आत्मकेन्द्रित राजनीतिले सङ्घीयतामा चुनौती थपिँदैछः सांसद शेर्पा
काठमाडौँ, फागुन ५ गते । सङ्घीयताको अवधारणाअनुसार सबैजसो अधिकार राज्यसंयन्त्रको तल्लो तहमा प्रत्यायोजन गर्ने हो । तर जुन किसिमले आत्मकेन्द्रित राजनीति छ त्यसले सङ्घीय व्यवस्थामा चुनौती थपेको अनुभव हुँदैछ । प्रदेशले केन्द्रले आफूलाई अधिकार नदिएको गुनासो गरिरहँदा प्रदेशसँग स्थानीय तहले उस्तै गुनासो गरिरहेको अवस्था छ । स्थानीय तहहरुलाई प्रदेश सरकारले अधिकार दिन नचाहेको देखिन्छ । स्थानीय तहमा पनि गाउँपालिका अध्यक्षले वडालाई अधिकार दिनै नचाहने, वडाध्यक्षले सदस्यलाई अधिकार दिन नचाहने प्रवृत्ति देखिन्छ । सङ्घीयता सबलीकरणको विषयमा राष्ट्रियसभा धेरै गम्भीर छ । केही सांसदले पार्टीको सिद्धान्त अनुसार आवाज उठाउनु हुन्छ । अर्कातर्फ, संविधान जहिल्यै त्यही हुनुपर्छ भन्ने छैन । समय अनुसार परिवर्तन-संशोधन गर्दै लग्नुपर्छ । त्यसमा कुन कुन कुरा परिवर्तन गर्ने भन्नेमा बहस गर्न सकिन्छ । संविधान परिवर्तन भनेपछि सबै कुरामा बहस चल्छ, हुनुपर्छ । संविधान नै परिवर्तन भए पनि सङ्घीय व्यवस्था र समानुपातिक निर्वाचन पद्धति परिवर्तन हुनुहुँदैन । निर्वाचन प्रणालीमा सुधार गरी विकृति के के छन् त्यसलाई सुधार गर्नुपर्ने खाँचो छ । विधायिकाको रुपमा आफ्नो भूमिकामा सन्तुष्ट छु राष्ट्रियसभा सदस्यको रुपमा मेरो दुई वर्षको कार्यकाल बित्यो । मैले विधायिकी भूमिका राम्रोसँग निर्वाह गरिरहेको अनुभव गरेको छु । देशको स्रोतसाधन र परिस्थिति अनुसार हामीले धेरै कुरा गर्न सफल भएका छौँ । विशेषतः मेरो पर्यटन क्षेत्रमा सहभागिता भएका कारण मैले पर्यटन क्षेत्र र हिमालका मुद्दाहरुमा बढी सरोकार राख्ने गर्दछु र सदनमा पनि यी विषय मेरा प्राथमिकतामा पर्दछन् । पर्यटन क्षेत्रमा नीतिगत परिवर्तनका लागि सरकारलाई घच्घच्याउने अवसर पाएको छु । हिमाल र पहाडको पर्यटकीय क्षेत्र, हिमाल, निकुञ्ज, मध्यवर्ती क्षेत्रको मूल्यमान्यतालाई कसरी संवर्धन गर्न सकिन्छ भन्ने विषयमा ध्यानाकर्षण गराउन सफल भएको छु । राष्ट्रियसभामा क्रियाशील सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिको हैसियतमा नतिजामुखी काम गर्न प्रयासरत छु । पशुपतिक्षेत्र विकास कोष, लुम्बिनी क्षेत्र विकास कोषबारे नियमित छलफल भइरहेका छन् । बौद्ध क्षेत्र विकास कोषका बारेमा पनि छलफल चलायौँ । जग्गाजमिन लगायतको सम्पत्ति कति छ भनेर त्यहाँको तथ्याङ्क सङ्कलनको काम गरेका छौँ । पुजारी व्यवस्थापनको समस्या पनि जटिल रहेछ, त्यसका लागि कार्यविधि बनाएर पुजारीको व्यवस्थापन गर्न लगाएका छौँ । समितिका तर्फबाट स्थलगत निरीक्षणहरु गरिरहेका छौँ । जमिनी वस्तुस्थिति र हामीले बनाउने नीतिमा धेरै भिन्नता पायौँ । हामीले तल्लोस्तरमा नै गएर वस्तुस्थिति बुझेर निर्देशन दिने अभ्यास चलाएका छौँ । हाम्रो समितिले राष्ट्रिय गौरवका आयोजनाहरुको अध्ययन गर्दैछ । पछिल्ला अध्ययनहरुले यी आयोजनाको सञ्चालन र निर्माणका लागि स्पष्ट मापदण्ड हुनुपर्ने देखाएको छ । कस्ता कस्ता आयोजनालाई राष्ट्रिय गौरवका आयोजना भन्ने र त्यसको स्रोत सुनिश्चित गर्न के गर्नुपर्छ भन्ने सुझाव सङ्ग्रह गरेका छौँ । राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानुन आवश्यक देखेका छौँ । यी आयोजनाका लागि सम्बन्धित मन्त्रालय र स्थानीयसँग समन्वय गर्न सहजीकरण गर्नेबारे सरकारलाई निर्देशन दिएका छौँ । आयोजनाको सम्भाव्यताको अध्ययन र दिगोपनाबारे राम्रोसँग अध्ययन गरेर मात्र काम सुरु गर्नुपर्छ भन्ने समितिको ठम्याइ छ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सरकारलाई दिएका निर्देशनहरु ८० प्रतिशत कार्यान्वयन भएका छन् । यस समितिका निर्देशनलाई सरकारले गम्भीर रुपमा लिएर कार्यान्वयन गरेको छ । संसदीय समितिले दिएका निर्देशन कार्यान्वयन हुने समस्या सुनिरहेकै विषय हो । समितिले निर्देशन गर्दै गर्दा सरकारले कतिचाहिँ गर्न सक्छ सक्दैन भन्नेमा सचेत हुनुपर्छ । राष्ट्रिय सभाको दुई वर्षको कार्यकाल लामो पक्कै होइन । हामीले चाहेर मात्र हुन्न, राज्यसँग स्रोतसाधन पनि चाहिन्छ । कतिपय आयोजना आजभोलि नै बनाउँ भन्दा सम्भव देखिन्न । त्यसैले समितिले निर्देशन दिँदा सरकारको क्षमतालाई पनि हेर्नुपर्ने खाँचो रहेछ । जनप्रतिनिधि बोल्दा सचेत हुनुपर्छ राजनीतिमा नकारात्मक सोचको विकृति हामीबाटै आएको हो । हामी नै सार्वजनिक मञ्चदेखि सदनमा केही भएन भनेर हरेक दिन नकारात्मक सोच प्रचारप्रसार गरिरहेका छौँ । हामी पार्टीको धारणा बोल्छौंँ । त्यसको असर सबैलाई परिरहेको छ । राजनीतिक नेतृत्वले सार्वजनिक स्थानमा दिएको नकारात्मक अभिव्यक्ति सामाजिक सञ्जालमार्फत सबैसामु पुगिरहेको हुन्छ । आमनागरिकले सोही आधारमा धारणा बनाइरहेका छन् ।नेता, सांसदलगायत हामी सबैले जुन किसिमको प्रस्तुति दिइरहेका छौँ त्यसमा सचेत हुनुपर्छ । आफू सत्तामा बस्दा सबै ठीक र सत्ता बाहिर हुँदा सबै बेठीक भन्न थाल्यौँ भने त्यसले राजनीतिमा विकृति मात्र ल्याउँछ । त्यसले नागरिकहरुमा नैराश्य बढाउँछ । सुशासनका लागि हरेक व्यक्ति अनुशासित हुन जरुरी छ । जवाफदेहीता आवश्यक छ । भ्रष्टाचार पूर्ण नियन्त्रण हुनुपर्छ । भ्रष्टाचार न्यूनीकरणका लागि सेवाप्रवाह प्रविधिमुखी बनाउनुपर्छ । सरकारी निकाय र प्रणालीमा नागरिकको विश्वास जित्न सकिरहेका छैनौँ । कतिपय अवस्थामा हामी काम गर्न अघि प्रश्नचिह्न खडा गर्छौं । नागरिकले पनि सरकारी निकायमा विश्वास गर्नुपर्छ । सकारात्मक सोच सत्तामा बस्ने, प्रतिपक्ष र आमनागरिक सबैमा हुनुपर्छ । सरकारलाई दोष दिने तर आफूले पाए दश रुपैयाँ ठगिहाल्ने गर्नु भएन । सुरुमा आफू अनुुशासित हुनुपर्छ । आफू अनुशासित नहुने अरुलाई अर्ती उपदेश दिने परिपाटी छाड्नुपर्छ ।सांसद सोनाम गेल्जेन शेर्पाकोे परिचय नेपाल कम्युनिष्ट पार्टी(एमाले) मा आबद्ध सांसद शेर्पा कोशी प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्नुहुन्छ । २०४६ सालदेखि राजनीतिक जीवनमा सक्रिय श्री शेर्पा २०५४ सालको स्थानीय निर्वाचनमा नाम्चे गाविस अध्यक्ष रहनुका साथै एमाले सोलुखुम्बु जिल्ला कमिटी सदस्य र कोशी प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो ।
अशक्तलाई घरमै नागरिकता
जिल्ला प्रशासन कार्यालय गोरखाले अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।
दौड प्रतियोगितामा लामिछाने र थारू प्रथम
राष्ट्रिय समाचार समिति (रासस) को ६४औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित दौड प्रतियोगितामा पुरुषतर्फ सम्पादक हरि लामिछाने र महिलातर्फ समाचारदाता बुनु थारु चौधरी प्रथम हुनुभएको छ ।
गरिबी दर पन्ध्र प्रतिशतमा झारिने
लुम्बिनी प्रदेश योजना आयोगले दोस्रो आवधिक योजना पारित गरेको छ ।
पाकिस्तानको सिन्धमा तीर्थयात्री बस दुर्घटना: १२ जनाको मृत्यु, १५ घाइते
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा तीर्थयात्री बोकेको बस पल्टिँदा १२ जनाको मृत्यु र १५ जना घाइते भएको प्रहरी स्रोतले जनाएको छ । प्रान्तको खैरपुर जिल्लाको राष्ट्रिय राजमार्गमा तीव्र गतिका कारण चालकले गाडीको नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो ।
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु
काठमाडौँ, फागुन ५ गते । नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने करिब दुई दर्जन घाइते भएको एक सरकारी अधिकारीले पुष्टि गरेका छन् । पीडितहरू चलिरहेको आध्यात्मिक पर्व महाकुम्भको क्रममा गङ्गा, यमुना र सरस्वतीका तीन नदीहरूको सङ्गम त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न उत्तरी राज्य उत्तर प्रदेशको प्रयागराज जिल्ला जाने विशेष रेल चढ्न रेलवे स्टेसनमा भेला भएका थिए । रेलवे स्टेसनको एउटा प्लेटफर्ममा रेलको आगमनको बारेमा भ्रमका कारण भागदौड मच्चिएको थियो । मृतकहरूको शव बरामद गरिएको छ । घाइतेहरूलाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानव जीवनको क्षतिप्रति समवेदना व्यक्त गर्नुभएको छ । सिन्ह्वाबाट
पक्की पुलका लागि बजेट सुनिश्चित
कर्णाली प्रदेश सरकारले कार्यान्वयन भइरहेका सडकमा मोटरेबल पुल निर्माण गर्न लागेको छ ।
गाउँका सडक धमाधम ग्राभेल गरिँदै
पछिल्लो समय स्थानीय तहका ग्रामीण सडक धमाधम ग्राभेल हुने क्रममा छन् । स्थानीय सरकार, बागमती प्रदेश सरकारका समन्वय र बजेटमा सडकहरू ग्राभेल हुन थालेको हो ।
अन्नपूर्ण आधार शिविर जाँदै पर्यटक
म्याग्दी, फागुन ५ गते । अन्नपूर्ण आधार शिविर जाँदै पर्यटक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्ग अन्तर्गत भुसकेत नजिकैको झोलुङ्गे पुल तर्दै गरेका पदयात्री र पृष्ठभूमिको नीलगिरि हिमालको दृश्य । तस्बिरः रासस
मनाङमा ३.८ को भूकम्प
मनाङको भ्राका आसपास ३.८ म्याग्निच्युड भूकम्प गएको छ। नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार यो भूकम्प आज बिहान ८ः२२ बजे गएको हो।
बिपी राजमार्गको उचाइ बढाउने काम सुरु
बाढीपहिरोका कारण क्षति भएको बिपी राजमार्गको मर्मत सुरु गरिएको छ । सडक डिभिजन भक्तपुरले गत असोज दोस्रो साताको बाढीपहिरोका कारण क्षति भएको बिपी राजमार्गको चौकीडाँडादेखि
पञ्चनमा लिफ्टिङ खानेपानी आयोजनका लागि ३९ करोड
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–३ को पञ्चनमा खानेपानी योजना सञ्चालनका लागि ३९ करोड रुपियाँ बजेटको स्रोत सुनिश्चित भएको छ । खानेपानीको चरम अभाव हुने पञ्चनमा समस्या समाधानका लागि गाउँपालिका असिम राईको पहलमा बजेट प्राप्त भएको हो ।
मापदण्डविपरीतका सडक पूर्वाधार जलाधार संरक्षणमा मुख्य चुनौती
पहाडी तथा नदी तटीय क्षेत्रमा निरन्तर हुने भू–क्षयीकरण र भूस्खलनलाई नियन्त्रण गर्दै वातावरण संरक्षण तथा बाढीपहिरो रोकथामका लागि बृहत् जलाधार व्यावस्थापन कार्यव्रmम प्रभावकारी भएको छ ।
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
गोरखा नगरपालिका गोरखाले विपन्न महिलालाई उद्यमशील बनाउन अनुदानमा सिलाइ मेसिनलगायतका उपकरण प्रदान गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
मालिकामा पर्यटक भित्र्याउन सडक निर्माण
म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका जोड्ने सडक निर्माण थालिएको भएको छ । गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाले मुनादेखि मालिका धुरी जोड्ने सडक निर्माण थालेका हुन् ।
कुडा कर्णालीको छैटौँ संस्करण आजदेखि
सुर्खेतमा कर्णाली उत्सवका रूपमा कर्णालीका कुडाको छैटौँ संस्करण आज (सोमबार) देखि सुरु हुँदै छ । फागुन ७ गते बुधबारसम्म सञ्चालन हुने सो उत्सवले कर्णालीलाई चिन्ने र चिनाउने, बहस र विमर्शको उत्सव गराउने भन्दै ऋति फाउन्डेसनले सो उत्सवलाई यस वर्ष पनि निरन्तरता दिएको हो ।
संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय
गत शनिबारको छिपिँदो साँझसँगै सुरु भएको ऐतिहासिक हुनमान नाचले बागलुङ बजारको किनाराटोल उत्सवमय बन्यो । मानिसहरू अबेर रातिसम्मै ठेलमठेल भएर उक्त नाच हेरे ।
विशेषज्ञ चिकित्सक न्यून : करारका कर्मचारीको घुइँचो
सङ्घीय सरकारमातहतको सुदूरपश्चिम प्रदेशको एक मात्रै ‘विशिष्ट विशेषज्ञ’ सेवासहितको डडेलधुरा अस्पतालमा दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक छैनन् । तर अस्पतालमा करार कर्मचारीको भने घुँइचो छ ।
बत्ती बाल्ने आशामा धिम बोल्डिङवासी
बाजुराको पूर्वी–उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका–६ धिमबोल्डिङवासी पछिल्लो समय बत्ती बाल्न पाउने आसमा रहेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
फरार अभियुक्तलाई पक्राउ गर्न माग
दुई साताअघि यहाँको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म पुनःस्थापना (सुधार) केन्द्रमा भर्ना गरिएका प्रदीपप्रसाद मण्डललाई निर्घात कुटपिट गरी हत्या गरी फरार अभियुक्तहरुलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।
विद्यालय जान छैन सुलभ बाटो
बैतडीको पाटन नगरपालिकामा हिँड्ने बाटो नहुँदा विद्यालय जाँदै गरेकी एक छात्रा भिरबाट लडेर गम्भीर घाइते भएकी छन् ।
प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेश सभा बैठकलाई सम्वोधन गर्नुहुने
लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने भएको छ । सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नुहुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनु भयो ।