• १० फागुन २०८१, शनिबार

सियारीमा फेला पर्‍यो महिलाको शव

blog

घटनास्थलमा अनुसन्धान गर्दै रुपन्देही प्रहरी । तस्विरः सीता काफ्ले

सीता काफ्ले 

तिनाउ (रुपन्देही), फागुन ८ गते । रुपन्देहीको सियारी गाउँपालिका –२ भगदरीमा एक जना महिलाको शव फेला परेको छ । बेथरी बेलवास सडक खण्डको सियारी –२ भगदरीस्थित सडकछेउको खेत किनारमा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं प्रवक्ता सुरज कार्कीका अनुसार दाङको लमही नगरपालिका –७ का सङ्गिता चौधरीको ढुङ्गाले बायाँतर्फको कन्चटमा हानेर हत्या गरेर फालिएको अबस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।  

डिएसपी कार्कीले बुटवल –११ कालिकापथमा भाडामा बसेर दैनिक ज्यालादारी काम गर्दैआएकी चौधरीको हत्या गरेर परालले छोपेको अबस्थामा मध्यान्ह १२ बजेतिर शव फेला पारेको बताउनुभयो । 

चौधरीको शव पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ । चौधरीलाई काम लगाउने ठेकेदार र उहाँको परिवार सम्पर्कमा आएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहे पनि अहिलेसम्म कसले र किन हत्या गरेको हो भन्ने पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले मोबाइल बरामद गरेको छ ।