मुस्ताङ, फागुन ८ गते । हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको रूपमा रहेको मुक्तिनाथ मन्दिरमा दर्शन गर्नका लागि श्रद्धालु भक्तजनलाई घोडामा चढाएर लैजाँदै स्थानीय घोडा व्यवसायी । विशेषगरी अशक्त र घोडचढीमा रुचि राख्ने भक्तजनहरु घोडामा चढ्ने गर्छन् ।
मुक्तिनाथ बसपार्कदेखि मन्दिर प्रवेशद्वारसम्म घोडामा चढाएर लगे बापत प्रतिव्यक्ति ४ सय रुपियाँ लिने गरेको स्थानीय घोडा व्यवसायी बताउँछन् । तस्बिरः रासस