• ९ फागुन २०८१, शुक्रबार

हात्तीवन क्षेत्रको आगलागी नियन्त्रण गरिँदै (फोटो फिचर)

blog

दक्षिणकाली नगरपालिका–४ स्थित हात्तीवनमा बुधवार बेलुकीदेखि लागेको आगो नियन्त्रण गर्दै प्रहरी । तस्बिरहरु: सुजन गुरुङ

काठमाडौँ, फागुन ८ गते । काठमाडौँको दक्षिणकाली नगरपालिका–४ स्थित हात्तीवनमा बुधवार बेलुकीदेखि लागेको आगो अझै नियन्त्रण बाहिर गएको छ  । डढेलो नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय फर्पिङको प्रहरी टोली,  दक्षिणकाली नगरपालिकाका नगर प्रहरीहरू, स्थानीयवासीहरु परिचालित भएका छन् । 

दमकल र पानी ट्याङ्करको सहायतामा हिजो पनि स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले आगो नियन्त्रणको प्रयास गरे पनि नियन्त्रण हुन सकेको छैन । बारीमा खेती राम्रो बनाउन मल बनाउनका लागि स्थानीयहरूले आगो लगाउने गर्छन् यहाँ पनि स्थानीयहरूबाट आगो लगाएको हुनसक्ने अनुमान प्रहरीको छ ।