सन्तोष दहित
दाङ, फागुन ७ गते । प्रजातन्त्र दिवसको अवसरमा दाङमा प्रभातफेरी निकालेर ७५ औं प्रजातन्त्र दिवस मनाइएको छ । जिल्ला मूल समारोह समितिको आयोजनामा प्रभातफेरी आयोजना गरेर प्रजातन्त्र दिवस मनाइएको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय दाङको परिसरबाट सुरु भएको प्रभातफेरी घोराही बजारमा परिक्रमा गरेर प्रजातन्त्र दिवस मनाइएको प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो ।
प्रजातन्त्र दिवसको प्रभातफेरीमा दाङका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, सरकारी तथा गैर सरकारीका कर्मचारीको उपस्थिति रहेको उहाँले बताउनुभयो ।