• १० फागुन २०८१, शनिबार

बयानब्बे प्रतिशतले लगाए एचपिभी खोप

blog

घोराही समाचारदाता

घोराही, फागुन १० गते  । दाङमा ९२ प्रतिशत किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाएका छन् । जिल्लामा माघ २२ देखि फागुन ६ गतेसम्म चलेको खोप लगाउने अभियानका व्रmममा लक्ष्यको ९२ प्रतिशत अर्थात् ३६ हजार ५५९ जना किशोरीले एचपिभी खोप लगाएका हुन् । 

स्वास्थ्य कार्यालय दाङका अनुसार अभियानका क्रममा जिल्लामा ३९ हजार ४५० जना किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य भए पनि ९२ प्रतिशत अर्थात् ३६ हजार ५५९ जनालाई मात्र खोप लगाउन सफल भएको कार्यालय प्रमुख किशोर आचार्यले जानकारी दिनुभएको छ । जिल्लामा तीन हजार २१ जना किशोरी खोप लगाउनबाट छुटेका छन् । कार्यालय प्रमुख आचार्यका अनुसार जिल्लामा लक्ष्य अनुसार सबैभन्दा धेरै शान्तिनगर गाउँपालिकामा ९८ प्रतिशतले खोप लगाएका छन् । एक हजार ५१० किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य भएकोमा एक हजार ४९५ जनाले खोप लगाएका छन् । 

त्यसै गरी घोराही उपमहानगरपालिका र राजपुर गाउँपालिकामा ९७/९७ प्रतिशत किशोरीले खोप लगाएका छन् । घोराहीमा १२ हजार ६७८ जनालाई गराउने लक्ष्य भएकोमा १२ हजार ३५७ जना र राजपुर गाउँपालिकामा एक हजार ३६२ जनालाई खोप लगाउने लक्ष्य भएकोमा एक हजार ३२१ जनाले खोप लगाएका छन् । 

राप्ती र गढवा गाउँपालिकामा ९६/९६ प्रतिशत किशोरीले खोप लगाएका छन् । अभियानका व्रmममा राप्तीमा दुई हजार ८१२ जना किशोरीलाई खोप लगाउने लक्ष्य भएकोमा दुई हजार ७१० जना र गढवामा दुई हजार ८६ जनालाई खोप लगाउने लक्ष्य भएकोमा एक हजार ९९५ जना किशोरीले खोप लगाएका हुन् । तुलसीपुर उपमहानगरपालिकामा ८९ प्रतिशत अर्थात् १० हजार १८३ जना बालिकाले खोप लगाएका छन् । तुलसीपुरमा ११ हजार ४४२ जना किशोरीलाई खोप लगाउने लक्ष्य थियो । लमही नगरपालिकामा तीन हजार ३३२ जनालाई खोप लगाउने लक्ष्य भएकोमा ८८ प्रतिशत अर्थात् दुई हजार ९३६ जनाले खोप लगाएका छन्  । 

बङ्गलाचुली र दङ्गीशरण गाउँपालिकामा  ८७/८७ प्रतिशत बालिकाले खोप लगाएका छन् । स्वास्थ्य कार्यालय दाङको तथ्याङ्क अनुसार  बङ्गलाचुलीमा एक हजार ३०२ जनालाई खोप लगाउने लक्ष्य भएकोमा एक हजार १३८ जना र दङ्गीशरण गाउँपालिकामा एक हजार ९१ जनामध्ये ९५५ जना किशोरीले  खोप लगाएका छन् । 

जिल्लामा सबैभन्दा कम बबई गाउँपालिकामा ८४ प्रतिशतले लगाएका छन् । बबईमा एक हजार ८३५ जना किशोरीलाई खोप लगाउने लक्ष्य भएकोमा एक हजार ५३७ जनाले मात्र अभियानका क्रममा खोप लगाएको स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले जानकारी दिनुभएको छ ।