ट्याम्पोबाट आएको आम्दानीले सन्तानको शिक्षा, चाडपर्व, बिरामी खर्च गरी आदि इत्यादिमा कामधेनुको व्यवहार गर्दथ्यो । आफ्नी छोरी विवाह गरेर अर्काको घरमा गइन् भने अर्काको छोरीलाई पनि आफ्नो घरमा भित्रायाइन् । तीन महिना जसोतसो चल्यो । त्यसपछि क्रमशः उनको बानीमा परिवर्तन आयो । छोराले बेग्लै गुँड बनायो । धनमाया पतिबाट त अलग थिइन् अब पुत्रबाट पनि अलग भइन् । यही ट्याम्पो नै उनको जीवनसाथी, कुबेर, लक्ष्मी, शिक्षक र मित्र बनेको छ ।
काठमाडौँ उपत्यकाभित्र गन्तव्य स्थलसम्म पुर्याउने छोटो दुरीका सवारीसाधनमा सफा ट्याम्पो (सेतो ट्याम्पो) नै रहेको छ । नियमित प्राध्यापन पेसामा आबद्ध रहनेलाई यो उपयुक्त साधन पनि मानिन्छ । दैनिकी रूपमा भेटिने ट्याम्पोचालक (स्त्री÷पुरुष) लाई राम्रोसँग चिन्ने मैले मौका पाएको छु । करिब बिहानको ४ः३५ देखि नै यात्रुहरूलाई पर्खने र गन्तव्यसम्म पु¥याउने उहाँहरूले गर्दै आउनुभएको छ । ट्याम्पोलाई पर्खने समयमा ट्याम्पोचालकको आआफ्नो कथा, व्यथा र लीला सुन्ने गर्छु । ती चालकहरू अधिक मात्रामा मङ्गोलियन समुदायका मात्र देखिन्छन् । ती चालकमध्ये एक माइला तामाङ (नाम परिवर्तन) उमेरले ३५ वर्ष नाघे पनि ३० वर्ष देखिने रामेछापबाट सानैमा काठमाडौँ हेर्ने रहरले ठुला बाको पछि लागेर आएका रहेछन् । ठुला बाको सुन्धारामा कपडा (पुरानो कपडा) पसल रहेछ ।
नौ वर्षको बालकले बिहान बेलुका भात पकाउने र दिनभर पसल हेर्ने काम गर्दथे । यसै गरी उनको जसोतसो पाँच वर्ष बितेछ । मद्यपान गर्ने ठुला बाको बानीले माइला आजित भएपछि एक दिन ठुला बाको पसलका सामान लिएर नयाँ बसपार्क (गोङ्गबु) मा पसल खोलेछन् । यसलाई तीन वर्षसम्म निरन्तरता दिएको नाफाले साँझपख चाबहिलको फुटपाथमा चिनियाँ सामान बिक्री गरी एक सक्षम व्यापारी बन्न पुगे । करिब पाँच वर्षको व्यापारबाट महाँकाल फाँटमा चार आनाको जग्गामा भुइँ तलाको घर बनाए । आर्थिक स्थितिले सम्पन्न भएपछि सिप सिक्ने चाहनाले १० वर्षदेखि आफ्नै ट्याम्पोको चालक बनेका रहेछन् ।
चालक बनेर ट्याम्पोलाई अगाडि बढाउने क्रममा आफ्नो जीवनको गतिलाई पनि अगाडि बढाएका रहेछन् । विभिन्न यात्रुसँग भेट्ने क्रममा मगर युवतीलाई जीवनसङ्गिनी बनाई दुई सन्तानबाट घरलाई बगैँचा बनाएका रहेछन् । बाटोको दुरी घटाउने क्रममा उनले आफ्नो जीवनकथालाई सिनेमा जस्तै गरी चित्रण गर्न थाले । दुवै छोराछोरी यस वर्ष (एसइई) दिने तयारी गर्दै छन् । अझै पनि उनलाई विदेश जानेलाई एयरपोर्टसम्म पुर्याए पनि विदेशको मोहले भने तानेको छैन । यही नै राम्रो कमाइ छ । कतिपयले हराएको सामान भेटिएकोमा खुसी भई इनाम दिने र त्यसलाई भगवान्को आशीर्वाद सम्झने गर्छन् । ट्याम्पोचालकको कथा सुनेर ‘सन्तोषं परम् सुखम्’ भनेर दिनभरि नै ऊर्जा थपिएको महसुस भयो । दैनिकी रूपमा मेरो अध्यापन कार्यमा जाँदा शेर्पा दाइको ट्याम्पोको यात्रु हुन पुग्छु । उमेरले ५० नाघेका शेर्पा दाइ निकै रसिला र हँसिला देखिन्छन् । आफ्ना साथीलाई जीवनकथा सुनाउने व्रmममा म पनि श्रोता बन्न पुग्छु । आफ्नै देशमा मेहनत गरेर परिवारमा रमाउने चाहनालाई पटक पटक दोहोर्याउने गर्छन् ।
हाम्रो यात्राका क्रममा सुन्दरीजलमा बस्ने ट्याम्पोचालक शेर्पा दाइ तरकारी खेती, बाख्रापालन, कुखुरापालन आदि गरी दुई छोरा दुई छोरीलाई डाक्टर, इन्जिनियरिङ, ब्युटीपार्लर र सिलाइकटाइ सिपमूलक तालिममा संलग्न गराएका कुरा गर्वका साथ गर्छन् । यात्राका व्रmममा उनले पनि दुःखका पोको बिस्तारै खोल्दै गए । सोलुका शेर्पाको सानोमा दिदी र भाइलाई छोडेर आमाले मृत्युवरण गरिन् । बाबुले अर्को आमा ल्याए । छ महिनासम्म आमाको व्यवहार राम्रो थियो । साताैँ महिनामा भाइ जन्मेपछि आमाको व्यवहारमा परिवर्तन आयो । त्यसपछि १६ वर्षकी दिदीले गाउँकै भिनाजुसँग विवाह गरिन् । दाइ भने पेटको आगो निभाउन जिरीको एक
होटेलमा भाँडा माझ्न आइपुगे । त्यहाँ सात वर्ष बसेपछि ओठमाथिको जुँगाको रेखाले गिज्याएको जस्तो लागेछ । त्यहाँबाट पनि भागेर एउटा गाई फार्ममा घिउ, छुर्पी, चिज बनाउने ठाउँमा काम गरे । उक्त सिपले दुग्धजन्य वस्तुलाई काठमाडौँसम्म ल्याई बेच्न थाले । उक्त वस्तुलाई स्वदेशीले भन्दा विदेशीले किन्ने हुनाले निकै नाफा कमाउन थाले । १० वर्षको मेहनत र सिपले सुन्दरीजलमा १५ रोपनी जग्गा किनी कृषि कर्मलाई नै निरन्तरता दिए । दैनिकी रोजिरोटी र प्राविधिक सिप प्राप्तिको चाहनाले आफ्नै ट्याम्पोको चालक बनेका रहेछन् । उनको रहरलाई बैङ्कले पनि सहयोग गरेको रहेछ । यही ट्याम्पोले नै हामी जस्ता यात्रुहरूलाई गन्तव्य स्थलसम्म पुर्याउने गर्छन् । समाज सेवामा पनि कार्यरत शेर्पा दाइ ज्येष्ठ नागरिक, अशक्त र बुद्ध धर्मका अनुयायी लामाहरूलाई निःशुल्क रूपमा गन्तव्य स्थलसम्म पुर्याउने गर्छन् । उनको कथा, व्यथा र भोगाइबाट परिश्रमी व्यक्तिलाई ईश्वरले पनि समर्थन गर्दछन् भन्ने थाहा हुन्छ ।
नियमित यात्रा गर्ने क्रममा एक दिन नन्दीमाया मगर (नाम परिवर्तन) को ट्याम्पोको यात्रु बन्न पुगेँ । उनको पनि जीवनकहानी खोतल्ने व्रmममा दुःख सुखको कुरा गर्दै हामी नजिक बन्यौँ । उनको पनि दुःखद घटनाबाट नै सहयात्राको व्रmममा ट्याम्पोलाई जीवन आधार बनाएकी रहिछन् । उनको १७ वर्षको उर्लंदो बैँसमा २१ वर्षको दलित समुदायको युवकसँग भागिछिन् । जात र धर्मको बारेमा औपचारिक रूपमा जति नै उदारवादी भए पनि व्यवहारमा भने सङ्कुचित नै भएको देखिन्छ । दलितसँग मगरकी छोरीले वैवाहिक सम्बन्ध जोडेपछि माइतीको ढोका सधैँका लागि बन्द भयो । आँखाको आँसु हातले पुछ्दै आफ्नो विगतका घटनालाई सम्झी सारांशमा मात्र भन्ने प्रयास गरिन् । गर्भ बिस्तारै बढ्ने क्रममा ऊ पनि भारतमा मजदुरी गर्न गयो । दुई महिनापछि मलाई भगवान्ले छोराको रूपमा साथी पठाइदिनु भयो । हामी दुईको ज्यान पाल्न करिब पाँच वर्षसम्म घरायसी काम गरेर हुर्काए । एउटा संस्थाले छोरालाई १२ सम्म पढाइदिन्छु भनेर उसको सबै खर्च हेरेको छ । घरायसी काम गरेर केही पैसा बचाएर राखेको कुरा उनको उज्यालो मुखाकृतिबाट झल्कन्थ्यो । छोरालाई स्कुल पठाएपछि सिपमूलक तालिम लिने चाहना हुन थाल्यो । ८ कक्षासम्म पढेकाले अक्षर चिन्न कुनै कठिनाइ हुने भएन । सिप सिक्ने चाहनाले बलियो आयस्रोत हुने कारणले पनि ट्याम्पो सिक्न थालियो । तीन महिनाको अथक प्रयासपछि चालक अनुमतिपत्र, रोड परमिटपत्रको प्रक्रिया मिलाइन् । बच्चा सानो भएकाले करिब चार वर्षसम्म १०–५ को समयमा साहुको ट्याम्पोलाई दैनिकी ५०० रुपियाँ दिने सर्तमा चलाउन थालेकी रहिछन् । घरबेटी साहुनी अति नै सहयोगी दयालु भएकाले पनि बच्चाका लागि त्यति चिन्ता गर्नु पर्दैन थियो । बिहान र बेलुका साहुको सालोले चलाउने र दिनभर नन्दीमायाले चलाउने गरेकाले ट्याम्पो खाली बस्दैन थियो । उनले लामो सास फेरेर आफ्नो कथा सुनाउँदा दुःखको नेटो काटे जस्तो लाग्यो । आज यही ट्याम्पो नै जीवनको सहारा बनेको छ । बच्चा ११ कक्षामा पढ्छ । यसले नै परिवारलाई पालिरहेको छ । यसरी नै ट्याम्पो आफ्नो अभिभावक भएको पनि उनले बताइन् ।
मेरो नियमित यात्रा गर्ने क्रममा हरेक मानिसको आफ्नै अनुभव, दुःखाइ, भोगाइ र प्रयास रहेको हुन्छ तर तिनको शैली भने विविध स्वरूपको रहेको हुन्छ भन्ने समाजशास्त्रीय अवधारणा अनुरूप मेल खान्छ । हरेक दिन ट्याम्पोमा यात्रा गर्ने व्रmममा निकै परिपक्व उमेर भएकी दिदीलाई देखेको थिएँ । एक दिन उहाँसँग गफिँदै यात्रा गर्ने क्रममा कसरी ट्याम्पो चालक बन्न पुगिन् भन्ने घटना चाख लाग्दो रहेछ । धनमाया पुरी (नाम परिवर्तन) खस आर्य समुदायको रहिछन् । घरबाहिर गई केही गर्नु पर्छ सोच भएकी रहिछिन् । उनका पिता रातभर बराँठको सिङ फुकेर जीवन निर्वाह गरी छोरालाई शिक्षा छोरीलाई सिप सिकाउनु पर्छ भन्ने धारणा राख्ने गरेका रहेछन् । आजभन्दा ३० वर्षअघि विक्रम ट्याम्पो जोरपाटी–सहिदगेट पाँच रुपियाँमा चलाउँदी रहिछन् । उक्त ट्याम्पोबाट आएको आम्दानीले सन्तानको शिक्षा, चाडपर्व, बिरामी खर्च गरी आदि इत्यादिमा कामधेनुको व्यवहार गर्दथ्यो । आफ्नी छोरी विवाह गरेर अर्काको घरमा गइन् भने अर्काको छोरीलाई पनि आफ्नो घरमा भिœयाइन् । तीन महिना जसोतसो चल्यो । त्यसपछि क्रमशः उनको बानीमा परिवर्तन आयो । छोराले बेग्लै गुँड बनायो । धनमाया पतिबाट त अलग थिइन् अब पुत्रबाट पनि अलग भइन् । यही ट्याम्पो नै उनको जीवनसाथी, कुबेर, लक्ष्मी, शिक्षक र मित्र बनेको छ ।
सुकेका नाडी, चिन्तित अनुहार र पातलो शरीरले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म ट्याम्पोलाई दैनिकी साथी बनाई यात्रुलाई गन्तव्य स्थलसम्म पुर्याउने गर्छिन् । उनी चाडपर्व, बिदा, रुघाखोकी केही भन्दिनन् । सबैलाई गन्तव्यसम्म पुर्याउने काम गर्छिन् । ज्येष्ठ नागरिक, गर्भिणी, शारीरिक स्वरूपमा भिन्न भएका यात्रु, बालबच्चा बोकेका महिलालाई अन्तर आत्मादेखि नै सहयोग गर्छिन् । एक दिन विरक्तिएर आँसु खसाल्दै पैसा भएन भनेर बेला बेलामा छोरो बिहानै माग्न आउने गर्छ । यही हो त कर्तव्य ? ६० वर्षे उमेरमा पनि रहरले होइन बाध्यताले चालक बनेकी धनमाया लामो सुस्केरा हालिन् । एक्लै बोलिन्, “हरे मेरो भाग्य, सन्न्यासीको छोरी र जिम्वालको बुहारी, देखेर नहुने रैछ लेखेको चाहिने रै’छ ।” यसरी ट्याम्पोमा २५ वर्षसम्म यात्रा गर्ने क्रममा कैयौँ चालकसँग उनीहरूको अन्तर कथा व्यथा बुझ्ने व्रmममा ट्याम्पो चलाउनु कतिको रहर, बाध्यता र खुसी रहेछ भनेर समाजको आधारभूत तहलाई नजिकबाट नियाल्ने प्रयास गरेँ । यी ट्याम्पोचालक हाम्रो समाजको अभिन्न अङ्ग बनिसकेका छन्, जसको सहयोगले धेरै यात्रुलाई छिटो र सजिलोसँग गन्तव्य स्थलसम्म पुर्याउने हुनाले उनीहरूको सेवालाई सलाम छ ।
का ठमाडौँ उपत्यकाभित्र गन्तव्य स्थलसम्म पुर्याउने छोटो दुरीका सवारीसाधनमा सफा ट्याम्पो (सेतो ट्याम्पो) नै रहेको छ । नियमित प्राध्यापन पेसामा आबद्ध रहनेलाई यो उपयुक्त साधन पनि मानिन्छ । दैनिकी रूपमा भेटिने ट्याम्पोचालक (स्त्री÷पुरुष) लाई राम्रोसँग चिन्ने मैले मौका पाएको छु । करिब बिहानको ४ः३५ देखि नै यात्रुहरूलाई पर्खने र गन्तव्यसम्म पुर्याउने उहाँहरूले गर्दै आउनुभएको छ । ट्याम्पोलाई पर्खने समयमा ट्याम्पोचालकको आआफ्नो कथा, व्यथा र लीला सुन्ने गर्छु । ती चालकहरू अधिक मात्रामा मङ्गोलियन समुदायका मात्र देखिन्छन् । ती चालकमध्ये एक माइला तामाङ (नाम परिवर्तन) उमेरले ३५ वर्ष नाघे पनि ३० वर्ष देखिने रामेछापबाट सानैमा काठमाडौँ हेर्ने रहरले ठुला बाको पछि लागेर आएका रहेछन् । ठुला बाको सुन्धारामा कपडा (पुरानो कपडा) पसल रहेछ ।
नौ वर्षको बालकले बिहान बेलुका भात पकाउने र दिनभर पसल हेर्ने काम गर्दथे । यसै गरी उनको जसोतसो पाँच वर्ष बितेछ । मद्यपान गर्ने ठुला बाको बानीले माइला आजित भएपछि एक दिन ठुला बाको पसलका सामान लिएर नयाँ बसपार्क (गोङ्गबु) मा पसल खोलेछन् । यसलाई तीन वर्षसम्म निरन्तरता दिएको नाफाले साँझपख चाबहिलको फुटपाथमा चिनियाँ सामान बिक्री गरी एक सक्षम व्यापारी बन्न पुगे । करिब पाँच वर्षको व्यापारबाट महाँकाल फाँटमा चार आनाको जग्गामा भुइँ तलाको घर बनाए । आर्थिक स्थितिले सम्पन्न भएपछि सिप सिक्ने चाहनाले १० वर्षदेखि आफ्नै ट्याम्पोको चालक बनेका रहेछन् ।
चालक बनेर ट्याम्पोलाई अगाडि बढाउने क्रममा आफ्नो जीवनको गतिलाई पनि अगाडि बढाएका रहेछन् । विभिन्न यात्रुसँग भेट्ने क्रममा मगर युवतीलाई जीवनसङ्गिनी बनाई दुई सन्तानबाट घरलाई बगैँचा बनाएका रहेछन् । बाटोको दुरी घटाउने क्रममा उनले आफ्नो जीवनकथालाई सिनेमा जस्तै गरी चित्रण गर्न थाले । दुवै छोराछोरी यस वर्ष (एसइई) दिने तयारी गर्दै छन् । अझै पनि उनलाई विदेश जानेलाई एयरपोर्टसम्म पुर्याए पनि विदेशको मोहले भने तानेको छैन । यही नै राम्रो कमाइ छ । कतिपयले हराएको सामान भेटिएकोमा खुसी भई इनाम दिने र त्यसलाई भगवान्को आशीर्वाद सम्झने गर्छन् । ट्याम्पोचालकको कथा सुनेर ‘सन्तोषं परम् सुखम्’ भनेर दिनभरि नै ऊर्जा थपिएको महसुस भयो । दैनिकी रूपमा मेरो अध्यापन कार्यमा जाँदा शेर्पा दाइको ट्याम्पोको यात्रु हुन पुग्छु । उमेरले ५० नाघेका शेर्पा दाइ निकै रसिला र हँसिला देखिन्छन् । आफ्ना साथीलाई जीवनकथा सुनाउने व्रmममा म पनि श्रोता बन्न पुग्छु । आफ्नै देशमा मेहनत गरेर परिवारमा रमाउने चाहनालाई पटक पटक दोहोर्याउने गर्छन् ।
हाम्रो यात्राका व्रmममा सुन्दरीजलमा बस्ने ट्याम्पोचालक शेर्पा दाइ तरकारी खेती, बाख्रापालन, कुखुरापालन आदि गरी दुई छोरा दुई छोरीलाई डाक्टर, इन्जिनियरिङ, ब्युटीपार्लर र सिलाइकटाइ सिपमूलक तालिममा संलग्न गराएका कुरा गर्वका साथ गर्छन् । यात्राका व्रmममा उनले पनि दुःखका पोको बिस्तारै खोल्दै गए । सोलुका शेर्पाको सानोमा दिदी र भाइलाई छोडेर आमाले मृत्युवरण गरिन् । बाबुले अर्को आमा ल्याए । छ महिनासम्म आमाको व्यवहार राम्रो थियो । साताँै महिनामा भाइ जन्मेपछि आमाको व्यवहारमा परिवर्तन आयो । त्यसपछि १६ वर्षकी दिदीले गाउँकै भिनाजुसँग विवाह गरिन् । दाइ भने पेटको आगो निभाउन जिरीको एक
होटेलमा भाँडा माझ्न आइपुगे । त्यहाँ सात वर्ष बसेपछि ओठमाथिको जुँगाको रेखाले गिज्याएको जस्तो लागेछ । त्यहाँबाट पनि भागेर एउटा गाई फार्ममा घिउ, छुर्पी, चिज बनाउने ठाउँमा काम गरे । उक्त सिपले दुग्धजन्य वस्तुलाई काठमाडौँसम्म ल्याई बेच्न थाले । उक्त वस्तुलाई स्वदेशीले भन्दा विदेशीले किन्ने हुनाले निकै नाफा कमाउन थाले । १० वर्षको मेहनत र सिपले सुन्दरीजलमा १५ रोपनी जग्गा किनी कृषि कर्मलाई नै निरन्तरता दिए । दैनिकी रोजिरोटी र प्राविधिक सिप प्राप्तिको चाहनाले आफ्नै ट्याम्पोको चालक बनेका रहेछन् । उनको रहरलाई बैङ्कले पनि सहयोग गरेको रहेछ । यही ट्याम्पोले नै हामी जस्ता यात्रुहरूलाई गन्तव्य स्थलसम्म पु¥याउने गर्छन् । समाज सेवामा पनि कार्यरत शेर्पा दाइ ज्येष्ठ नागरिक, अशक्त र बुद्ध धर्मका अनुयायी लामाहरूलाई निःशुल्क रूपमा गन्तव्य स्थलसम्म पुर्याउने गर्छन् । उनको कथा, व्यथा र भोगाइबाट परिश्रमी व्यक्तिलाई ईश्वरले पनि समर्थन गर्दछन् भन्ने थाहा हुन्छ ।
नियमित यात्रा गर्ने क्रममा एक दिन नन्दीमाया मगर (नाम परिवर्तन) को ट्याम्पोको यात्रु बन्न पुगेँ । उनको पनि जीवनकहानी खोतल्ने क्रममा दुःख सुखको कुरा गर्दै हामी नजिक बन्यौँ । उनको पनि दुःखद घटनाबाट नै सहयात्राको व्रmममा ट्याम्पोलाई जीवन आधार बनाएकी रहिछन् । उनको १७ वर्षको उर्लंदो बैँसमा २१ वर्षको दलित समुदायको युवकसँग भागिछिन् । जात र धर्मको बारेमा औपचारिक रूपमा जति नै उदारवादी भए पनि व्यवहारमा भने सङ्कुचित नै भएको देखिन्छ । दलितसँग मगरकी छोरीले वैवाहिक सम्बन्ध जोडेपछि माइतीको ढोका सधैँका लागि बन्द भयो । आँखाको आँसु हातले पुछ्दै आफ्नो विगतका घटनालाई सम्झी सारांशमा मात्र भन्ने प्रयास गरिन् । गर्भ बिस्तारै बढ्ने व्रmममा ऊ पनि भारतमा मजदुरी गर्न गयो । दुई महिनापछि मलाई भगवान्ले छोराको रूपमा साथी पठाइदिनु भयो । हामी दुईको ज्यान पाल्न करिब पाँच वर्षसम्म घरायसी काम गरेर हुर्काए । एउटा संस्थाले छोरालाई १२ सम्म पढाइदिन्छु भनेर उसको सबै खर्च हेरेको छ । घरायसी काम गरेर केही पैसा बचाएर राखेको कुरा उनको उज्यालो मुखाकृतिबाट झल्कन्थ्यो । छोरालाई स्कुल पठाएपछि सिपमूलक तालिम लिने चाहना हुन थाल्यो । ८ कक्षासम्म पढेकाले अक्षर चिन्न कुनै कठिनाइ हुने भएन । सिप सिक्ने चाहनाले बलियो आयस्रोत हुने कारणले पनि ट्याम्पो सिक्न थालियो । तीन महिनाको अथक प्रयासपछि चालक अनुमतिपत्र, रोड परमिटपत्रको प्रव्रिmया मिलाइन् । बच्चा सानो भएकाले करिब चार वर्षसम्म १०–५ को समयमा साहुको ट्याम्पोलाई दैनिकी ५०० रुपियाँ दिने सर्तमा चलाउन थालेकी रहिछन् । घरबेटी साहुनी अति नै सहयोगी दयालु भएकाले पनि बच्चाका लागि त्यति चिन्ता गर्नु पर्दैन थियो । बिहान र बेलुका साहुको सालोले चलाउने र दिनभर नन्दीमायाले चलाउने गरेकाले ट्याम्पो खाली बस्दैन थियो । उनले लामो सास फेरेर आफ्नो कथा सुनाउँदा दुःखको नेटो काटे जस्तो लाग्यो । आज यही ट्याम्पो नै जीवनको सहारा बनेको छ । बच्चा ११ कक्षामा पढ्छ । यसले नै परिवारलाई पालिरहेको छ । यसरी नै ट्याम्पो आफ्नो अभिभावक भएको पनि उनले बताइन् ।
मेरो नियमित यात्रा गर्ने व्रmममा हरेक मानिसको आफ्नै अनुभव, दुःखाइ, भोगाइ र प्रयास रहेको हुन्छ तर तिनको शैली भने विविध स्वरूपको रहेको हुन्छ भन्ने समाजशास्त्रीय अवधारणा अनुरूप मेल खान्छ । हरेक दिन ट्याम्पोमा यात्रा गर्ने क्रममा निकै परिपक्व उमेर भएकी दिदीलाई देखेको थिएँ । एक दिन उहाँसँग गफिँदै यात्रा गर्ने क्रममा कसरी ट्याम्पो चालक बन्न पुगिन् भन्ने घटना चाख लाग्दो रहेछ । धनमाया पुरी (नाम परिवर्तन) खस आर्य समुदायको रहिछन् । घरबाहिर गई केही गर्नु पर्छ सोच भएकी रहिछिन् । उनका पिता रातभर बराँठको सिङ फुकेर जीवन निर्वाह गरी छोरालाई शिक्षा छोरीलाई सिप सिकाउनु पर्छ भन्ने धारणा राख्ने गरेका रहेछन् । आजभन्दा ३० वर्षअघि विव्रmम ट्याम्पो जोरपाटी–सहिदगेट पाँच रुपियाँमा चलाउँदी रहिछन् । उक्त ट्याम्पोबाट आएको आम्दानीले सन्तानको शिक्षा, चाडपर्व, बिरामी खर्च गरी आदि इत्यादिमा कामधेनुको व्यवहार गर्दथ्यो । आफ्नी छोरी विवाह गरेर अर्काको घरमा गइन् भने अर्काको छोरीलाई पनि आफ्नो घरमा भित्रयाइन् । तीन महिना जसोतसो चल्यो । त्यसपछि क्रमशः उनको बानीमा परिवर्तन आयो । छोराले बेग्लै गुँड बनायो । धनमाया पतिबाट त अलग थिइन् अब पुत्रबाट पनि अलग भइन् । यही ट्याम्पो नै उनको जीवनसाथी, कुबेर, लक्ष्मी, शिक्षक र मित्र बनेको छ ।
सुकेका नाडी, चिन्तित अनुहार र पातलो शरीरले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म ट्याम्पोलाई दैनिकी साथी बनाई यात्रुलाई गन्तव्य स्थलसम्म पुर्याउने गर्छिन् । उनी चाडपर्व, बिदा, रुघाखोकी केही भन्दिनन् । सबैलाई गन्तव्यसम्म पुर्याउने काम गर्छिन् । ज्येष्ठ नागरिक, गर्भिणी, शारीरिक स्वरूपमा भिन्न भएका यात्रु, बालबच्चा बोकेका महिलालाई अन्तर आत्मादेखि नै सहयोग गर्छिन् । एक दिन विरक्तिएर आँसु खसाल्दै पैसा भएन भनेर बेला बेलामा छोरो बिहानै माग्न आउने गर्छ । यही हो त कर्तव्य ? ६० वर्षे उमेरमा पनि रहरले होइन बाध्यताले चालक बनेकी धनमाया लामो सुस्केरा हालिन् । एक्लै बोलिन्, “हरे मेरो भाग्य, सन्न्यासीको छोरी र जिम्वालको बुहारी, देखेर नहुने रैछ लेखेको चाहिने रै’छ ।” यसरी ट्याम्पोमा २५ वर्षसम्म यात्रा गर्ने क्रममा कैयौँ चालकसँग उनीहरूको अन्तर कथा व्यथा बुझ्ने क्रममा ट्याम्पो चलाउनु कतिको रहर, बाध्यता र खुसी रहेछ भनेर समाजको आधारभूत तहलाई नजिकबाट नियाल्ने प्रयास गरेँ । यी ट्याम्पोचालक हाम्रो समाजको अभिन्न अङ्ग बनिसकेका छन्, जसको सहयोगले धेरै यात्रुलाई छिटो र सजिलोसँग गन्तव्य स्थलसम्म पुर्याउने हुनाले उनीहरूको सेवालाई सलाम छ ।