• १० फागुन २०८१, शनिबार

प्रहरीद्वारा घाइते कस्तुरीको उद्धार

blog

घाइते कस्तुरीको उद्धार गरेर उपचार गर्दै नेपाल प्रहरी र कञ्चनजङ्घा संरक्षण क्षेत्रका कर्मचारी । तस्बिर सौजन्य: नेपाल प्रहरी

फुङलिङ, फागुन ९ गते । नेपाल प्रहरीको टोलीले ताप्लेजुङमा घाइते अवस्थामा भेटिएको पोथी कस्तुरीको उद्धार गरेको छ । 

फक्ताङ्लुङ गाउँपालिका ७ ओलाङ्चुङगोलामा घाइते अवस्थामा भेटिएको पोथी कस्तुरीको बिहीबार उद्धार गरिएको हो । घाइते कस्तुरीको इलाका प्रहरी कार्यालय ओलाङ्चुङगोलाले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रबी रावलले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्रका कर्मचारीको सहकार्यमा कस्तुरीको उद्धार गरिएको छ । 

जङ्गली जनावर मलसाँप्रोको आक्रमणका कारण कस्तुरी घाइते भएको प्रनाउ रावलले जानकारी दिनुभयो । प्रहरीका अनुसार उद्धार गरिएको कस्तुरीलाई उपचारपछि सुरक्षित वासस्थान तर्फ छोडिएको छ ।

Author
साहारा लिम्बू

उहाँ ताप्लेजुङबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।