माटोको छानो हट्दै जुम्लाको चैर गाउँ
जुम्लाको पातारासी गाउँपालिका–३ स्थित चैर गाउँ । यो गाउँमा रहेका अधिकांश घर माटोको छानोले छाएकामा पछिल्लो समय छाउन जस्तापाताको प्रयोग समेत बढ्दै गएको छ ।
तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर
सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा गए राति विपरीत दिशाबाट आएका तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
छाडा गाईवस्तु व्यवस्थापन गर्न ऐन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छाडा गाईवस्तु व्यवस्थापनका लागि गौशाला सञ्चालनसम्बन्धी ऐन बनाउने तयारी भइरहेको बताउनुभएको छ ।
मानव अधिकार उल्लङ्घनका घटना वृद्धि
लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा सन् २०२४ मा दुई हजार २७१ जना पीडित भएको इन्सेकले जनाएको छ ।
पर्यटन प्रवर्धन गर्दै आमा समूह
पोखरास्थित घार्मीका आमाहरूले आन्तरिक पर्यटन प्रवर्धन गर्न छिमेकी जिल्लामा रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरूको अवलोकनलाई प्राथमिकतामा राखेका छन् ।
बयानब्बे वर्षमा आँखाको ज्योति फर्किएपछि...
हरिवन नगरपालिका–८ का ९१ वर्षीय नरबहादुर खड्का आँखाको ज्योति फर्किएपछि मक्ख हुनुहुन्छ । नेपाल नेत्र ज्योति सङ्घले निःशुल्क सञ्चालन गरेको शिविरमा आँखाको शल्यक्रियापछि उहाँले फेरि संसार देख्न पाउनुभएको हो ।
युवा प्रतिनिधित्व सुनिश्चितताको माग
युवाको पहुँच, पहिचान र प्रतिनिधित्व सुनिश्चितको मागसहित आयोजित जिल्लास्तरीय तेस्रो युवा भेलाले १५ बुँदे कालीकोट घोषणापत्र जारी गरेको छ ।
सडक स्तरोन्नति नहुँदा बढ्यो जोखिम
कालीकोट जिल्लाको सदरमुकाम मान्म बजारको मुख्य सडकको अवस्था दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । स्थानीयको अवरोधका कारण मुख्य बजारको सडक जीर्ण बन्दै गएको हो ।
बेहुला बेपत्ता भएपछि विवाह स्थगित
बेहुला बेपत्ता भएपछि कञ्चनपुरमा विवाह स्थगित भएको छ । लालझाडी गाउँपालिका–४, पर्सियाको दीपकराज राना विवाहको चार दिनदेखि बेपत्ता भएपछि विवाह स्थगित गरिएको हो ।
चुरे दोहनको दुष्प्रभाव
प्राकृतिक सम्पदा मानिसका निम्ति वरदान हुन् ।
पृथ्वी राजमार्ग आंशिक रूपमा बन्द
अमरराज नहर्कीतनहुँ, फागुन ९ गते । विस्तारको क्रममा रहेको मुग्लिङ–पोखरा सडक योजनाको पूर्वी खण्ड आंशिक रूपमा बन्द गर्न थालिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरास्थित सडक निर्माणको कार्यलाई तीव्रता दिनको लागि बन्द गरिएको पूर्वी खण्डका प्रमुख इन्जिनियर प्रकाशचन्द्र भण्डारीले जानकारी दिनुभयो । विमलनगर बजार देखी नयाँ पुलसम्म करिब ५०० मिटर सडक खण्ड शुक्रवारबाट एक महिनासम्म आंशिक रूपमा बन्द गर्न थालिएको छ । चैत ९ गतेसम्म आवश्यकता अनुसार समय–समयमा ४५ मिनेट देखि १ घण्टा सम्मका लागि उक्त खण्ड बन्द गरिने मुग्लिङ–पोखरा सडक योजनाको पूर्वी खण्डले बिहीबार सूचना प्रकाशित गरी जानकारी दिएको छ ।यसरी आंशिक रूपमा सडक बन्द गरिने अवधिमा साना सवारीसाधन तथा मोटरसाइकलहरूले वैकल्पिक मार्ग गोरखाको पालुङटार नगरपालिकामा पर्ने [बिमलनगर–मर्स्याङ्दी पुल–कुमाल गाउँ–नयाँ पुल पुल] को प्रयोग गर्न सूचित गरिएको छ । ठुला सवारी साधनहरूले सवारी रोक्दा, सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन, सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेक नगर्नु तथा निर्माण स्थलमा फ्ल्यागम्यान, साइनबोर्ड, ट्राफिक प्रहरी लगायतको निर्देशन पालना गर्नु आयोजनाले सूचित गरेको छ । आकस्मिक अवस्थामा अत्यावश्यक सवारी साधनहरूलाई विशेष व्यवस्था गरी सवारी आवागमन सहज गराइने विज्ञप्तिमा जनाइएको छ ।
विषालु हावाको बढ्दो जोखिम
दुई वर्षअघि स्वास्थ्य मन्त्रालयले आफ्नो मूल ढोकामै एउटा कृत्रिम फोक्सोको प्रतिमा टाँगेको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
प्राज्ञिक संस्थामै प्राज्ञिकता अभाव
नेपालको सबैभन्दा जेठो विश्वविद्यालय त्रिवि दलीय भागबन्डाको सिकार भएर कठिन अवस्थामा पुगेका कुराले बौद्धिक व्यक्तिका मनमा गम्भीर चिन्ता र चासो पैदा भएको छ ।
एमाले कास्कीको तीन महिने पार्टी निर्माण अभियान सुरु
माछापुच्छ्रे (कास्की) फागुन ९ गते । नेकपा एमाले कास्कीले वडा केन्द्रित पार्टी निर्माण अभियान शुक्रबारदेखि थाल्दै छ । वडाका टोलहरूमा पनि पार्टी कमिटी विस्तार गर्दै उद्देश्यले नेकपा एमाले कास्कीले तीन महिने अभियान शुक्रवारदेखि सुरु गर्न लागेको हो । अभियानका क्रममा सदस्यता नवीकरण तथा वितरण गरेर सङ्गठन विस्तार गरिने नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिनुभयो । अधिकारीका अनुसार पार्टीको केन्द्रको निर्देशन अनुसार जिल्लाका नेता कार्यकर्तालाई अभिमुखीकरण गराएर अभियान सुरु गरिनेछ । पोखरा सभागृहमा शुक्रवार हुने कार्यक्रममा पार्टी महासचिव शङ्कर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य एवं गण्डकी इन्चार्ज किरण गुरुङ, स्थायी कमिटी सदस्य खगराज अधिकारीले सम्बोधन गर्नुहुनेछ । अभिमुखीकरणमा पार्टीको कास्की जिल्लाभित्रको सबै कमिटी र जन वर्गीय सङ्गठनका पदाधिकारी र सदस्य, पार्टीका सङ्गठित सदस्य सहभागी हुने नेकपा (एमाले)कास्की सचिव दर्शन लामाले जानकारी दिनुभयाे । “वर्तमान सरकारले गरेका कामको प्रचार गर्छौँ,”सचिव लामाले भन्नुभयो,“हाम्रो पार्टीका जनप्रतिनिधिले नेतृत्व गर्नुभएको वडाले गरेका काम पनि पार्टीले अपनत्व लिएर प्रचार गर्छ ।” सबै कमिटीमा युवाको सहभागिता एक तिहाइ बनाउने, सम्बन्धित वडाको कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउने लक्ष्य लिइएको अधिकारीले बताउनुभयो । सचिव लामाका अनुसार अभियानको क्रममा जनतासँग सुझाव सङ्कलन गरिने र जनताले दिएका सुझावलाई वडागत समीक्षा गर्ने र जिल्ला पार्टी कमिटीले समाधानको रणनीति बनाउनेछ ।
सामुदायिक विद्युतीकरण अभ्यास
विसं १९६८ बाट नेपालमा जलविद्युत्को इतिहास शुभारम्भ भए पनि २०८१ सालसम्म आउँदा ११३ वर्षको अवधिलाई मूल्याङ्कन गर्दा सायद सकारात्मक नतिजाको रूपमा जो कसैले पनि स्वीकार गर्न सक्दैन ।
मदन भण्डारी राजमार्ग, रुखमा छपान सुरु
राष्ट्रिय राजमार्गको वैकल्पिक सडकका रूपमा निर्माण सुरु भएको मदन भण्डारी राजमार्गका वन क्षेत्रका रुख कटानका लागि छपान सुरु भएको छ । राजमार्गको मोरङ खण्डमा २०.९४३ हेक्टर वन क्षेत्रका २ हजार १६३ वटा रुख कटान लागि हाल धमाधम छपान भइरहेको छ ।
सुशासनको जग
स्थानीय तहले आफ्नो यथार्थ अवस्थाको स्वयम् मूल्याङ्कन गरी स्वतस्फूर्त रूपमा सुधार गर्ने प्रक्रिया नै स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन पद्धति हो ।
प्रहरीद्वारा घाइते कस्तुरीको उद्धार
फुङलिङ, फागुन ९ गते । नेपाल प्रहरीको टोलीले ताप्लेजुङमा घाइते अवस्थामा भेटिएको पोथी कस्तुरीको उद्धार गरेको छ । फक्ताङ्लुङ गाउँपालिका ७ ओलाङ्चुङगोलामा घाइते अवस्थामा भेटिएको पोथी कस्तुरीको बिहीबार उद्धार गरिएको हो । घाइते कस्तुरीको इलाका प्रहरी कार्यालय ओलाङ्चुङगोलाले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रबी रावलले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्रका कर्मचारीको सहकार्यमा कस्तुरीको उद्धार गरिएको छ । जङ्गली जनावर मलसाँप्रोको आक्रमणका कारण कस्तुरी घाइते भएको प्रनाउ रावलले जानकारी दिनुभयो । प्रहरीका अनुसार उद्धार गरिएको कस्तुरीलाई उपचारपछि सुरक्षित वासस्थान तर्फ छोडिएको छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, फागुन ९ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९६ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ४४ पैसा र बिक्रीदर १४५ रूपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रूपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रूपैयाँ २३ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १५३ रूपैयाँ ३२ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९८ पैसा तय गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ १९ पैसा र बिक्रीदर ८८ रूपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ३४ पैसा र बिक्रीदर ९७ रूपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ४१ पैसा र बिक्रीदर १०३ रूपैयाँ ८६ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ । जापानी येन १० को खरिददर ०९ रूपैयाँ २२ पैसा र बिक्रीदर ०९ रूपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०६ पैसा र बिक्रीदर १९ रूपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रूपैयाँ १२ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ११ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २३ पैसा र बिक्री दर ३१ रूपैयाँ ३७ पैसा तोकिएको छ । त्यस्तै, साउथ कोरियन वन १०० को खरिददर ०९ रूपैयाँ ६२ पैसा र बिक्रीदर ०९ रूपैयाँ ६६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९४ पैसा र बिक्रीदर १३ रूपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ३७ पैसा र बिक्री दर १९ रूपैयाँ ४५ पैसा निर्धारण भएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १७ रूपैयाँ ८७ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ २० पैसा र बिक्रीदर ४५० रूपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ १४ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ७३ पैसा र ओमनी रियाल एकको खरिददर ३५९ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३६० रूपैयाँ ९४ पैसा तय गरिएको छ । यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।
गुन्यालफाँटाका दुई दर्जन बढी बादी परिवारका घरमा ताला
कञ्चनपुर, फागुन ९ गते । स्वदेशमै रोजगारी नपाइएपछि कृष्णपुर नगरपालिका– २ गुन्यालफाँटाका बादी परिवार घरको ढोकामा ताला झुण्ड्याएर भारततर्फ लागेका छन् । जीविकोपार्जनका लागि केही सीप नचलेपछि बालबच्चा बोकेर भारततर्फ लागेका हुन् । परम्परागत पेसा–व्यवसाय विस्थापनमा परेपछि वैकल्पिक रूपमा मजदुरी गर्दै आएका बादी परिवारले त्यो पनि नपाएपछि बाध्य भएर भारतमा दरवान र कुल्ली भएर काम गर्दै आएका छन् । बीस बढी परिवार कामको खोजीमा भारततर्फ लागेको बादी अगुवा पदम राना ९बादी०ले बताउनुभयो ।“परम्परागत पेसाका रूपमा माटोबाट हुक्का, सुल्पा, गाग्री, फूलदानी, गमला, धुपदानीलगायत सामग्रीसँगै मादल बनाउँदै आएका थियौँ”, उहाँले भन्नुभयो, “वन क्षेत्र संरक्षित गरिएपछि माटो ल्याउन पाइएन, माटाका सामानको तुलनामा प्लाष्टिकका सामानको प्रचलन बढी चल्न थालेपछि पेसा पलायन हुनुपरेको छ ।” ठूलो रूपमा उत्पादन गरी बजारमा बिक्री गर्न पुँजी अभाव भएकाले परम्परागत पेसा पूरै ओझेलमा परेको उहाँले बताउनुभयो । बादी समुदायको परम्परागत पेसा जोगाउन सरकारी तवरबाट अनुदानलगायत कार्यक्रम सञ्चालन हुन नसकेकोप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । “माटोबाट विभिन्न सामग्री उत्पादन गरी भारतीयहरूले मनग्य आम्दानी गर्दै आएका छन्”, दुरादेवी कुमालले भन्नुभयो, “परम्परागत सीप भए पनि पुँजी छैन, माटोको कार्य गरे समाजमा नराम्रो तरिकाले हेर्ने गरिनाले पनि पुरानो पेसालाई तिलाञ्जली दिनुपरेको छ ।”परम्परागत पेसा छाडेपछि विकल्पमा कृषि, यातायात र निर्माण क्षेत्रमा मजदुरी गरेर केही वर्ष साँझबिहानको छाक टार्दै आएका थिए । कोरोना महामारीपछि त्यो मजदुरी पनि खोसियो । त्यसपछि काम पाउन मुस्किल हुन थालेपछि परिवारसहित बस्तीका व्यक्ति भारततर्फ पलायन भएको उहाँले बताउनुभयो ।“बस्तीमा घरबासका लागि छ धुर जति जग्गा मात्र छ, त्यसमै बनेका खस्नै थालेका झोपडी छन्”, केशव कुमालले भन्नुभयो, “केही परिवारसहित भारततर्फ लागेका छन्, अरू परिवारका बुढापाका र महिलामात्र बस्तीमा छन्, युवा सबै भारतमै मजदुरी गर्छन्, त्यसबाटै परिवारको पेट पालिन्छ ।” कुसुण्डा, राजी, राउटेलगायत जातिमा बच्चा जन्मेदेखि नै भत्ता दिने व्यवस्था सरकारले गरेजस्तै बादी समुदायलाई पनि भत्तामा समेट्नुपर्ने उहाँको भनाइ छ ।“सीपमा आधारित रोजगारीका अवसर सृजना गरी सहज रूपमा निब्र्याजमा पुँजी उपलब्ध गराउने व्यवस्था सरकारले गरिदिए अरूको देशमा गएर जोखिमयुक्त मजदुरी गर्न कोही जाने थिएनन्”, पदम बादीले भन्नुभयो, “सङ्घीय लोकतन्त्र ल्याउनमा हाम्रो पनि अरूको जस्तै योगदान छ, संविधानमा भएको व्यवस्थाबमोजिम गाँसबास, कपासको व्यवस्था गरिनुपर्नेमा त्यो अहिलेसम्म हुनसकेको छैन ।”जातीय विभेदको अन्त्य अझै हुन नसकेको चर्चा गर्नुहुँदै उहाँले कथित उपल्लो जातका व्यक्तिको चिया पसलमा चिया पिउँदा गिलास धुनुपर्ने अवस्था अझै विद्यमान रहेको बताउनुभयो । “चुनावका बेलामात्र नेताहरूले अश्वासन बाँड्ने गरेका छन्, चुनाव सकिएपछि बस्तीमा हालचाल बुझ्न कोही पनि पुग्दैनन्”, उहाँ अगाडि भन्नुहुन्छ, “नगरप्रमुखले पटकपटक बादी बस्तीमा पुगेर गरेका बाचा पनि बिर्सेका छन्, बस्ती वनहरा नदीको कटानको उच्च जोखिममा रहे पनि चासो छैन ।” वडाध्यक्षले बस्तीका पीरमर्का बुझ्ने गरेको उहाँ बताउनुहुन्छ ।सङ्घीय राजधानीमा पुगेर कैयौँपटक आन्दोलन गर्दा भएका सम्झौता अहिले पनि कार्यान्वयनमा नआउँदा आधारभूत सेवासुविधाबाट समेत वञ्चित रहनुपर्ने अवस्था छ । आवासको व्यवस्था नहुँदा एकै घरमा तीन–तीन परिवार पनि बस्दै आएका छन् । केही परिवार भारतमा गएका बेला अर्को परिवार भारतबाट फर्केर बस्ने गरेका छन् । “बिहान खाना खाएपछि साँझको खानका लागि के गर्ने भन्ने पिरलो सधैँ भइरहन्छ”, बस्तीका अर्जुन बादीले भन्नुभयो, “बिरामी परे उपचार गर्ने पैसा छैन, रोग पालेर बस्नुपर्ने बाध्यता छ, आर्थिक अभावले पोशाकको व्यवस्था गर्न नसक्दा बालबालिकालाई विद्यालय पठाउन समस्या छ ।”बस्तीमा खानेपानीका लागि गाडिएका ह्याण्डपम्पबाट आर्सेनिकयुक्त पानी आउने भएकाले बिरामी पर्न थालेपछि टाढाबाट पानी बोकेर पिउनेपानी ल्याउनुपर्ने बाध्यता भएको बस्तीका बादी समुदायको गुनासो छ । खानेपानी आयोजनाका लागि पाइप गाड्ने काम भएको तीन वर्ष बित्नै लागे पनि अहिलेसम्म खानेपानी आयोजना निर्माणकार्य अलपत्र छ । गुन्यालफाँँटाको बादी बस्तीमा ५० परिवारको बसोबास छ । जसमध्ये परिवारसहित भारतमा जाने परिवारको सङ्ख्या २० बढी छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
राष्ट्रिय बालनाटक महोत्सव सम्पन्न
शैली थिएटर तथा रुसी सदन काठमाडौँको आयोजनामा ‘१६ औँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाललघुचलचित्र’ प्रदर्शन सम्पन्न भएको छ । महोत्सवमा विभिन्न १६ वटा नाटक सहभागी रहेका थिए ।
मह जोडीद्वारा प्रस्टीकरण
वरिष्ठ हास्यव्यङ्ग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सामाजिक सञ्जालमा आफूविरुद्ध अनावश्यक भ्रामक हल्ला फैलाएको विषयका बारेमा खण्डन गर्नुभएको छ ।