सहरी इलाकामा, सडकपेटीमा रुखहरूको आवरण वृद्धि गर्नाले सूक्ष्म जलवायुमा सुधार ल्याई अत्यधिक गर्मीबाट सुरक्षा प्रदान गर्न सक्छ । हालैका अध्ययनले यी संरक्षण र अनुकूलनका उपायले केवल अत्यधिक गर्मी र सहरी क्षेत्र सुरक्षित मात्र नभएर अन्य जोखिम कम गर्न पनि महìवपूर्ण हुने देखाएका छन् ।
संयुक्त राष्ट्रसङ्घको विपत् जोखिम न्यूनीकरण कार्यालयको १२ नोभेम्बर २०२४ मा प्रकाशित लेख अनुसार हामीलाई अब अत्यधिक गर्मीसँग जुध्न साहसिक समाधानको आवश्यकता छ । वातावरणमा आएको परिवर्तनले हाम्रो जलवायुमा प्रभाव परेको छ । यस समस्याबाट निस्कनका लागि विद्यमान हावा–प्रणालीमा भर पर्न सक्दैनौँ ।
गत जुलाईमा, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले अत्यधिक गर्मीको सम्बन्धमा एक विश्वव्यापी सहकार्यको आह्वान गरेका थिए, जसलाई सबैले खुलेरै प्रसंसा गरे । हालै ब्राजिलको बेलेममा भएको जी ट्वान्टी मन्त्रीस्तरीय बैठकमा ब्राजिल सरकारले र यएनडिआरआरले यसलाई थप गति दिन कार्यक्रम नै आयोजना गरे । अत्यधिक गर्मीको कारण समस्या बढेको र यसले ल्याउने जोखिम न्यूनीकरण तथा रूपान्तरणात्मक कार्यको आवश्यकता रहेको औँल्याएका थिए । पृथ्वीमा मानिसलाई महसुस भएको अत्यधिक गर्मीले निम्त्याउने विपत् जोखिमको सामना गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन दृष्टिकोणको आवश्यकता छ । बेलेम बैठकमा, संयुक्त राष्ट्रसङ्घको विपत् जोखिम न्यूनीकरण कार्यालयका कमल किशोरले महासचिवको आह्वानको कार्यान्वयनका लागि जी ट्वान्टीका सदस्यले प्रतिकार्यमा लाग्न विपत् जोखिम न्यूनीकरण (डिआरआर) का लागि १० बुँदे कार्य योजना प्रस्तुत गरेका थिए, ती कार्ययोजना यस प्रकार छन्,
१. तापमानको सीमा स्थापना गर्ने: स्थान र क्षेत्र विशेष तापमान सीमा स्थापना गर्नुपर्ने आवश्यकता छ । जसमा तापमान, आर्द्रता, हावामा हुने दैनिक भिन्नता र निरन्तरता विचार गरिन्छ । यसले मौसम विज्ञान, मानव र पशु स्वास्थ्य, इन्जिनियरिङ र आर्थिक क्षेत्रमा अध्ययन अनुसन्धान गर्नेका लागि पर्याप्त सूचना र जानकारी दिन्छ । त्यसबाट प्राप्त वास्तविक नतिजाको आवश्यक अनुसार प्रयोग गर्न सकिन्छ । यस किसिमको प्रयोग भारतको अहमदाबादमा सन् २०१०–११ गरिएको र त्यसले अत्यधिक गर्मीबाट हुने मृत्युदरमा ठुलो गिरावट आएको देखाएको थियो ।
आर्थिक, सामाजिक, पारिस्थितिक र पूर्वाधार प्रणालीमा अत्यधिक गर्मीको प्रभावबारे अध्ययन गर्नुपर्ने आवश्यकता महसुस भएको छ । अत्यधिक गर्मीसँग जुध्ने यसका एक जीवित अनुसन्धान पारिस्थितिकी तन्त्रको आवश्यकता छ, जसले सम्भावित जोखिम पहिचान र अनुकूलन प्रणालीका विषयमा बुझाइलाई फराकिलो र गहिरो बनाउने छ ।
२. तापमान कार्ययोजना विकास र अभ्यास गर्ने : धेरै देशले हालै तापमान मापन कार्ययोजना वा रणनीति विकास गरेका छन् । यस्ता कार्ययोजना विभिन्न देशले पनि अध्ययन अन्वेषण गरेका छन् । जस्तै अमेरिकी राष्ट्रिय एकीकृत ताप स्वास्थ्य सूचना प्रणाली, जसले सबै सरकारी निकायलाई समन्वय गरेर सामूहिक योजना, शिक्षा र कार्यप्रणालीसहित मार्गदर्शन गर्छ । तापमान कार्ययोजनालाई स्थानीयकरण गर्नुपर्ने छ र सबैभन्दा महìवपूर्ण कुरा तिनीहरूलाई अभ्यास गर्नु पर्छ । चक्रवात र भूकम्पबाट सुरक्षित रहन जसरी अभ्यास गर्दछौँ (जस्तै मोक ड्रिल र टेबल–टप अभ्यास), त्यसरी नै अत्यधिक गर्मीका अवस्थाका सम्बन्धमा यस्ता अभ्यास गर्नु पर्छ । सन् २०२५ का लागि जर्मनीले अत्यधिक गर्मीको टेबल–टप सिमुलेसनको योजना बनाइरहेको छ ।
३. सामाजिक सुरक्षा प्रणाली सुदृढ गर्ने : अत्यधिक गर्मीका कारणले तापमानको उतारचडाव सहन गर्न नसक्नेलाई तत्काल प्रभाव पार्छ । उदाहरणका लागि, तापमान मापन कार्ययोजना अनुसार पूर्वाधार निर्माण स्थलमा कामको घण्टा घटाउन वा काम पूर्ण रूपमा रोक्न सिफारिस गर्न सक्छ । जसले गरिब दैनिक मजदुरी गरेर जीवनयापन गर्नेका लागि मा प्रत्यक्ष असर पुर्याउँछ । यस्ता समूहको संरक्षण गर्नका लागि नयाँ र उत्थानशील मापदण्ड आवश्यक पर्छन् । उदाहरणका लागि, भारतको महिला हाउजिङ ट्रस्टले असङ्गठित क्षेत्रमा कार्यरत महिलाहरूका लागि पेरामेट्रिक जलवायु जोखिम बिमा सुरु गरेको छ । यस्ता प्रतिकार्य अन्यत्र पनि सिक्न र यिनलाई विस्तार गर्नु पर्छ ।
४. ताप संवेदनशील भवन निर्माण मापदण्ड निर्माण र सुदृढ गर्ने : भवन निर्माण संहिता वा विनियमहरू बनाउँदा विकासोन्मुख र अविकशित क्षेत्र (ग्लोबल उत्तर र ग्लोबल दक्षिण) मा प्रायः अत्यधिक गर्मीलाई ध्यानमा राख्दैनन् । हामीले भवन निर्माण मापदण्ड र विनियमहरूलाई पुनः परिभाषित गर्नुपर्ने छ ताकि भवन र अन्य पूर्वाधारले अधिक, तीव्र र बारम्बार हुने गर्मीको सामना गर्न सकून् । यसले दुवै पारम्परिक शीतलता हुने प्रविधि सहितको समाधान (उपयुक्त डिजाइन, अभिमुखता, छाना र भित्ताहरूको सामग्री र खुलाइ) स्मार्ट तथा लचकता भएका प्रविधि–समावेश गर्न सकिने हुन्छ ।
५. प्राकृतिमा आधारित समाधानको प्रयोग वृद्धि गर्ने : अत्यधिक गर्मीबाट सुरक्षित रहन वातावरण संरक्षण हरित आवरण, जलाधार र जलाशय संरक्षण अपरिहार्य छ । जहाँसम्म सम्भव छ, विकास पूर्वाधार र सहरीकरण डिजाइनमा प्राकृतिक स्रोत नदीनाला, तालतलैया, हरियाली संरक्षणमा आधारित पद्धतिलाई प्राथमिकता साथ लागु गर्नुपर्ने छ । सहरी इलाकामा, सडकपेटीमा रुखहरूको आवरण वृद्धि गर्नाले सूक्ष्म जलवायुमा सुधार ल्याई अत्यधिक गर्मीबाट सुरक्षा प्रदान गर्न सक्छ । हालैका अध्ययनले यी संरक्षण र अनुकूलनका उपायले केवल अत्यधिक गर्मी र सहरी क्षेत्र सुरक्षित मात्र नभएर अन्य जोखिम कम गर्न पनि महìवपूर्ण हुने देखाएका छन् ।
६. गर्मीसँग लड्नका लागि बजार–आधारित हस्तक्षेपलाई प्रोत्साहित गर्ने: हरेक मानव बस्तीका क्षेत्र सहर हुन वा ग्रामीण इलाका त्यहाँको प्राकृतिक वातावरणलाई व्यापक रूपले रूपान्तरण गर्न आवश्यक छ । उदाहरणका लागि, कम आय भएको बस्तीमा अत्यधिक गर्मीसँग लड्नका लागि, लाखौँ वर्ग मिटरमा शीतल छहारी हुने किसिमले चौडा सडकपेटीमा हुने प्रजातिका बोटबिरुवा लगाउने तथा शीतल दिने छाना प्रविधिको आवश्यकता छ । तथापि, बजारमा यस्ता प्रबन्ध मिलाउने गरी विकासका सिर्जना निर्माण गर्न सुरु भएका छैनन् । यस्ता अनुकूलनताका शीतल छाना विकास विस्तार गर्न बजार प्रोत्साहन गर्न उपाय खोज्नु आवश्यक छ । नवप्रवर्धनकर्ता र लगानीकर्तालाई प्रोत्साहित गर्न सरकारहरूले अग्रिम बजार प्रतिबद्धता रहने प्रबन्ध मिलाउन सक्छन् (जस्तै, कम आय भएका बस्तीहरूका लागि शीतल छाना सहज र सहुलियतमा अग्रिम खरिद) ।
७. प्रेरणाका लागि पारम्परिक वास्तुकलाप्रति आकर्षणको प्रवर्धन गर्ने : ऐतिहासिक रूपमा तातो क्षेत्रहरूमा परम्परागत भवन डिजाइनले हामीलाई धेरै कुरा सिकाउँछ तर यी प्रथा आधुनिकतासँग हराइरहेका छन् । हामीले यी परम्परागत भवन निर्माण प्रणालीहरूलाई दस्ताबेज गर्नुपर्ने छ । पुनर्जीवित गर्न, अनुकूलित गर्न र वर्तमान अवस्थाका लागि अपनाउनुपर्ने छ । यी प्रबन्ध गर्न सक्दा विद्यमान अवस्थालाई क्रमशः अनुकूलन हुने गरी वातावरणको रूपान्तरण गर्न उत्प्रेरणा दिन सक्छ । नेपालमा विशेष गरी ग्रामीण बस्तीहरू जहाँ तातो टिनको छानालाई परम्परागत चिसो डिजाइनसँग प्रतिस्थापन गर्न स्थानीयहरूलाई आर्थिक र व्यावहारिक सहायता प्रदान गरिरहेको छ (फुसको छाना हटाउने विकासे अभियान) ।
८. सहरी रूपरेखा र अत्यधिक गर्मीबिचको जडानलाई अन्वेषण गर्ने : हामीलाई सहरी रूपरेखा र अत्यधिक गर्मीबिचको जडानलाई वस्तुपरक भएर पर्याप्त चिन्तन र अन्वेषण गर्न आवश्यक छ । सहरी योजनाकार र जलवायु विज्ञहरूले मिलेर बढ्दो तापमान प्रतिरोधी नगर र सहरको योजना बनाउनुपर्ने छ । सहरी मौसम विज्ञानको उदाउँदो क्षेत्रको समर्थन गर्न सबै एकजुट हुनु पर्छ ।
९. नवप्रवर्धित प्रविधिहरूलाई अत्यधिक गर्मीसँग अनुकूलन हुने गरी प्रयोग गर्ने : अन्तरिक्ष यात्रा र बसोबासमा आधारित प्रणाली, सेन्सर प्रविधि र एआईले वास्तविक समयमा अत्यधिक गर्मीको ढाँचा बुझ्नका लागि उत्साहजनक अवसर प्रदान गर्ने छ । यी उपकरणहरूको प्रयोग गरेर आसन्न विपत्, सङ्कट सङ्केत पहिचान गर्न, प्रारम्भिक कार्ययोजनाको सुरुवात गर्न र तत्काल सार्वजनिक स्वास्थ्य प्रतिक्रिया जुटाउन सक्छौँ, जसबाट मानिसको सुरक्षा गर्न सहज हुने छ । उदाहरणका लागि, सिड्स र माइव्रmोसफ्टलाई लिन सकिन्छ । भारतमा मानवतावादी लक्षित क्रियाकलापका लागि एआई प्रयोग गर्दै छन् । यी प्रविधिले ताप–संवेदनशील वास्तुकला र सहरी डिजाइनका लागि पनि सन्देश दिने छन् ।
१०. पारिस्थितिकी तन्त्र विकास गरी अनुकूलनताको अध्ययन गर्नेः मानव स्वास्थ्य र अन्य जैविक–भौतिकीय प्रणालिहरूमा (कृषि, पशुपालन आदि) अत्यधिक गर्मीको प्रभाववारे लामो समयदेखि अध्ययन गरिएको छ । यसलाई अगाडि बढाएर अन्य आर्थिक, सामाजिक, पारिस्थितिक र पूर्वाधार प्रणालीमा अत्यधिक गर्मीको प्रभावबारे अध्ययन गर्नुपर्ने आवश्यकता महसुस भएको छ । अत्यधिक गर्मीसँग जुध्ने यसका एक जीवित अनुसन्धान पारिस्थितिकी तन्त्रको आवश्यकता छ, जसले सम्भावित जोखिम पहिचान र अनुकूलन प्रणालीका विषयमा बुझाइलाई फराकिलो र गहिरो बनाउने छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले अत्यधिक गर्मीका लागि प्रतिकार्य गर्न दिएको सन्देश समयानुकूल र उपयुक्त छ । उनको आह्वान अनुसार अत्यधिक गर्मीको कारणबाट हुने विपत् जोखिमलाई घटाउनका लागि यो कार्ययोजना एक व्यापक, वैश्विक र महìवाकाङ्क्षी प्रतिव्रिmया हो । जसका लागि विभिन्न क्षेत्र र राष्ट्रबिच समन्वयात्मक कार्यको आवश्यकता पर्छ । सबैलाई, सबै स्थानमा, तीव्र गर्मीका प्रभावबाट सुरक्षित राख्न अब एक पल पनि समय नष्ट गर्नु हुँदैन ।