गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुुन १० गते । चालुु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा साढे १५ अर्ब रुपियाँ बराबरको विद्युुतीय गाडी आयात भएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आवको साउनदेखि माघसम्म १५ अर्ब ४० करोड २१ लाख ९७ हजार रुपियाँ बराबरको विद्युुतीय गाडी आयात भएका हुुन् । विद्युुतीय गाडी आयात गरेर नौ अर्ब आठ करोड ४२ लाख रुपियाँ राजस्वसमेत सङ्कलन भएको छ । सबैभन्दा धेरै विद्युुतीय गाडी रसुुवागढी भन्सार नाका र तातोपानी भन्सार नाकाबाट आयात भएका छन् ।
सात महिनामा चीनसँगको व्यापारिक रसुवागढी नाकाबाट नौ अर्ब ७९ करोड रुपियाँ बराबरको विद्युुतीय गाडी आयात भएको रसुुवागढी भन्सार कार्यालयले जनाएको छ । विद्युतीय गाडी आयात गरेर पाँच अर्ब ९३ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ ।
यस्तै सात महिनामा तातोपानी भन्सार नाकाबाट पाँच अर्ब ३७ करोड ५६ लाख २५ हजार रुपियाँ बराबरको गाडी आयात भएको छ । सो नाकाबाट विद्युुतीय गाडी आयातमार्फत दुुई अर्ब ९४ करोड ९३ लाख ७७ हजार रुपियाँ राजस्व सङ्कलन गरिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
पछिल्लो समय बजारमा विद्युतीय गाडीको आकर्षण बढ्दै गएको छ । विद्युतीय गाडीको प्रवर्धन गर्ने सरकारको नीतिसँगै डिजेल, पेट्रोलबाट चल्ने गाडीको तुलनामा सस्तो पर्ने हुँदा उपभोक्ताको रोजाइमा विद्युतीय सवारी पर्न थालेको हो ।