• ७ वैशाख २०८२, आइतबार

नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु

blog

काठमाडौँ, फागुन ५ गते । नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने करिब दुई दर्जन घाइते भएको एक सरकारी अधिकारीले पुष्टि गरेका छन् । 

पीडितहरू चलिरहेको आध्यात्मिक पर्व महाकुम्भको क्रममा गङ्गा, यमुना र सरस्वतीका तीन नदीहरूको सङ्गम त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न उत्तरी राज्य उत्तर प्रदेशको प्रयागराज जिल्ला जाने विशेष रेल चढ्न रेलवे स्टेसनमा भेला भएका थिए । रेलवे स्टेसनको एउटा प्लेटफर्ममा रेलको आगमनको बारेमा भ्रमका कारण भागदौड मच्चिएको थियो । मृतकहरूको शव बरामद गरिएको छ । 

घाइतेहरूलाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानव जीवनको क्षतिप्रति समवेदना व्यक्त गर्नुभएको छ । 

सिन्ह्वाबाट