• १० साउन २०८२, शनिबार

एसइईमा ताप्लेजुङ प्रथम हुने लार्के शेर्पा सहित ४९ जना शेर्पा विद्यार्थी सम्मानित

blog

फुङ्लिङ, साउन ९ गते ।  ताप्लेजुङले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा जिल्ला प्रथम हुने लार्के शेर्पा सहित ४९ जना शेर्पा विद्यार्थीहरूलाई नेपाल शेर्पा विद्यार्थी सङ्घले सम्मान गरेको छ । सङ्घले २०८१ सालको एसइईमा उत्तीर्ण भएका विद्यार्थीहरूलाई सम्मान गरेको हो ।

एसइईमा उत्तीर्ण  जिल्ला भरीका ४८ जना शेर्पा विद्यार्थी र जिल्ला दोस्रो हुन सफल प्रितम गुरुङ गरी जम्मा ४९ जना विद्यार्थीलाई सम्मान गरिएको नेपाल शेर्पा विद्यार्थी सङ्घ ताप्लेजुङका अध्यक्ष मिङ्मा दिकी शेर्पाले बताउनुभयो । जिल्ला प्रथम लार्के शेर्पा हुनुभएको थियो । उहाँ ३.९१ जिपिए ल्याएर जिल्ला प्रथम हुनुभएको थियो भने गुरुङले ३.८६ जिपिए ल्याएर दोस्रो हुनुभएको थियो । 

अध्यक्ष शेर्पाका अनुसार शुक्रवार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूलाई सम्मान पत्रका साथ सम्मान गरिएको हो । शेर्पा विद्यार्थी सङ्घले यस अघि पनि एसइईमा उत्तीर्ण  हुने शेर्पा विद्यार्थीहरूलाई सम्मान गर्दै आएको छ । विद्यार्थीहरूको हौसलाका लागि सम्मानको कदम अघि सारिएको शेर्पाको भनाई छ । 

Author
साहारा लिम्बू

उहाँ ताप्लेजुङबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।