• ११ असार २०८२, बुधबार

एमाले सचिवालय बैठक च्यासलमा जारी

blog

नेकपा (एमाले) को सचिवालय बैठकमा सहभागी अध्यक्षसहित पदाधिकारीहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार ११ गते । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा बैठक सुरु भएको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताउनुभयो । 

आजको बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीको आन्तरिक सङ्गठनात्मक विषयमा छलफल हुने बताइएको छ ।