पत्रकारिता राज्यको चौथो अङ्ग हो : मन्त्री सार्की
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले पत्रकारिता राज्यको चौथो अङ्ग रहेको बताउनु भएको छ ।
नदीको यात्रा कविता सङ्ग्रह सार्वजनिक
कवि निमेष अविरल (रुकमान थेबे) को कविता सङ्ग्रह ‘नदीको यात्रा’ सार्वजनिक गरिएको छ । कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठान ताप्लेजुङले बुधबार सदरमुकाम फुङ्लिङमा आयोजना गरेको कार्यक्रमकाबिच कविता सङ्ग्रह सार्वजनिक गरिएको हो ।
गजेन्द्रनारायण सिंह अस्पतालमा नवजात शिशुको शव फेला
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा बुधबार कुकुरले भर्खरै जन्मेको नवजात शिशु मुखमा लिएर अस्पताल प्राङ्गणमा घुमिरहेका भेटिएको छ ।
सामुदायिक वनमा जङ्गली हात्ती मृत फेला
भाले जङ्गली हात्ती मृत फेला परेको छ । एक साताअघि पनि एक अर्को भाले हात्ती मृत फेला परेको छ ।
सशस्त्र प्रहरीद्वारा हेल्प डेक्स स्थापना
ताप्लेजुङकाे पाथीभरामा आउने दर्शनार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले हेल्प डेस्कको स्थापना गरेको छ ।
नवलपुरमा १६ हजारभन्दा बढी बालिकाले लगाए एचपिभी खोप
नवलपरासी पूर्व (नवलपुरमा) पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा ९६.१८ प्रतिशत बालिकाले खोप लगाएका छन् ।
टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
रोल्पा टिप्पर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका –५ निवासी ३६ वर्षिय जितेकुमार रहेका छन् ।
कालीगण्डकी फलामे पुल प्रदेश सरकारले मर्मत गर्ने
लामो सयम मर्मत नहुँदा जीर्ण बनेको स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका १ जोड्ने फलामे पुल मर्मत प्रदेश सरकारले गर्ने भएको छ ।
भाषा र संस्कृति जोगाउन तनहुँमा महोत्सव
भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, संवर्धन र विकास गर्ने उद्देश्यले दमौलीमा तीन दिने बहुजातीय सांस्कृतिक महोत्सव बुधबारबाट सुरु भएको छ ।
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
सूचना एवं प्रविधिमा दक्ष बनाउन शिक्षकलाई सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी ज्ञान सीप सिकाइएको छ ।
सुपा देउराली मन्दिर परिसर विस्तार
नेपालकै प्रसिद्ध सुपा देउराली मन्दिर परिसर विस्तार गरी फराकिलो बनाइएको छ ।
चिकित्सक सङ्घ आन्दोलित
नेपाल चिकित्सक सङ्घले सङ्घर्षको कार्यक्रम सार्वजनिक गरेको छ । सङ्घले विज्ञप्ति निकाल्दै बुधबार र बिहीबार संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । संघले. सरकारलाई माग पूरा गर्न ४८ घण्टाको समय दिएको संघका महासचिव डा. सन्जिब तिवारीले जानकारी दिनुभयो ।
जेठाजुको कुटपिटबाट बुहारी घाइते
सुनसरीको बराहक्षेत्र नगरपालिका ११ मधुवनमा फागुन ३ गते बुहारीमाथि जेठाजुले कुटपिट गरेको घटना बाहिर आएको छ ।
दाङमा मनाइयो ७५ औं प्रजातन्त्र दिवस
प्रजातन्त्र दिवसको अवसरमा दाङमा प्रभातफेरी निकालेर ७५ औं प्रजातन्त्र दिवस मनाइएको छ । जिल्ला मूल समारोह समितिको आयोजनामा प्रभातफेरी आयोजना गरेर प्रजातन्त्र दिवस मनाइएको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो ।
फोनिज म्याग्दी अध्यक्षमा गर्बुजा मगर
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ( फोनिज), म्याग्दी शाखाको अध्यक्षमा धनिलाल गर्बुजा मगर चयन हुनुभएको छ ।
अलपत्र बँदेल र बङ्गुर क्रस योजना
कविराज घिमिरे हिले, फागुन ७ गते । बँदेल र बङ्गुरलाई क्रस गराई नयाँ जातको विकासको लागि नीति बने पनि कार्यविधि नबन्दा अनुसन्धान तथा व्यावसायिक उत्पादन अघि बढ्न सकेको छैन । सरकारले जारी गरेको राष्ट्रिय पशुपन्छी प्रजनन नीति, २०७८ को दफा १०.७.४ अनुसार, नस्ल सुधारको लागि स्थानीय तथा जङ्गली जातबिच क्रस गराउने अनुमति दिइएको छ । जहाँ बँदेल र बङ्गुरबिच क्रस गराउन पाइने उल्लेख छ । तर नीति जारी भएको तिन वर्ष बित्न लाग्दासमेत कार्यविधि नबन्दा अनुसन्धान कार्य नै अघि बढ्न सकेको छैन । बङ्गुर अध्ययन तथा अनुसन्धानको जिम्मा पाएको देशको एक मात्र राष्ट्रिय बङ्गुर अनुसन्धान कार्यक्रम, पाख्रीबास धनकुटाले कार्यविधि नबन्दा अनुसन्धानको काम अघि बढाउन नसकिएको जनाएको छ । केन्द्रका प्रमुख डा. मनोजकुमार शाहका अनुसार केन्द्र यो अनुसन्धानका लागि तयार रहे पनि कसरी गर्ने बँदेल कहाँबाट ल्याउने भन्ने कार्यविधि नहुँदा समस्या छ । “हामी प्राविधिक पूर्वाधार सम्पूर्ण रूपले तयार छौ, यो अनुसन्धान गर्न सके देशले एउटा नयाँ जात पाउने थियो कृषक थप व्यावसायिक बन्ने थिए तर अहिलेसम्म काम अगाडि बढाउन पाएका छैनौं” शाह भन्नुहुन्छ ।बँदेल र बङ्गुर क्रस गराउँदा छिटो वृद्धि हुने जात विकास, मासु उत्पादनमा वृद्धि, रोग प्रतिरोधी क्षमता बढ्ने, आयातमा निर्भरता घटाउने, कृषकको आम्दानी वृद्धि गर्ने एक नयाँ उन्नत जात उत्पादन हुनेछ । जसले नेपालका कृषकलाई प्रत्यक्ष लाभ पुर्याउनेछ । नेपालमै विकास भएको नयाँ जातले मासु उत्पादनमा आत्मनिर्भरता ल्याउन मद्दत गर्ने जनाइएको छ । नेपालको मासु उत्पादन र व्यावसायिक बङ्गुर पालनमा महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्ने जानकारहरूको भनाइ छ । त्यसो सरकारले राष्ट्रिय पशुपन्छी प्रजनन नीति, २०७८ जारी गर्दा उत्साहित भएको कृषकमा अहिले भने यो नीति कार्यान्वयन नहुने हो कि भन्ने चिन्ता देखिन थालेको छ । प्रजनन नीति जारी भएको तिन वर्ष बित्दा पनि काम सुरु नभएकाले यो नीति नीतिमै मात्र सीमित हुने कार्यान्वयन नहुने अवस्था आएको बङ्गुर व्यवसायी सङ्घ धनकुटाका अध्यक्ष रुझान राईको भनाइ छ । “नीति त आयो केही होला भन्ने आशा पलाएको थियो तर अहिलेसम्म यसको अनुसन्धान अघि बढ्न नसकेको भन्ने बुझेका छौं यो दुःखद छ । यो चाँडो सुरु हुनुपर्छ” राई भन्नुहुन्छ । यो नीति कार्यान्वयनमा आएर नयाँ जात सिफारिस भएको त्यो जातले उपभोक्ता बढ्ने कृषक तथा व्यापारीको भनाइ छ । स्थानीय कृषक दिलकुमार देवानका अनुसार स्थानीय जात नमासी बँदेल र बङ्गुर क्रस गराई नयाँ जाति भित्र्याउन आवश्यक छ । नेपालमा बँदलेको मासुको माग उच्च छ । तर बँदेल चोरी सिकारी तथा मासु उपभोगमा प्रतिबन्ध छ । यो अनुसन्धान हुन सके कृषकले त्यसको फाइदा लिन सक्ने बताइन्छ ।
महिला सशक्तीकरण प्राथमिकतामा
कर्णाली प्रदेश सरकारले महिला सशक्तीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । उद्यमी महिलाहरूलाई प्रोत्साहन गर्नका लागि नयाँ कार्यक्रम ल्याएको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर सरकारले नयाँ कार्यक्रम ल्याएको हो ।
तनहुँ कारागारमा पानीको अभाव
तनहुँ कारागारमा पानी अभावले बन्दी, कर्मचारी र सुरक्षाकर्मीलाई निकै अप्ठ्यारो परेको छ । कारागारमा दैनिक ४० हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटर मात्रै आपूर्ति भइरहेको समस्या भएको कारागार प्रशासनले जनाएको छ ।
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, सिमसारको पुनरुत्थान
वन तथा वातावरण मन्त्रालय अन्तर्गत सञ्चालित एकीकृत भूपरिधि व्यवस्थापन आयोजनाले बाँकेका विभिन्न सामुदायिक वनमा रहेका सिमसार क्षेत्रको पुनरुत्थान गर्दा मानव–वन्यजन्तु द्वन्द्वका घटनामा कमी आउन थालेको छ ।
‘असहमत हुने मन्त्रीले राजीनामा दिए हुन्छ’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफूसँग काम गर्न असहज लाग्नेले मन्त्री पदबाट राजीनामा दिँदा हुन्छ भनी अभिव्यक्ति दिनुभएको छ ।
बुटवल–गोरुसिङ्गे सडक धमाधम रुख काटिँदै
बुटवल–गोरुसिङ्गे सडक विस्तारका क्रममा पुल निर्माणको कामसँगै सडक किनारका रुख काट्न सुरु गरिएको छ ।
भक्तजनलाई बोकेर मुक्तिनाथ मन्दिर लैजाँदै
मुस्ताङ, फागुन ७ गते । हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिरमा भक्तजनलाई दर्शन गराउन बोकेर लैजाँदै मजदुर । विशेषगरी वृद्धावस्थाका र शारीरिक रुपमा कमजोर हिँड्न नसक्ने भक्तजनले दर्शन गर्न मजदुरको सहायता लिने गरेका छन् । मजदुरका अनुसार एकजना पर्यटकलाई मन्दिरसम्म लगेको चार हजार रुपैयाँ लिने गरेका छन् । तस्बिरः रासस
थानीमाई मन्दिर र बन्दीपुर बजार
बन्दीपुर, फागुन ७ गते । तनहुँको बन्दीपुर गाउँपालिका २ मा रहेको थानीमाई मन्दिर र बन्दीपुर बजार । बन्दीपुर प्राकृतिक मनोरम दृश्य, यहाँको संस्कृति र रहनसहनले पर्यटकमाझ याे ठाउँ चर्चित छ। तस्बिरः रासस
सहज बन्दै मुग्लिङ–पोखरा सडक
पोखरादेखि मुग्लिङसम्मको सडक स्तरोन्नतिले गति लिँदा पोखरा आउजाउ सहज हुन थालेको छ ।