारणले तापमानको उतारचडाव सहन गर्न नसक्नेलाई तत्काल प्रभाव पार्छ । उदाहरणका लागि, तापमान मापन कार्ययोजना अनुसार पूर्वाधार निर्माण स्थलमा कामको घण्टा घटाउन वा काम पूर्ण रूपमा रोक्न सिफारिस गर्न सक्छ । जसले गरिब दैनिक मजदुरी गरेर जीवनयापन गर्नेका लागि मा प्रत्यक्ष असर पुर्याउँछ । यस्ता समूहको संरक्षण गर्नका लागि नयाँ र उत्थानशील मापदण्ड आवश्यक पर्छन् । उदाहरणका लागि, भारतको महिला हाउजिङ ट्रस्टले असङ्गठित क्षेत्रमा कार्यरत महिलाहरूका लागि पेरामेट्रिक जलवायु जोखिम बिमा सुरु गरेको छ । यस्ता प्रतिकार्य अन्यत्र पनि सिक्न र यिनलाई विस्तार गर्नु पर्छ ।४. ताप संवेदनशील भवन निर्माण मापदण्ड निर्माण र सुदृढ गर्ने : भवन निर्माण संहिता वा विनियमहरू बनाउँदा विकासोन्मुख र अविकशित क्षेत्र (ग्लोबल उत्तर र ग्लोबल दक्षिण) मा प्रायः अत्यधिक गर्मीलाई ध्यानमा राख्दैनन् । हामीले भवन निर्माण मापदण्ड र विनियमहरूलाई पुनः परिभाषित गर्नुपर्ने छ ताकि भवन र अन्य पूर्वाधारले अधिक, तीव्र र बारम्बार हुने गर्मीको सामना गर्न सकून् । यसले दुवै पारम्परिक शीतलता हुने प्रविधि सहितको समाधान (उपयुक्त डिजाइन, अभिमुखता, छाना र भित्ताहरूको सामग्री र खुलाइ) स्मार्ट तथा लचकता भएका प्रविधि–समावेश गर्न सकिने हुन्छ ।५. प्राकृतिमा आधारित समाधानको प्रयोग वृद्धि गर्ने : अत्यधिक गर्मीबाट सुरक्षित रहन वातावरण संरक्षण हरित आवरण, जलाधार र जलाशय संरक्षण अपरिहार्य छ । जहाँसम्म सम्भव छ, विकास पूर्वाधार र सहरीकरण डिजाइनमा प्राकृतिक स्रोत नदीनाला, तालतलैया, हरियाली संरक्षणमा आधारित पद्धतिलाई प्राथमिकता साथ लागु गर्नुपर्ने छ । सहरी इलाकामा, सडकपेटीमा रुखहरूको आवरण वृद्धि गर्नाले सूक्ष्म जलवायुमा सुधार ल्याई अत्यधिक गर्मीबाट सुरक्षा प्रदान गर्न सक्छ । हालैका अध्ययनले यी संरक्षण र अनुकूलनका उपायले केवल अत्यधिक गर्मी र सहरी क्षेत्र सुरक्षित मात्र नभएर अन्य जोखिम कम गर्न पनि महìवपूर्ण हुने देखाएका छन् ।६. गर्मीसँग लड्नका लागि बजार–आधारित हस्तक्षेपलाई प्रोत्साहित गर्ने: हरेक मानव बस्तीका क्षेत्र सहर हुन वा ग्रामीण इलाका त्यहाँको प्राकृतिक वातावरणलाई व्यापक रूपले रूपान्तरण गर्न आवश्यक छ । उदाहरणका लागि, कम आय भएको बस्तीमा अत्यधिक गर्मीसँग लड्नका लागि, लाखौँ वर्ग मिटरमा शीतल छहारी हुने किसिमले चौडा सडकपेटीमा हुने प्रजातिका बोटबिरुवा लगाउने तथा शीतल दिने छाना प्रविधिको आवश्यकता छ । तथापि, बजारमा यस्ता प्रबन्ध मिलाउने गरी विकासका सिर्जना निर्माण गर्न सुरु भएका छैनन् । यस्ता अनुकूलनताका शीतल छाना विकास विस्तार गर्न बजार प्रोत्साहन गर्न उपाय खोज्नु आवश्यक छ । नवप्रवर्धनकर्ता र लगानीकर्तालाई प्रोत्साहित गर्न सरकारहरूले अग्रिम बजार प्रतिबद्धता रहने प्रबन्ध मिलाउन सक्छन् (जस्तै, कम आय भएका बस्तीहरूका लागि शीतल छाना सहज र सहुलियतमा अग्रिम खरिद) ।७. प्रेरणाका लागि पारम्परिक वास्तुकलाप्रति आकर्षणको प्रवर्धन गर्ने : ऐतिहासिक रूपमा तातो क्षेत्रहरूमा परम्परागत भवन डिजाइनले हामीलाई धेरै कुरा सिकाउँछ तर यी प्रथा आधुनिकतासँग हराइरहेका छन् । हामीले यी परम्परागत भवन निर्माण प्रणालीहरूलाई दस्ताबेज गर्नुपर्ने छ । पुनर्जीवित गर्न, अनुकूलित गर्न र वर्तमान अवस्थाका लागि अपनाउनुपर्ने छ । यी प्रबन्ध गर्न सक्दा विद्यमान अवस्थालाई क्रमशः अनुकूलन हुने गरी वातावरणको रूपान्तरण गर्न उत्प्रेरणा दिन सक्छ । नेपालमा विशेष गरी ग्रामीण बस्तीहरू जहाँ तातो टिनको छानालाई परम्परागत चिसो डिजाइनसँग प्रतिस्थापन गर्न स्थानीयहरूलाई आर्थिक र व्यावहारिक सहायता प्रदान गरिरहेको छ (फुसको छाना हटाउने विकासे अभियान) ।८. सहरी रूपरेखा र अत्यधिक गर्मीबिचको जडानलाई अन्वेषण गर्ने : हामीलाई सहरी रूपरेखा र अत्यधिक गर्मीबिचको जडानलाई वस्तुपरक भएर पर्याप्त चिन्तन र अन्वेषण गर्न आवश्यक छ । सहरी योजनाकार र जलवायु विज्ञहरूले मिलेर बढ्दो तापमान प्रतिरोधी नगर र सहरको योजना बनाउनुपर्ने छ । सहरी मौसम विज्ञानको उदाउँदो क्षेत्रको समर्थन गर्न सबै एकजुट हुनु पर्छ ।९. नवप्रवर्धित प्रविधिहरूलाई अत्यधिक गर्मीसँग अनुकूलन हुने गरी प्रयोग गर्ने : अन्तरिक्ष यात्रा र बसोबासमा आधारित प्रणाली, सेन्सर प्रविधि र एआईले वास्तविक समयमा अत्यधिक गर्मीको ढाँचा बुझ्नका लागि उत्साहजनक अवसर प्रदान गर्ने छ । यी उपकरणहरूको प्रयोग गरेर आसन्न विपत्, सङ्कट सङ्केत पहिचान गर्न, प्रारम्भिक कार्ययोजनाको सुरुवात गर्न र तत्काल सार्वजनिक स्वास्थ्य प्रतिक्रिया जुटाउन सक्छौँ, जसबाट मानिसको सुरक्षा गर्न सहज हुने छ । उदाहरणका लागि, सिड्स र माइव्रmोसफ्टलाई लिन सकिन्छ । भारतमा मानवतावादी लक्षित क्रियाकलापका लागि एआई प्रयोग गर्दै छन् । यी प्रविधिले ताप–संवेदनशील वास्तुकला र सहरी डिजाइनका लागि पनि सन्देश दिने छन् ।१०. पारिस्थितिकी तन्त्र विकास गरी अनुकूलनताको अध्ययन गर्नेः मानव स्वास्थ्य र अन्य जैविक–भौतिकीय प्रणालिहरूमा (कृषि, पशुपालन आदि) अत्यधिक गर्मीको प्रभाववारे लामो समयदेखि अध्ययन गरिएको छ । यसलाई अगाडि बढाएर अन्य आर्थिक, सामाजिक, पारिस्थितिक र पूर्वाधार प्रणालीमा अत्यधिक गर्मीको प्रभावबारे अध्ययन गर्नुपर्ने आवश्यकता महसुस भएको छ । अत्यधिक गर्मीसँग जुध्ने यसका एक जीवित अनुसन्धान पारिस्थितिकी तन्त्रको आवश्यकता छ, जसले सम्भावित जोखिम पहिचान र अनुकूलन प्रणालीका विषयमा बुझाइलाई फराकिलो र गहिरो बनाउने छ ।संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले अत्यधिक गर्मीका लागि प्रतिकार्य गर्न दिएको सन्देश समयानुकूल र उपयुक्त छ । उनको आह्वान अनुसार अत्यधिक गर्मीको कारणबाट हुने विपत् जोखिमलाई घटाउनका लागि यो कार्ययोजना एक व्यापक, वैश्विक र महìवाकाङ्क्षी प्रतिव्रिmया हो । जसका लागि विभिन्न क्षेत्र र राष्ट्रबिच समन्वयात्मक कार्यको आवश्यकता पर्छ । सबैलाई, सबै स्थानमा, तीव्र गर्मीका प्रभावबाट सुरक्षित राख्न अब एक पल पनि समय नष्ट गर्नु हुँदैन ।
भुइँमान्छेका कथा
ट्याम्पोबाट आएको आम्दानीले सन्तानको शिक्षा, चाडपर्व, बिरामी खर्च गरी आदि इत्यादिमा कामधेनुको व्यवहार गर्दथ्यो । आफ्नी छोरी विवाह गरेर अर्काको घरमा गइन् भने अर्काको छोरीलाई पनि आफ्नो घरमा भित्रायाइन् । तीन महिना जसोतसो चल्यो । त्यसपछि क्रमशः उनको बानीमा परिवर्तन आयो । छोराले बेग्लै गुँड बनायो । धनमाया पतिबाट त अलग थिइन् अब पुत्रबाट पनि अलग भइन् । यही ट्याम्पो नै उनको जीवनसाथी, कुबेर, लक्ष्मी, शिक्षक र मित्र बनेको छ । काठमाडौँ उपत्यकाभित्र गन्तव्य स्थलसम्म पुर्याउने छोटो दुरीका सवारीसाधनमा सफा ट्याम्पो (सेतो ट्याम्पो) नै रहेको छ । नियमित प्राध्यापन पेसामा आबद्ध रहनेलाई यो उपयुक्त साधन पनि मानिन्छ । दैनिकी रूपमा भेटिने ट्याम्पोचालक (स्त्री÷पुरुष) लाई राम्रोसँग चिन्ने मैले मौका पाएको छु । करिब बिहानको ४ः३५ देखि नै यात्रुहरूलाई पर्खने र गन्तव्यसम्म पु¥याउने उहाँहरूले गर्दै आउनुभएको छ । ट्याम्पोलाई पर्खने समयमा ट्याम्पोचालकको आआफ्नो कथा, व्यथा र लीला सुन्ने गर्छु । ती चालकहरू अधिक मात्रामा मङ्गोलियन समुदायका मात्र देखिन्छन् । ती चालकमध्ये एक माइला तामाङ (नाम परिवर्तन) उमेरले ३५ वर्ष नाघे पनि ३० वर्ष देखिने रामेछापबाट सानैमा काठमाडौँ हेर्ने रहरले ठुला बाको पछि लागेर आएका रहेछन् । ठुला बाको सुन्धारामा कपडा (पुरानो कपडा) पसल रहेछ । नौ वर्षको बालकले बिहान बेलुका भात पकाउने र दिनभर पसल हेर्ने काम गर्दथे । यसै गरी उनको जसोतसो पाँच वर्ष बितेछ । मद्यपान गर्ने ठुला बाको बानीले माइला आजित भएपछि एक दिन ठुला बाको पसलका सामान लिएर नयाँ बसपार्क (गोङ्गबु) मा पसल खोलेछन् । यसलाई तीन वर्षसम्म निरन्तरता दिएको नाफाले साँझपख चाबहिलको फुटपाथमा चिनियाँ सामान बिक्री गरी एक सक्षम व्यापारी बन्न पुगे । करिब पाँच वर्षको व्यापारबाट महाँकाल फाँटमा चार आनाको जग्गामा भुइँ तलाको घर बनाए । आर्थिक स्थितिले सम्पन्न भएपछि सिप सिक्ने चाहनाले १० वर्षदेखि आफ्नै ट्याम्पोको चालक बनेका रहेछन् ।चालक बनेर ट्याम्पोलाई अगाडि बढाउने क्रममा आफ्नो जीवनको गतिलाई पनि अगाडि बढाएका रहेछन् । विभिन्न यात्रुसँग भेट्ने क्रममा मगर युवतीलाई जीवनसङ्गिनी बनाई दुई सन्तानबाट घरलाई बगैँचा बनाएका रहेछन् । बाटोको दुरी घटाउने क्रममा उनले आफ्नो जीवनकथालाई सिनेमा जस्तै गरी चित्रण गर्न थाले । दुवै छोराछोरी यस वर्ष (एसइई) दिने तयारी गर्दै छन् । अझै पनि उनलाई विदेश जानेलाई एयरपोर्टसम्म पुर्याए पनि विदेशको मोहले भने तानेको छैन । यही नै राम्रो कमाइ छ । कतिपयले हराएको सामान भेटिएकोमा खुसी भई इनाम दिने र त्यसलाई भगवान्को आशीर्वाद सम्झने गर्छन् । ट्याम्पोचालकको कथा सुनेर ‘सन्तोषं परम् सुखम्’ भनेर दिनभरि नै ऊर्जा थपिएको महसुस भयो । दैनिकी रूपमा मेरो अध्यापन कार्यमा जाँदा शेर्पा दाइको ट्याम्पोको यात्रु हुन पुग्छु । उमेरले ५० नाघेका शेर्पा दाइ निकै रसिला र हँसिला देखिन्छन् । आफ्ना साथीलाई जीवनकथा सुनाउने व्रmममा म पनि श्रोता बन्न पुग्छु । आफ्नै देशमा मेहनत गरेर परिवारमा रमाउने चाहनालाई पटक पटक दोहोर्याउने गर्छन् । हाम्रो यात्राका क्रममा सुन्दरीजलमा बस्ने ट्याम्पोचालक शेर्पा दाइ तरकारी खेती, बाख्रापालन, कुखुरापालन आदि गरी दुई छोरा दुई छोरीलाई डाक्टर, इन्जिनियरिङ, ब्युटीपार्लर र सिलाइकटाइ सिपमूलक तालिममा संलग्न गराएका कुरा गर्वका साथ गर्छन् । यात्राका व्रmममा उनले पनि दुःखका पोको बिस्तारै खोल्दै गए । सोलुका शेर्पाको सानोमा दिदी र भाइलाई छोडेर आमाले मृत्युवरण गरिन् । बाबुले अर्को आमा ल्याए । छ महिनासम्म आमाको व्यवहार राम्रो थियो । साताैँ महिनामा भाइ जन्मेपछि आमाको व्यवहारमा परिवर्तन आयो । त्यसपछि १६ वर्षकी दिदीले गाउँकै भिनाजुसँग विवाह गरिन् । दाइ भने पेटको आगो निभाउन जिरीको एक होटेलमा भाँडा माझ्न आइपुगे । त्यहाँ सात वर्ष बसेपछि ओठमाथिको जुँगाको रेखाले गिज्याएको जस्तो लागेछ । त्यहाँबाट पनि भागेर एउटा गाई फार्ममा घिउ, छुर्पी, चिज बनाउने ठाउँमा काम गरे । उक्त सिपले दुग्धजन्य वस्तुलाई काठमाडौँसम्म ल्याई बेच्न थाले । उक्त वस्तुलाई स्वदेशीले भन्दा विदेशीले किन्ने हुनाले निकै नाफा कमाउन थाले । १० वर्षको मेहनत र सिपले सुन्दरीजलमा १५ रोपनी जग्गा किनी कृषि कर्मलाई नै निरन्तरता दिए । दैनिकी रोजिरोटी र प्राविधिक सिप प्राप्तिको चाहनाले आफ्नै ट्याम्पोको चालक बनेका रहेछन् । उनको रहरलाई बैङ्कले पनि सहयोग गरेको रहेछ । यही ट्याम्पोले नै हामी जस्ता यात्रुहरूलाई गन्तव्य स्थलसम्म पुर्याउने गर्छन् । समाज सेवामा पनि कार्यरत शेर्पा दाइ ज्येष्ठ नागरिक, अशक्त र बुद्ध धर्मका अनुयायी लामाहरूलाई निःशुल्क रूपमा गन्तव्य स्थलसम्म पुर्याउने गर्छन् । उनको कथा, व्यथा र भोगाइबाट परिश्रमी व्यक्तिलाई ईश्वरले पनि समर्थन गर्दछन् भन्ने थाहा हुन्छ ।नियमित यात्रा गर्ने क्रममा एक दिन नन्दीमाया मगर (नाम परिवर्तन) को ट्याम्पोको यात्रु बन्न पुगेँ । उनको पनि जीवनकहानी खोतल्ने व्रmममा दुःख सुखको कुरा गर्दै हामी नजिक बन्यौँ । उनको पनि दुःखद घटनाबाट नै सहयात्राको व्रmममा ट्याम्पोलाई जीवन आधार बनाएकी रहिछन् । उनको १७ वर्षको उर्लंदो बैँसमा २१ वर्षको दलित समुदायको युवकसँग भागिछिन् । जात र धर्मको बारेमा औपचारिक रूपमा जति नै उदारवादी भए पनि व्यवहारमा भने सङ्कुचित नै भएको देखिन्छ । दलितसँग मगरकी छोरीले वैवाहिक सम्बन्ध जोडेपछि माइतीको ढोका सधैँका लागि बन्द भयो । आँखाको आँसु हातले पुछ्दै आफ्नो विगतका घटनालाई सम्झी सारांशमा मात्र भन्ने प्रयास गरिन् । गर्भ बिस्तारै बढ्ने क्रममा ऊ पनि भारतमा मजदुरी गर्न गयो । दुई महिनापछि मलाई भगवान्ले छोराको रूपमा साथी पठाइदिनु भयो । हामी दुईको ज्यान पाल्न करिब पाँच वर्षसम्म घरायसी काम गरेर हुर्काए । एउटा संस्थाले छोरालाई १२ सम्म पढाइदिन्छु भनेर उसको सबै खर्च हेरेको छ । घरायसी काम गरेर केही पैसा बचाएर राखेको कुरा उनको उज्यालो मुखाकृतिबाट झल्कन्थ्यो । छोरालाई स्कुल पठाएपछि सिपमूलक तालिम लिने चाहना हुन थाल्यो । ८ कक्षासम्म पढेकाले अक्षर चिन्न कुनै कठिनाइ हुने भएन । सिप सिक्ने चाहनाले बलियो आयस्रोत हुने कारणले पनि ट्याम्पो सिक्न थालियो । तीन महिनाको अथक प्रयासपछि चालक अनुमतिपत्र, रोड परमिटपत्रको प्रक्रिया मिलाइन् । बच्चा सानो भएकाले करिब चार वर्षसम्म १०–५ को समयमा साहुको ट्याम्पोलाई दैनिकी ५०० रुपियाँ दिने सर्तमा चलाउन थालेकी रहिछन् । घरबेटी साहुनी अति नै सहयोगी दयालु भएकाले पनि बच्चाका लागि त्यति चिन्ता गर्नु पर्दैन थियो । बिहान र बेलुका साहुको सालोले चलाउने र दिनभर नन्दीमायाले चलाउने गरेकाले ट्याम्पो खाली बस्दैन थियो । उनले लामो सास फेरेर आफ्नो कथा सुनाउँदा दुःखको नेटो काटे जस्तो लाग्यो । आज यही ट्याम्पो नै जीवनको सहारा बनेको छ । बच्चा ११ कक्षामा पढ्छ । यसले नै परिवारलाई पालिरहेको छ । यसरी नै ट्याम्पो आफ्नो अभिभावक भएको पनि उनले बताइन् ।मेरो नियमित यात्रा गर्ने क्रममा हरेक मानिसको आफ्नै अनुभव, दुःखाइ, भोगाइ र प्रयास रहेको हुन्छ तर तिनको शैली भने विविध स्वरूपको रहेको हुन्छ भन्ने समाजशास्त्रीय अवधारणा अनुरूप मेल खान्छ । हरेक दिन ट्याम्पोमा यात्रा गर्ने व्रmममा निकै परिपक्व उमेर भएकी दिदीलाई देखेको थिएँ । एक दिन उहाँसँग गफिँदै यात्रा गर्ने क्रममा कसरी ट्याम्पो चालक बन्न पुगिन् भन्ने घटना चाख लाग्दो रहेछ । धनमाया पुरी (नाम परिवर्तन) खस आर्य समुदायको रहिछन् । घरबाहिर गई केही गर्नु पर्छ सोच भएकी रहिछिन् । उनका पिता रातभर बराँठको सिङ फुकेर जीवन निर्वाह गरी छोरालाई शिक्षा छोरीलाई सिप सिकाउनु पर्छ भन्ने धारणा राख्ने गरेका रहेछन् । आजभन्दा ३० वर्षअघि विक्रम ट्याम्पो जोरपाटी–सहिदगेट पाँच रुपियाँमा चलाउँदी रहिछन् । उक्त ट्याम्पोबाट आएको आम्दानीले सन्तानको शिक्षा, चाडपर्व, बिरामी खर्च गरी आदि इत्यादिमा कामधेनुको व्यवहार गर्दथ्यो । आफ्नी छोरी विवाह गरेर अर्काको घरमा गइन् भने अर्काको छोरीलाई पनि आफ्नो घरमा भिœयाइन् । तीन महिना जसोतसो चल्यो । त्यसपछि क्रमशः उनको बानीमा परिवर्तन आयो । छोराले बेग्लै गुँड बनायो । धनमाया पतिबाट त अलग थिइन् अब पुत्रबाट पनि अलग भइन् । यही ट्याम्पो नै उनको जीवनसाथी, कुबेर, लक्ष्मी, शिक्षक र मित्र बनेको छ । सुकेका नाडी, चिन्तित अनुहार र पातलो शरीरले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म ट्याम्पोलाई दैनिकी साथी बनाई यात्रुलाई गन्तव्य स्थलसम्म पुर्याउने गर्छिन् । उनी चाडपर्व, बिदा, रुघाखोकी केही भन्दिनन् । सबैलाई गन्तव्यसम्म पुर्याउने काम गर्छिन् । ज्येष्ठ नागरिक, गर्भिणी, शारीरिक स्वरूपमा भिन्न भएका यात्रु, बालबच्चा बोकेका महिलालाई अन्तर आत्मादेखि नै सहयोग गर्छिन् । एक दिन विरक्तिएर आँसु खसाल्दै पैसा भएन भनेर बेला बेलामा छोरो बिहानै माग्न आउने गर्छ । यही हो त कर्तव्य ? ६० वर्षे उमेरमा पनि रहरले होइन बाध्यताले चालक बनेकी धनमाया लामो सुस्केरा हालिन् । एक्लै बोलिन्, “हरे मेरो भाग्य, सन्न्यासीको छोरी र जिम्वालको बुहारी, देखेर नहुने रैछ लेखेको चाहिने रै’छ ।” यसरी ट्याम्पोमा २५ वर्षसम्म यात्रा गर्ने क्रममा कैयौँ चालकसँग उनीहरूको अन्तर कथा व्यथा बुझ्ने व्रmममा ट्याम्पो चलाउनु कतिको रहर, बाध्यता र खुसी रहेछ भनेर समाजको आधारभूत तहलाई नजिकबाट नियाल्ने प्रयास गरेँ । यी ट्याम्पोचालक हाम्रो समाजको अभिन्न अङ्ग बनिसकेका छन्, जसको सहयोगले धेरै यात्रुलाई छिटो र सजिलोसँग गन्तव्य स्थलसम्म पुर्याउने हुनाले उनीहरूको सेवालाई सलाम छ ।का ठमाडौँ उपत्यकाभित्र गन्तव्य स्थलसम्म पुर्याउने छोटो दुरीका सवारीसाधनमा सफा ट्याम्पो (सेतो ट्याम्पो) नै रहेको छ । नियमित प्राध्यापन पेसामा आबद्ध रहनेलाई यो उपयुक्त साधन पनि मानिन्छ । दैनिकी रूपमा भेटिने ट्याम्पोचालक (स्त्री÷पुरुष) लाई राम्रोसँग चिन्ने मैले मौका पाएको छु । करिब बिहानको ४ः३५ देखि नै यात्रुहरूलाई पर्खने र गन्तव्यसम्म पुर्याउने उहाँहरूले गर्दै आउनुभएको छ । ट्याम्पोलाई पर्खने समयमा ट्याम्पोचालकको आआफ्नो कथा, व्यथा र लीला सुन्ने गर्छु । ती चालकहरू अधिक मात्रामा मङ्गोलियन समुदायका मात्र देखिन्छन् । ती चालकमध्ये एक माइला तामाङ (नाम परिवर्तन) उमेरले ३५ वर्ष नाघे पनि ३० वर्ष देखिने रामेछापबाट सानैमा काठमाडौँ हेर्ने रहरले ठुला बाको पछि लागेर आएका रहेछन् । ठुला बाको सुन्धारामा कपडा (पुरानो कपडा) पसल रहेछ । नौ वर्षको बालकले बिहान बेलुका भात पकाउने र दिनभर पसल हेर्ने काम गर्दथे । यसै गरी उनको जसोतसो पाँच वर्ष बितेछ । मद्यपान गर्ने ठुला बाको बानीले माइला आजित भएपछि एक दिन ठुला बाको पसलका सामान लिएर नयाँ बसपार्क (गोङ्गबु) मा पसल खोलेछन् । यसलाई तीन वर्षसम्म निरन्तरता दिएको नाफाले साँझपख चाबहिलको फुटपाथमा चिनियाँ सामान बिक्री गरी एक सक्षम व्यापारी बन्न पुगे । करिब पाँच वर्षको व्यापारबाट महाँकाल फाँटमा चार आनाको जग्गामा भुइँ तलाको घर बनाए । आर्थिक स्थितिले सम्पन्न भएपछि सिप सिक्ने चाहनाले १० वर्षदेखि आफ्नै ट्याम्पोको चालक बनेका रहेछन् ।चालक बनेर ट्याम्पोलाई अगाडि बढाउने क्रममा आफ्नो जीवनको गतिलाई पनि अगाडि बढाएका रहेछन् । विभिन्न यात्रुसँग भेट्ने क्रममा मगर युवतीलाई जीवनसङ्गिनी बनाई दुई सन्तानबाट घरलाई बगैँचा बनाएका रहेछन् । बाटोको दुरी घटाउने क्रममा उनले आफ्नो जीवनकथालाई सिनेमा जस्तै गरी चित्रण गर्न थाले । दुवै छोराछोरी यस वर्ष (एसइई) दिने तयारी गर्दै छन् । अझै पनि उनलाई विदेश जानेलाई एयरपोर्टसम्म पुर्याए पनि विदेशको मोहले भने तानेको छैन । यही नै राम्रो कमाइ छ । कतिपयले हराएको सामान भेटिएकोमा खुसी भई इनाम दिने र त्यसलाई भगवान्को आशीर्वाद सम्झने गर्छन् । ट्याम्पोचालकको कथा सुनेर ‘सन्तोषं परम् सुखम्’ भनेर दिनभरि नै ऊर्जा थपिएको महसुस भयो । दैनिकी रूपमा मेरो अध्यापन कार्यमा जाँदा शेर्पा दाइको ट्याम्पोको यात्रु हुन पुग्छु । उमेरले ५० नाघेका शेर्पा दाइ निकै रसिला र हँसिला देखिन्छन् । आफ्ना साथीलाई जीवनकथा सुनाउने व्रmममा म पनि श्रोता बन्न पुग्छु । आफ्नै देशमा मेहनत गरेर परिवारमा रमाउने चाहनालाई पटक पटक दोहोर्याउने गर्छन् । हाम्रो यात्राका व्रmममा सुन्दरीजलमा बस्ने ट्याम्पोचालक शेर्पा दाइ तरकारी खेती, बाख्रापालन, कुखुरापालन आदि गरी दुई छोरा दुई छोरीलाई डाक्टर, इन्जिनियरिङ, ब्युटीपार्लर र सिलाइकटाइ सिपमूलक तालिममा संलग्न गराएका कुरा गर्वका साथ गर्छन् । यात्राका व्रmममा उनले पनि दुःखका पोको बिस्तारै खोल्दै गए । सोलुका शेर्पाको सानोमा दिदी र भाइलाई छोडेर आमाले मृत्युवरण गरिन् । बाबुले अर्को आमा ल्याए । छ महिनासम्म आमाको व्यवहार राम्रो थियो । साताँै महिनामा भाइ जन्मेपछि आमाको व्यवहारमा परिवर्तन आयो । त्यसपछि १६ वर्षकी दिदीले गाउँकै भिनाजुसँग विवाह गरिन् । दाइ भने पेटको आगो निभाउन जिरीको एक होटेलमा भाँडा माझ्न आइपुगे । त्यहाँ सात वर्ष बसेपछि ओठमाथिको जुँगाको रेखाले गिज्याएको जस्तो लागेछ । त्यहाँबाट पनि भागेर एउटा गाई फार्ममा घिउ, छुर्पी, चिज बनाउने ठाउँमा काम गरे । उक्त सिपले दुग्धजन्य वस्तुलाई काठमाडौँसम्म ल्याई बेच्न थाले । उक्त वस्तुलाई स्वदेशीले भन्दा विदेशीले किन्ने हुनाले निकै नाफा कमाउन थाले । १० वर्षको मेहनत र सिपले सुन्दरीजलमा १५ रोपनी जग्गा किनी कृषि कर्मलाई नै निरन्तरता दिए । दैनिकी रोजिरोटी र प्राविधिक सिप प्राप्तिको चाहनाले आफ्नै ट्याम्पोको चालक बनेका रहेछन् । उनको रहरलाई बैङ्कले पनि सहयोग गरेको रहेछ । यही ट्याम्पोले नै हामी जस्ता यात्रुहरूलाई गन्तव्य स्थलसम्म पु¥याउने गर्छन् । समाज सेवामा पनि कार्यरत शेर्पा दाइ ज्येष्ठ नागरिक, अशक्त र बुद्ध धर्मका अनुयायी लामाहरूलाई निःशुल्क रूपमा गन्तव्य स्थलसम्म पुर्याउने गर्छन् । उनको कथा, व्यथा र भोगाइबाट परिश्रमी व्यक्तिलाई ईश्वरले पनि समर्थन गर्दछन् भन्ने थाहा हुन्छ ।नियमित यात्रा गर्ने क्रममा एक दिन नन्दीमाया मगर (नाम परिवर्तन) को ट्याम्पोको यात्रु बन्न पुगेँ । उनको पनि जीवनकहानी खोतल्ने क्रममा दुःख सुखको कुरा गर्दै हामी नजिक बन्यौँ । उनको पनि दुःखद घटनाबाट नै सहयात्राको व्रmममा ट्याम्पोलाई जीवन आधार बनाएकी रहिछन् । उनको १७ वर्षको उर्लंदो बैँसमा २१ वर्षको दलित समुदायको युवकसँग भागिछिन् । जात र धर्मको बारेमा औपचारिक रूपमा जति नै उदारवादी भए पनि व्यवहारमा भने सङ्कुचित नै भएको देखिन्छ । दलितसँग मगरकी छोरीले वैवाहिक सम्बन्ध जोडेपछि माइतीको ढोका सधैँका लागि बन्द भयो । आँखाको आँसु हातले पुछ्दै आफ्नो विगतका घटनालाई सम्झी सारांशमा मात्र भन्ने प्रयास गरिन् । गर्भ बिस्तारै बढ्ने व्रmममा ऊ पनि भारतमा मजदुरी गर्न गयो । दुई महिनापछि मलाई भगवान्ले छोराको रूपमा साथी पठाइदिनु भयो । हामी दुईको ज्यान पाल्न करिब पाँच वर्षसम्म घरायसी काम गरेर हुर्काए । एउटा संस्थाले छोरालाई १२ सम्म पढाइदिन्छु भनेर उसको सबै खर्च हेरेको छ । घरायसी काम गरेर केही पैसा बचाएर राखेको कुरा उनको उज्यालो मुखाकृतिबाट झल्कन्थ्यो । छोरालाई स्कुल पठाएपछि सिपमूलक तालिम लिने चाहना हुन थाल्यो । ८ कक्षासम्म पढेकाले अक्षर चिन्न कुनै कठिनाइ हुने भएन । सिप सिक्ने चाहनाले बलियो आयस्रोत हुने कारणले पनि ट्याम्पो सिक्न थालियो । तीन महिनाको अथक प्रयासपछि चालक अनुमतिपत्र, रोड परमिटपत्रको प्रव्रिmया मिलाइन् । बच्चा सानो भएकाले करिब चार वर्षसम्म १०–५ को समयमा साहुको ट्याम्पोलाई दैनिकी ५०० रुपियाँ दिने सर्तमा चलाउन थालेकी रहिछन् । घरबेटी साहुनी अति नै सहयोगी दयालु भएकाले पनि बच्चाका लागि त्यति चिन्ता गर्नु पर्दैन थियो । बिहान र बेलुका साहुको सालोले चलाउने र दिनभर नन्दीमायाले चलाउने गरेकाले ट्याम्पो खाली बस्दैन थियो । उनले लामो सास फेरेर आफ्नो कथा सुनाउँदा दुःखको नेटो काटे जस्तो लाग्यो । आज यही ट्याम्पो नै जीवनको सहारा बनेको छ । बच्चा ११ कक्षामा पढ्छ । यसले नै परिवारलाई पालिरहेको छ । यसरी नै ट्याम्पो आफ्नो अभिभावक भएको पनि उनले बताइन् ।मेरो नियमित यात्रा गर्ने व्रmममा हरेक मानिसको आफ्नै अनुभव, दुःखाइ, भोगाइ र प्रयास रहेको हुन्छ तर तिनको शैली भने विविध स्वरूपको रहेको हुन्छ भन्ने समाजशास्त्रीय अवधारणा अनुरूप मेल खान्छ । हरेक दिन ट्याम्पोमा यात्रा गर्ने क्रममा निकै परिपक्व उमेर भएकी दिदीलाई देखेको थिएँ । एक दिन उहाँसँग गफिँदै यात्रा गर्ने क्रममा कसरी ट्याम्पो चालक बन्न पुगिन् भन्ने घटना चाख लाग्दो रहेछ । धनमाया पुरी (नाम परिवर्तन) खस आर्य समुदायको रहिछन् । घरबाहिर गई केही गर्नु पर्छ सोच भएकी रहिछिन् । उनका पिता रातभर बराँठको सिङ फुकेर जीवन निर्वाह गरी छोरालाई शिक्षा छोरीलाई सिप सिकाउनु पर्छ भन्ने धारणा राख्ने गरेका रहेछन् । आजभन्दा ३० वर्षअघि विव्रmम ट्याम्पो जोरपाटी–सहिदगेट पाँच रुपियाँमा चलाउँदी रहिछन् । उक्त ट्याम्पोबाट आएको आम्दानीले सन्तानको शिक्षा, चाडपर्व, बिरामी खर्च गरी आदि इत्यादिमा कामधेनुको व्यवहार गर्दथ्यो । आफ्नी छोरी विवाह गरेर अर्काको घरमा गइन् भने अर्काको छोरीलाई पनि आफ्नो घरमा भित्रयाइन् । तीन महिना जसोतसो चल्यो । त्यसपछि क्रमशः उनको बानीमा परिवर्तन आयो । छोराले बेग्लै गुँड बनायो । धनमाया पतिबाट त अलग थिइन् अब पुत्रबाट पनि अलग भइन् । यही ट्याम्पो नै उनको जीवनसाथी, कुबेर, लक्ष्मी, शिक्षक र मित्र बनेको छ । सुकेका नाडी, चिन्तित अनुहार र पातलो शरीरले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म ट्याम्पोलाई दैनिकी साथी बनाई यात्रुलाई गन्तव्य स्थलसम्म पुर्याउने गर्छिन् । उनी चाडपर्व, बिदा, रुघाखोकी केही भन्दिनन् । सबैलाई गन्तव्यसम्म पुर्याउने काम गर्छिन् । ज्येष्ठ नागरिक, गर्भिणी, शारीरिक स्वरूपमा भिन्न भएका यात्रु, बालबच्चा बोकेका महिलालाई अन्तर आत्मादेखि नै सहयोग गर्छिन् । एक दिन विरक्तिएर आँसु खसाल्दै पैसा भएन भनेर बेला बेलामा छोरो बिहानै माग्न आउने गर्छ । यही हो त कर्तव्य ? ६० वर्षे उमेरमा पनि रहरले होइन बाध्यताले चालक बनेकी धनमाया लामो सुस्केरा हालिन् । एक्लै बोलिन्, “हरे मेरो भाग्य, सन्न्यासीको छोरी र जिम्वालको बुहारी, देखेर नहुने रैछ लेखेको चाहिने रै’छ ।” यसरी ट्याम्पोमा २५ वर्षसम्म यात्रा गर्ने क्रममा कैयौँ चालकसँग उनीहरूको अन्तर कथा व्यथा बुझ्ने क्रममा ट्याम्पो चलाउनु कतिको रहर, बाध्यता र खुसी रहेछ भनेर समाजको आधारभूत तहलाई नजिकबाट नियाल्ने प्रयास गरेँ । यी ट्याम्पोचालक हाम्रो समाजको अभिन्न अङ्ग बनिसकेका छन्, जसको सहयोगले धेरै यात्रुलाई छिटो र सजिलोसँग गन्तव्य स्थलसम्म पुर्याउने हुनाले उनीहरूको सेवालाई सलाम छ ।
गाउँमै बेसार प्रशोधनको सुविधा
गाउँमै प्रशोधनको सुविधा हुन थालेपछि उत्पादित बेसारले राम्रो भाउ पाउन थालेको छ । सुनसरीको वराहक्षेत्र २ मा रहेको हरिद्वार कृषि सहकारी संस्थाले गाउँमा उत्पादित बेसार खरिद गरी प्रशोधन सुरु गरेसँगै बेसारले राम्रो भाउ पाउन थालेको हो ।
वाङ्मयको ऐतिहासिक धरोहर
निर्माण हुँदाहुँदै पुराना कार्यसमितिको कमजोरीका कारण एक्कासि अलपत्र परी रोकिएको भवन निर्माण सम्पन्न गर्नु छ । एउटा महत्वपूर्ण उपलब्धि झन्डै एक दशकदेखि हुन नसकेको लेखा परीक्षण कार्र्य निवर्तमान सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिले गर्न सकेको छ, यो गौरवको विषय हो यस्ता थुपै्र अप्ठ्यारासित जुध्दै अघि बढ्नु छ ।उत्पादनका हिसाबले शैक्षिक जस्तो देखिए पनि नेपाली वाङ्मयको पहिलो प्रकाशन संस्था साझा प्रकाशन मुलुकको विद्यमान कानुन अनुसार सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत पर्छ । राणाकालदेखि नै आफूलाई सव्रिmय बनाएको यो ऐतिहासिक संस्थाले मुलुकमा गणतन्त्रको प्रादुर्भाव नहुँदासम्म नेपाल तथा नेपालबाहिरका समग्र नेपाली वाङ्मयसेवीलाई प्रत्यक्ष रूपमा प्रकाशनको मञ्च दिलाएको हो । उमेरको गन्ती गर्दा आजका दिनमा लगभग ६० वर्षको वरिपरि रहेका अधिकांश साहित्यकारलाई प्रकाशनको माध्यमबाट सार्वजनिक गरेको साझा प्रकाशनले नै हो भन्दा अत्युक्ति नहोला । यस्तो ऐतिहासिक विरासत बोकेको संस्था विक्रमसम्वदको साठीको दशकको मध्यदेखि ओरालो लाग्न पुगेको हो । लामो समयदेखि यसको बाँच्ने आधार रहेको सरकार नियन्त्रित संस्था जनक शिक्षा सामग्री केन्द्रको विद्यालय तहका प्रकाशनको बिव्रmीवितरणको कार्य एक्कासि रोक्किँदा साझा थला पर्न पुगेको हो । अझ कक्षा ११ र १२ को पाठ्यव्रmममा रहेका साझा प्रकाशनले निकालेका प्रकाशनहरू सबैको नेपाली, लिङ्क इङ्ग्लिस परिवर्तन भई तिनका ठाउँमा सिफारिस गरिएका पुस्तकहरू साझाबाट खोसिएर जनक शिक्षा सामग्री केन्द्रमा पुगे भने तिनको बिव्रmीवितरणसम्मको अधिकार साझाले पाउन सकेन । राज्य मातहतको संस्था रहेका कारण निजी प्रकाशन संस्था झैँ अस्वस्थ प्रतिस्पर्धा गर्न साझाले पटक्कै सुहाउँदैन र गर्न पनि सक्दैन । यस्तो बेलामा राज्यको ठुलो लगानीमा थप लेखकको सेयर रकमबाट चलेको संस्थाले अर्काे राज्यमातहतको संस्थाको भरथेग नपाएपछि उठ्न र टिक्न औधि गाह्रो पर्छ । यो मामिलामा शिक्षा मन्त्रालय र त्यहाँका पदाधिकारी तथा कर्मचारीतन्त्र कहिल्यै गम्भीर भएनन्, जसका कारण लेखक कलाकारको अति प्रिय संस्था रुग्ण हुन पुग्यो । वास्तवमा भौतिक र अचल सम्पत्तिका हिसाबले साझा गरिब पटक्कै छैन । काठमाडौँ उपत्यकाको अति सुगम स्थानलगायत मुलुकका थुप्रै अन्य सुगम भूभागमा यसका प्रशस्त जग्गाजमिन र भौतिक संरचना छन् । यति हुँदाहुँदै पनि राज्यको बागडोर समाल्नेहरूको अदूरदर्शी नीति, कमिसनमुखी सरकारी कर्मचारीतन्त्र, सरकारी हस्तक्षेप र दूषित राजनीतीकरणका कारण यसको नियमित आय सुक्न गई संस्था सञ्चालनका बाधा आउन थालेको हो । राज्यका सम्बन्धित निकायसित परिआउँदा भिड्नेसमेत सामथ्र्य राख्ने हैसियत रहेका संस्कृतिकर्मी यो संस्थाको कार्यसमितिमा आउनु पर्छ । अर्थ मन्त्रालय, सहकारी मन्त्रालय, आवास तथा सहरी विकास मन्त्रालय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय आदिको संयुक्त जन्जाल साझा प्रकाशनले भोग्नु परेको कानुनी जटिलता चिर्न आगामी कार्य समिति सदा चनाखो र तत्पर रहनु पर्छ । नयाँ कार्यसमिति निर्वाचित भएपछि मुलुकमा राजनीतिक रूपले सत्ता परिवर्तन भइरहने स्थितिले परोक्ष रूपमा साझाको नेतृत्वलाई प्रभाव पर्ला, हरेक निर्वाचित पदाधिकारी अमुक राजनीतिक विचारको आस्थाबाट प्रेरित भएका हुन सक्छन् तर साझा प्रकाशनको प्रवेशद्वारबाट भित्रिएपछि उनीहरू केवल साझा प्रकाशनकै प्रतिनिधि मात्र हुन र हुनु पर्छ । यो तथ्य र यथार्थतामा आगामी दिनमा कुनै समस्या आउनु हुँदैन, जसले गर्दा साझाको पुनर्जीवनमा ठेस लागोस् । काठमाडौँको मुटुमा रहेको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसमा रहेको यो संस्थाको प्रदर्शन तथा बिव्रmीकक्षमा ठुलो क्षमताको पुस्तक सङ्ग्रह गर्न सकिने स्थानलाई पुस्तकहरूको डिपार्टमेन्टल स्टोरका रूपमा विकास गर्नु आजको अर्काे टड्कारो आवश्यकता हो । प्रशस्त स्थान रहेको यो कक्षमा क्षमताभन्दा आधा मात्र पुस्तकहरू रहेको अवस्था छ । यहाँनेर एउटा के चुनौती रहेको छ भने साझाका आफ्नै उत्पादनले मात्र तत्काल यो खाली स्थान भर्न सकिने अवस्था छैन । अतः यसका लागि निजी प्रकाशन गृहहरू, तिनै वटा प्रज्ञा प्रतिष्ठान, केन्द्रीय तथ्याङ्क विभाग, राष्ट्रिय योजना आयोग तथा कानुन किताब व्यवस्था समिति आदिसित सहकार्य गरी ती पुस्तकहरू साझाले पुनः बिव्रmीवितरण गर्न पाउने व्यवस्था अविलम्ब गर्न गराउन पहल लिनु छ । यसो गर्न सकियो भने सो प्रदर्शन तथा बिव्रmीकक्ष नमुना कक्षका रूपमा विकास भई तुरुन्त चलायमान भएर साझाको थप परिचय स्थापित हुन पुग्छ । त्रिभुवन विश्वविद्यालयको स्नातक तहको अनिवार्य तथा ऐच्छिक नेपाली विषयका पाठ्यपुस्तकहरू साझाले प्रकाशन गरिरहेको र तिनको प्रकाशनाधिकार पनि साझामा मात्र रहेको अवस्था छँदाछँदै अनाधिकृत रूपमा बाहिरबाट निजी प्रकाशनले स्रष्टा र प्रकाशकको अनुमतिबिना नै छापिरहेको अवस्था छ, यसलाई कानुनी तवरले नियमन गर्ने काम बाँकी नै छ । एउटा कटुसत्य के पनि हो भने साझा प्रकाशन लेखक कलाकारको संस्था त हुँदै हो फेरि पनि एउटा पूर्ण व्यावसायिक संस्था पनि हो । यदाकदा पाइने सरकारी अनुदान आदिबाहेक यसले आफैँ कमाएर खानु पर्छ । नयाँ नयाँ सर्जक तथा ओझेलमा परेका सर्जकहरू जसका पाण्डुलिपि प्रकाशक नपाएर बर्सौंदेखि थन्किरहेको अवस्थामा तिनलाई प्रकाशनको मञ्च दिलाउनु पनि साझाको कर्तव्य हो तर यसो भन्नु सैद्धान्तिक हिसाबले जायज भए पनि आजको स्थितिमा भने आदर्श जस्तो पनि हुन्छ किनकि अघि नै भनी सकियो साझाले आफँै कमाएर आफूलाई पाल्नु पर्छ यो अवस्थामा उसले बजारमा तुरुन्तै बिव्रmी हुने र पाठकहरूको रोजाइमा परेका पुस्तकहरू प्रकाशन सर्वप्रथम गर्नु पर्छ । पाठ्यव्रmममुखी र पाठ्यव्रmमलाई सहयोग गर्ने सन्दर्भ ग्रन्थहरूको प्रकाशन आजका दिनमा साझाको रोजाइ हुनु पर्छ तर यसो भन्दैमा साझाले स्कुल र कलेजका गाइड र गेसपेपर उत्पादन गर्ने पटक्कै होइन, पूर्ण र मौलिक कृतिहरूको प्रकाशनमा साझा हमेसा तल्लीन रहनु पर्छ । यसो गर्न सके यो ऐतिहासिक धरोहर पहिलाको स्थानमा आउन सक्छ तर यसमा सबैको सहयोगको खाँचो छ । श्रद्धेय कृष्णचन्द्रसिंह प्रधान यो संस्थाको उन्नयनका लागि हाल जीर्ण भएको पुरानो भवनको माथिल्लो तल्लामा रहेर अहोरात्र खटिनुभएको थियो । हुन पनि यो साझा त्यसै बाँचेको होइन उहाँ र उहाँ जस्ता धेरै अग्रणीको पसिनाले बाँचेको हो । कामकाजी कार्यसमिति चयन साझाको आजको आवश्यकता हो, जसले संस्थाको उन्नयनमा आशाको किरण प्रदान गर्छ । अनुभवी, व्यावसायिक र ऊर्जावान् सञ्चालकको पङ्क्तिले मात्र साझालाई पूर्वावस्थामा फर्काउन सकिन्छ । महाप्रबन्धक जागिर खान नभई साझा बचाउन नियुक्त हुनु पर्छ । सकारात्मक सङ्केतहरूका बिचमा पनि महाभूकम्पले जीर्ण भएको भवनको पुनर्निर्माण गर्नु छ । निर्माण हुँदाहुँदै पुराना कार्यसमितिको कमजोरीका कारण एक्कासि अलपत्र परी रोकिएको भवनलाई निर्माण सम्पन्न गर्नु छ । एउटा महìवपूर्ण उपलब्धि झन्डै एक दशकदेखि हुन नसकेको लेखा परीक्षण कार्र्य निवर्तमान सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिले गर्न सकेको छ यो गौरवको विषय हो तर यस्ता थुपै्र अप्ठ्यारासित जुध्दै अघि बढ्नु छ । संस्थालाई सही गति र गन्तव्यतर्फ डो¥याउन चुस्त लेखा व्यवस्था, कर्मचारी व्यवस्थापन तथा प्रभावकारी बजार व्यवस्थापन गर्नु छ । यो सजिलो छैन तर असम्भव पनि छैन र यसलाई सम्भव तुल्याउन आउँदो कार्यसमिति जोडतोडका साथ लाग्नु पर्छ । अब सहृदयी मनहरूले यो संस्थालाई सक्दो भरथेग गर्ने बेला आएको छ । अघिल्लो सञ्चालक समितिको चुनावमा मतदान गर्न आएका एक जना वयोवृद्ध सर्जकले यो पवित्र सरस्वतीको उपासना गर्ने मन्दिरको प्राङ्गणमा उभिएर मतदान गरिसकेपछि संस्थाका एक जना जिम्मेवार व्यक्तित्वसित भनेका थिए, “बाबु बाँची रहियो भने अर्काे पटक मतदान गर्न आउँदा यो जीर्ण भवनले काँचुली फेरेको हेर्न पाऊँ है ।” कति मुटु छुने भनाइ राखे ती साझालाई माया गर्ने स्रष्टाले ? तर त्यो भवनको अवस्था आज पनि उस्तै छ, उहाँ भने दिवङ्गत भइसक्नुभएको छ । उहाँ र उहाँ जस्ता थुप्रै अन्य स्रष्टाले देखेको सपनालाई यथार्थमा परिणत गर्ने जिम्मा आउँदो कार्यसमितिलाई छ । यो कार्य गर्न नसके आउँदो समिति पनि पङ्गु र कर्मकाण्डी मात्र बन्ने छ । राज्यसित आवश्यक पर्दा आर्थिक अनुदान र निरन्तर व्यावसायिक काम प्राप्तिका लागि निरन्तर सङ्घर्षरत रहने वाचा आउँदो कार्यसमिति गर्नु पर्छ र यसो भएमा यसले पङ्गु बन्नुपर्ने छैन । आउँदा पदाधिकारीहरू स्रष्टाहरूलाई दिन बाँकी लेखकस्व दिन, संस्थाको हिसाबकिताब चुस्तदुरुस्त राख्न, पाठकको रोजाइमा परेका नयाँ पुस्तक प्रकाशन गर्न, पुराना सकिएका पुस्तकहरूको पुनर्मुद्रण गर्न र राज्यलाई यो संस्थाप्रति थप जिम्मेवार बनाउन आफ्नो कार्यकालभरि सङ्घर्षरत रहनु पर्छ । यो विश्वासलाई कार्य रूपमा बदल्न पुनः सम्बद्ध पक्षका सहयोगी हातहरूको निरन्तर प्राप्तिका लागि समग्र साझा प्रकाशन परिवार अपेक्षा गर्छ ।
जुम्लाका बाह्र वडा बालविवाहमुक्त
जुम्लाको १२ वटा वडा बालविवाहमुक्त भएका छन् । सिँजा क्षेत्रमा रहेको हिमा गाउँपालिका–५ लाई बालविवाहमुक्त वडा घोषणा भएपछि जिल्लामा १२ वटा वडा बालविवाहमुक्त वडा घोषणा
‘संविधान संशोधनका लागि तयार छौँ
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी संविधान संशोधनका लागि तयार रहेको उल्लेख गर्नुभएको छ । शुक्रबारबाट पो
भाषा संरक्षण प्राथमिकतामा राख्न जोड
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पहिलो भाषा प्रयोगशालाको उद्घाटन गर्नुभएको छ ।
बयानब्बे प्रतिशतले लगाए एचपिभी खोप
दाङमा ९२ प्रतिशत किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाएका छन् । जिल्लामा माघ २२ देखि फागुन ६ गतेसम्म चलेको खोप लगाउने अभियानका व्रmममा लक्ष्यको ९२ प्रतिशत अर्थात् ३६ हजार ५५९ जना किशोरीले एचपिभी खोप लगाएका हुन् ।
भिरबाट लडेर एघार जनाको मृत्यु
घाँस काट्ने क्रममा भिरबाट लडेर फागुन ४ गते सुर्नया गाउँपालिका–४, डबराली टाँककी २३ वर्षीय दीपा बोहोरा महराको मृत्यु भयो । सो दिन दिउँसो २ बजे सोही वडाको जयसिंया भिरबाट घाँस का
करार कर्मचारी पाँच महिनादेखि तलबविहीन
सल्यान जिल्ला अस्पतालमा कार्यरत करार सेवाका १७ जना स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबविहीन बनेका छन् । कर्णाली प्रदेश सरकारले आवश्यक बजेट नपठाउँदा उनीहरूले तलब पाएका छैनन् ।
सात करोडको लगानीमा बनेको भवन प्रयोग विहीन
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐२ स्थित सहरी विकास तथा भवन निर्माण विभाग चितवनले सात करोडमा निर्माण गरेको भवन प्रयोग बिहीन भएको छ ।
अधिकांश विदेशी विदेशी मुद्राको मूल्य वृद्धि
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी विदेशी मुद्राको मूल्य वृद्धि भएको छ ।
निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौंः अर्थमन्त्री पौडेल
काठमाडौँ १० फागुनः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कने बताउनु भएको छ । फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिष्टमा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो कुरा बताउनुभएको हो ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भन्नुभयो “विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको ‘एक्सन प्लान’ स्वीकृत भएको छ । ‘एक्सन प्लान’ अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौं ।”
फोहोरले नदी प्रदूषित बन्दै
सरसफाइ अभियान चलेको धनगढी उपमहानगरपालिकामा खुटिया नदी प्रदूषित बन्न थालेको छ । जथाभाबी फोहोर फाल्न निषेध गरिएको पालिकामा नदीमै फोहोर फालिएपछि प्रदूषित हुन थाले
अमेरिकाले गर्यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने
अमेरिकी गृह सुरक्षा विभागले सबै देशको अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गरेको छ । टीपीएस खारेज गरेपछि करिब आठ लाख ५० हजार आप्रवासीहरूको अब बिचल्ली हुने भएको छ । ट्रम्प प्रशासनले हाल कायम रहेका नेपाललगायत १७ देशका आप्रवासीहरूको टिपीएस खारेज गर्ने निर्णय गरेसँगै टिपीएस वाहकहरूको स्थिति नाजुक हुने भएको हो । उनीहरू अबको केही महिनापछि अवैध हुने भएका छन् ।
साढे पन्ध्र अर्बको विद्युुतीय गाडी आयात
चालुु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा साढे १५ अर्ब रुपियाँ बराबरको विद्युुतीय गाडी आयात भएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आवको साउनदेखि माघसम्म १५ अर्ब
आजको मौसमः हल्ला वर्षाको सम्भावना
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
‘भारतमा ठगिएपछि कमाउन आफ्नै देश फर्कें’
पिठिउँ र हातमा झोला छन् र चाउरी परेको मुहारमा कमाइको लालसा । कहिले भोकभोकै त कहिले प्यासै बाजुराका सरी भण्डारीले धनगढी डुल्दै गरेको कैयौँ दिन भइसक्यो । स्वामीकार्तिक खापर
प्रभावकारी बन्दै वैदेशिक रोजगारी टेलिमेडिसिन सेवा
“डाक्टरसाब नमस्कार ! एक महिनाभन्दा बढी भयो खाना खाएपछि सधैँ पेट दुुख्ने र पोल्ने हुन्छ के भएर हो, ठुलै रोग पो लागेको हो कि ? सिरियस भएर हेरिदिनुु है ।
अख्तियारद्वारा पुनरावेदन
विगतमा आफूले दायर गरेको विभिन्न मुद्दामा विशेष अदालतबाट भएको फैसलाप्रति चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
युरोपमा बनेका वायुयान आयातमा नियन्त्रण
नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपमा बनेका हेलिकोप्टर र जहाज आयातमा नियन्त्रण सुरु गरेको छ । हालसम्म नेपालमा भएका हवाई
माझी समुदायलाई लदीपूजामा बिदा
माझी समुदायको विशेष पर्व लदीपूजाका अवसरमा बागमती प्रदेश सरकारले फागुन २० गते बिदा दिने भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय हेटौँडामा शुक्रबार बसेको बागमती प्रदेश सरका
खडेरीको मारमा हिउँदे बाली
हिउँदमा पानी नपरेका कारणले हिउँदे बाली पूरै प्रभावित भएको छ । कालीकोटका प्रायः खेती हुने क्षेत्रमा सिँचाइको व्यवस्था छैन । सिँचाइ अभावका कारण यहाँका हिउँदे खेती सुक्न थालेको छ ।
‘राम्रा कामको प्रचार भएन’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले गरेका राम्रो कामको प्रचार नभएको बताउनुभएको छ । नेकपा एमाले कास्कीले पोखरामा शुक्रबार आयोजना गरेको अभिमुखीकरण का