• ९ फागुन २०८१, शुक्रबार

पुरुष मृत अवस्थामा फेला

blog

गोकर्ण पौडेल  

तुलसीपुर, फागुन ८ गते । तुलसीपुर उपमहानगरपालिका –१ मा एक जना पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उपमहानगरपालिकाको सोही वडाको कुमालगाउँ भमके निवासी ५५ वर्षका लोकबहादुर परियार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

परियार बिहीबार बिहान ९ बजेतिर घरदेखि करिब ६ सय  मिटर उत्तरतर्फ बाटोमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो । 

परियारलाई बाटोमा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।