प्रभावकारी बन्दै छोरीलक्षित कार्यक्रम
बर्दियाको गेरुवा गाउँपालिकाले सञ्चालन गरेको ‘छोरी बचाऊँ, छोरी बनाऊँ’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
आशा जगाउने काम गर्न आग्रह
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निराशाको खेती गर्न छाडेर आशा जगाउने काम गर्न आग्रह गर्नुभएको छ ।
चर्दै गरेका भेडाका बथान
म्याग्दी, फागुन ६ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–५ भेडिखाल्टाको बराह वनको चरन क्षेत्रमा चर्दै गरेका भेडाका बथान । घुम्ती गोठका भेडाहरु यतिबेला चरनका लागि बेंसीमा झारिएका छन् । तस्बिरः रासस
सुपारीखेती
इलाम, फागुन ६ गते । इलामको माई नगरपालिका २ डिपुडाँडा क्षेत्रमा किसानले लगाएको सुपारी खेती । सुपारी खेतीप्रति पछिल्लो समय किसानको आकर्षण बढेको छ । तस्बिरः रासस
अछामकाे बाटुलासैन गाउँ
अछाम, फागुन ६ गते । अछाम जिल्लाको रामारोशन गाउँपालिका ५ नेटाकोटबाट देखिएको सोही गाउँपालिका वडा नम्बर ४ स्थित बाटुलासैन गाउँ । तस्बिरः रासस
मोवाटार फाँट
फुङ्लिङ, फागुन ६ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित मोवाटार फाँट । समुद्र सतहदेखि चार हजार ६०० मिटर उचाइमा अवस्थित छ । यही मार्ग हुँदै नेपाल–चीन सीमा जोड्ने टिप्ताला नाका जाने गरिन्छ। तस्बिरः रासस
‘भूमिसम्बन्धी समस्या अब अन्त्य हुन्छ’
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले ल्याएको अध्यादेश पारित हुने बताउनुभएको छ ।
रातुखोलाको उत्खनन रोक्न माग
महोत्तरीको बर्दीबास नगरपालिकास्थित रातुखोलामा भइरहेको अवैध उत्खनन रोक्न स्थानीयले माग राखेका छन् । चालु आर्थिक वर्षका लागि बर्दीबास नगरपालिकाले रातु नदीको उत्खनन गर्न
कर्णाली उत्सव सुरु, सार्थक बहस गर्न सुझाव
कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्यका साथ सोमबारदेखि सुर्खेतमा कर्णाली उत्सव, कुडा कर्णालीको छैठौँ संस्करण सुरु भएको छ ।
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको बिबिसीमा उल्लेख छ ।
फाप्लु विमानस्थलमा ‘रिफ्युलिङ’ सेन्टर राख्न माग
हिमाली पर्यटनको केन्द्रका रूपमा रहेको सगरमाथाको जिल्ला सोलुखुम्बुमा पर्यटन प्रवर्द्धनका लागि फाप्लु विमानस्थलमा हवाई इन्धन ‘रिफ्युलिंग’ सेन्टर राख्न माग गरिएको छ । सोलुदूधकुण्ड नगरपालिकाले नेपाल आलय निगमको केन्द्रीय कार्यालयसँग फाप्लु विमानस्थलमा ‘रिफ्युलिंग’ सेन्टर राख्न गरेको हो ।
पिपल चोककै काटियो पिपल
स्थानीय सरकारको लापर्बाहीका कारण इतिहास बोकेका चौतारा मेटिँदै गएका छन् । भरतपुर महानगरपालिका र पूर्वीचितवनका स्थानीय पालिकाले चौतारा जोगाउने विषयमा ध्यान नदिँदा ऐतिहासिक महत्त्व बोकेका, धार्मिक आस्था र सामाजिक महत्त्व जोडिएका वरपिपलका चौतारो मासिँदै गएका हुन् ।
जीर्ण बन्दै करोडौँका होल्डिङ सेन्टर
कैलालीको धनगढी उपमहानगरपालिका–३, बडहरामा करोडौँ रकम खर्चेर बनाइएको होल्डिङ सेन्टर जीर्ण बन्न थालेको छ ।
बाघको आहारा प्रजातिबारे अध्ययन
बाँकेमा पछिल्लो समय मानिसमाथि वन्यजन्तुको आक्रमण बढेपछि उनीहरूको विचरणका बारेमा अनुसन्धानका लागि वनजङ्गल आसपासका क्षेत्रमा बाघ तथा आहारा प्रजातिका वन्यजन्तुको अध्ययन अनुगमन सुरु गरिएको छ ।
मातृशिशु मृत्युदर घटाउन नमुना कार्यक्रम
कर्णाली प्रदेश सरकारले मातृ तथा शिशु मृत्युदर घटाउन नमुना कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । मातृशिशु मृत्युदर घटाउन समाज र चेतना अनुसारका नमुना कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
अस्थायी टहराको दोस्रो किस्ता निकासा
रुकुमपश्चिममा भूकम्पबाट घरबासविहीन बनेका प्रभावितको अस्थायी आवास (टहरा) निर्माणको दोस्रो किस्ता बापत्को रकम निकासा भएको छ । भूकम्प गएको १५ महिनापछि सरकारले टहरा निर्माणको रकम निकासा गरेको जनाएको छ ।
विकट बस्ती काँशिकाँधको गोर्तिमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना
भौगोलिक रूपमा जिल्लाको अतिविकट मानिने उत्तरी क्षेत्रमा अवस्थित महावु गाउँपालिका–५ काँशिकाँधको गोर्तिमा आधारभूत सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ ।
‘चुरेको संरक्षणका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक’
मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले चुरे विनाशले मधेसका जिल्लामा पानीका स्रोतहरू सुक्दै गएकाले यसको संरक्षणमा तीनै तहका सरकारबीचमा समन्वय तथा सहकार्य हुन जरुरी रहेको बताउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दु भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दु भाषा
वन्यजन्तुबाट क्षति व्यहोरेका ३७ परिवारलाई राहत वितरण
जिल्लामा वन्यजन्तुबाट मानवीय तथा पशुधनको क्षति व्यहोरेका ३७ परिवारलाई राहत प्रदान गरिएको छ । लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको रकम जिल्लाको एउटा नगरपालिका र तीन वटा गाउँपालिकाका ३७ परिवारलाई राहतस्वरुप प्रदान गरिएको हो ।
शैक्षिक प्रदर्शनीमा विद्यार्थीका कलाकृति
कैलालीको जानकी गाउँपालिकाका ३४ वटा विद्यालयले विज्ञान, कला, शैक्षिक सामग्री तयार गरी प्रदर्शन गरेका छन् ।
ऊर्जालाई स्थानीयसँग जोडे समृद्धि हासिल हुनेछ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का केही दिनअघि ‘इन्डिया इनर्जी विक–२०२५’ मा भाग लिई स्वदेश फर्कनुभएको छ ।
जलाशययुक्त आयोजनाको खाँचो
नेपालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले विक्रम संवत् १९६८ मा आफूहरूलाई सहज रूपले बत्ती बाल्न विद्युत् उत्पादनका लागि फर्पिङ जलविद्युत् आयोजना निर्माण गरेका थिए ।