पहलमान घर्ती
होलेरी (रोल्पा), फागुन ७ गते । रोल्पा टिप्पर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका –५ निवासी ३६ वर्षीय जितेकुमार रहेका छन् ।
उहाँको मङ्गलबार राति टिप्पर दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ना ८ ख ७२७६ नम्बरको टिप्पर माडी गाउँपालिका–४ चुकबोटबाट बालुवा लिएर घर्तीगाउँ हुँदै ब्याङखोलातर्फ जाँदैगर्दा दुर्घटनामा परेको थियो ।
सहिदमार्ग सडक खण्डबाट करिब १०० मिटर तल खसेको थियो । उक्त टिप्परमा चालक मात्र रहेका थिए । इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक देवसिंह भण्डारीका अनुसार चालक जितेकुमारको शव सडकबाट करिब ७० मिटर तल फेला परेको थियो ।